उरुग्वेलाई हराउदै कोलम्बिया कोपा कपको फाइनलमा पुग्यो



प्रकाशित मिति : असार २६, २०८१ बुधबार

उरुग्वेलाई हराउदै कोलम्बिया कोपा अमेरिका कप फुटवलको फाइनलमा पुगेको छ ।

बिहिबार बिहान सम्पन्न भएको दोश्रो सेमिफाइनलमा १४ पटकको कोपा कप बिजेता उरुग्वेलाई १-० को गोल अन्तरले हराउदै कोलम्बियाले उपाधिमाथी दावेदारी प्रस्तुत गरेको हो ।

कोलम्बिया २३ वर्षपछि कोपाको फाइनलमा पुगेको हो ।

खेलको ३९ औ मिनेटमा जेफर्सन लेर्माले गरेको गोल नै कोलम्बियालाई फाइनलमा पुराउन निर्णायक बन्यो ।

पहिलो हाफको अन्तिममा डेनियल मुनोजले रातो कार्ड पाएपछि दोस्रो हाफभरी कोलम्बिया १० जना खेलाडीमा सीमित थियो ।

उरुग्वेलाई हराउदै कोलम्बिया कोपा कपको फाइनलमा पुग्यो

खेल अवधिभर उरुग्वेले कोलम्बियालाई दबाबमा राखे पनि गोल गर्न भने सकेन ।

अब कोलम्बियाले उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नुपर्नेछ ।

साबिक बिजेता अर्जेन्टिना २-० ले क्यानडालाई हराउदै फाइनलमा पुगेको हो ।

उरुग्वेलाई हराउदै कोलम्बिया कोपा कपको फाइनलमा पुग्यो

फाइनल खेल असारको ३१ गते सोमबार हुनेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School