उपराष्ट्रपति भान्स ग्रीनल्याण्ड जाने, टापुको सुरक्षा जाँच गर्नु भ्रमणको उदेश्य रहेको दावी



प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

अमेरिकी उपराष्ट्रपति जे डी भान्स शुक्रबार ग्रीनल्याण्ड भ्रमणमा जाने भएका छन । भान्स आफ्नी पत्नी उषासँग ग्रीनल्यान्ड भ्रमणमा जान लागेका हुन ।

यो भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रीनल्याण्ड टापु अधिग्रहण गर्ने धम्की पछिको हो ।

भान्स जोडी पिटुफिक स्पेस बेसमा जाने बताइएको छ । त्यहाँ रहँदा उनीहरूले आर्कटिक सुरक्षा समस्याबारे जानकारी लिनेछन् । उनीहरुले त्यहाँ रहेका अमेरिकी सैनिकहरूसँग भेट्ने कार्यक्रम तय भएको ह्वाइट हाउसले बताएको छ ।

उपराष्ट्रपति भान्स ग्रीनल्याण्ड जाने, टापुको सुरक्षा जाँच गर्नु भ्रमणको उदेश्य रहेको दावी

उपराष्ट्रपति भान्स ग्रीनल्याण्ड जाने, टापुको सुरक्षा जाँच गर्नु भ्रमणको उदेश्य रहेको दावी

ग्रीनल्यान्डको उत्तर पश्चिमी भागमा पिटुफिक स्पेस बेस रहेको छ । मिसाइल चेतावनी, हवाई रक्षा र स्पेस सर्वेलेन्स मिसनहरूलाई यो बेसले सहयोग पुर्याउँछ।

भान्सले सैन्य प्रतिष्ठानको भ्रमणको उद्देश्य भने टापुको सुरक्षा जाँच गर्नु रहेको बताएका छन् । अरु धेरै देशहरूले ग्रीनल्यान्डलाई धम्की दिएका भान्सले बताएका छन् ।

ट्रम्प प्रशासनले ग्रीनल्यान्डका जनताको सुरक्षा पुनः सुदृढ गर्न चाहेको उनले बताएका छन । डेनमार्कले यसलाई लामो समयसम्म उपेक्षा गरेको उनको आरोप छ ।

उषा भान्सले आफ्नै सांस्कृतिक भ्रमणका लागि ग्रीनल्यान्ड जान योजना बनाएकी थिइन् ।

तर उनले आफ्ना पति जे डी भान्सले आफ्नो योजना सार्वजनिक गरेपछि यो यात्रा निर्धारण भएको बताइन । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि यस हप्ता ग्रीनल्यान्ड जाने कार्यक्रम बनाएका छन् ।

उपराष्ट्रपति भान्स ग्रीनल्याण्ड जाने, टापुको सुरक्षा जाँच गर्नु भ्रमणको उदेश्य रहेको दावी

ग्रीनल्यान्डका अधिकारीहरूले भने यस योजनाबद्ध भ्रमणलाई असम्मानजनक भनेर कडा आलोचना गरेका छन् । ग्रीनल्यान्ड संसारको सबैभन्दा ठूलो टापु हो । आर्कटिक र अटलान्टिक महासागर बीचमा यो अवस्थित छ ।

यो करिब ३०० वर्षदेखि डेनमार्कको नियन्त्रणमा रहेको छ । यो ३ हजार किलोमिटर टाढा छ।

ग्रीनल्णण्डले आफ्नो आन्तरिक मामिलाको व्यवस्थापन आफै गर्ने गरेको छ । तर विदेश र रक्षा नीति सम्बन्धी निर्णय भने डेनमार्कको कोपेनहेगनमा लिइन्छ ।

अमेरिकी सरकारले द्वितीय विश्वयुद्धदेखि त्यहाँ सुरक्षा चासो राख्दै आफना सैनिक पनि राखेको छ ।





Source link

Leave a Comment