उपनेता आचार्यद्धारा लुम्बिनी प्रदेश मुख्यमन्त्रीको शपथ , संसदीय दलका नेता गिरीद्धारा राजिनामा

उपनेता आचार्यद्धारा लुम्बिनी प्रदेश मुख्यमन्त्रीको शपथ , संसदीय दलका नेता गिरीद्धारा राजिनामा



प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले शपथग्रहण गर्नुभएको छ ।

बुधबार बिहान बुटवल स्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले आफुले शपथग्रहण गर्दै मन्त्रीपरिषदका ९ जनालाई शपथग्रहण गराउनु भयो ।

मन्त्रीपरिषदमा नेपाली कांग्रेसका ४ र एमालेका ४ जना सदस्य रहेका छन । उनीहरुलाई जिम्मेवारी दिइएको छैन । बिनाबिभागीय मन्त्रीको रुपमा शपथग्रहण गराइएको छ ।

साना दलहरुलाई पनि सरकारमा समेटने तयारी भइरहेकाले मन्त्रीपरिषदको पूर्णता संगै जिम्मेवारी पनि प्रदान गरिने मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

नेकपा एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङ्गकी सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा ९रोज राणा०, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्नुभएको हो । लुम्बिनीको प्रदेशसभा ८७ सदस्यीय रहेको छ ।

मुख्यमन्त्रीको रुपमा दलका उपनेता आचार्यले शपथग्रहण गरेकै दिन एमाले संसदीय दलका नेता लीला गिरीले संसदीय दलको नेताको पदबाट राजिनामा दिनुभएको छ ।

उपनेता आचार्यद्धारा लुम्बिनी प्रदेश मुख्यमन्त्रीको शपथ , संसदीय दलका नेता गिरीद्धारा राजिनामा

गिरी संगै मुख्य सचेतक तुल्सीप्रसाद चौधरीले पनि राजिनामा दिनुभएको छ । दलको नेताले राजिनामा दिएपछि प्रमुख सचेतक स्वत पदमुक्त हुने संबैधानिक प्रावधान रहेको छ ।

मुख्यमन्त्री बन्ने तयारी अन्तिम चरणमा पुगेको बेला केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्रीमा अगाडि सारिएपछि गिरी असन्तुष्ट बन्नु भएको थियो ।

लुम्बिनी प्रदेशमा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलका बिचमा तिब्र गुटबन्दि रहेको छ । यसको प्रभाव मुख्यमन्त्री चयनमा प्रत्यक्ष देखिएको छ । गिरी उपाध्यक्ष पौडेल र आचार्य महासचिव पोखरेल निकट मानिनुहुन्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School