प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार
उत्तर कोरियाले रुसलाई २०० वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाले बताएको छ ।
रुस र उत्तर कोरियाबीचमा सैन्य सम्बन्ध बढ्दै जाँदा उत्तर कोरियाले रुसलाई २ सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
उत्तर कोरियाले रुसलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, २ सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताए ।
आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न उत्तर कोरियाले बताइएको छ । दक्षिण कोरिया , युक्रेन र अमेरिकाले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा सहयोग गर्न रुसमा १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।
युक्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुस्र्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपुछको फुटेज पनि सार्वजनिक गरेका थिए ।
रुस र उत्तर कोरिया दुवैले सेना परिचालनको पुष्टि गरेका छैनन् ।