उत्तरी लेबनानमा भएको इजरायली हमलाको अनुसन्धान गर्न राष्ट्रसंघको माग

उत्तरी लेबनानमा भएको इजरायली हमलाको अनुसन्धान गर्न राष्ट्रसंघको माग



प्रकाशित मिति : आश्विन ३०, २०८१ बुधबार

सोमबार उत्तरी लेबनानमा भएको इजरायली हवाई आक्रमणको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ । उक्त आक्रमणमा २३ जनाको ज्यान गएको थियो ।

संयुक्त राष्ट्रसंघको मानवीय कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले इसाई बहुल गाउँ आइतूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनको सन्दर्भमा गम्भीर चिन्ता उत्पन्न गराएको बताउनु भयो ।

यो बम आक्रमणमा १२ जना महिला र दुई बच्चासहित २३ जना मारिएको अनुमान गरिएको छ । आक्रमणले दक्षिणबाट विस्थापित भएका एक परिवारले भाडामा लिएको आवासीय भवन नष्ट गरेको थियो ।

यो गाउँ दक्षिणी लेबनान, बेक्का उपत्यका र बेरुतको केही भागमा जारी द्वन्द्वको केन्द्रबाट टाढा रहेको छ । इजरायली रक्षा बल ले यस आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन ।

आइतूको घरधनी एलि अलवानले पत्रकारहरूलाई उक्त घर करिब १० जना मानिसहरूको परिवारलाई भाडामा दिएको बताए । पछि उक्त परिवारसँग करिब १० अन्य मानिसहरू पनि बसेका थिए ।

सोमबार एक गाडी घरमा आएको र चालकले नगद ल्याएको देखिएपछि हवाई आक्रमण भएको थियो । हिजबुल्लाहको सदस्यहरू इजरायली हवाई आक्रमणको डरले आफ्नो परिचालित क्षेत्रबाट अन्यत्र सरेका छन् ।

जसले लेबनानभरि इजरायली निशानाहरू हुन सक्ने डर पैदा गरेको छ । इजरायलले हालको द्वन्द्वमा आवासीय भवनहरूलाई कुनै चेतावनी बिना नै निशाना बनाउने गरेको छ ।

गत बिहीबार बेरुतको एक आवासीय भवनमा इजरायली आक्रमणले २२ जनाको ज्यान लिएको थियो । मंगलबार संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले लेबनानको चौथाई क्षेत्र इजरायली सेना द्वारा खाली गर्न आदेश दिइएको जनाएको छ । यो आदेशले लाखौं मानिसलाई विस्थापित बनाएको छ ।

उत्तरी लेबनानमा भएको इजरायली हमलाको अनुसन्धान गर्न राष्ट्रसंघको माग





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School