उत्तरी भारतका अधिकांश भाग ‘लू’ले ग्रसित, विद्युतको माग उच्च

उत्तरी भारतका अधिकांश भाग ‘लू’ले ग्रसित, विद्युतको माग उच्च



प्रकाशित मिति : असार ५, २०८१ मंगलबार

उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युत्को माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ । साथै राजधानी नयाँदिल्लीका बासिन्दाले पानीको अभावसँग सङ्घर्ष गरिरहेका छन् ।

उत्तरी भारतका अधिकांश भाग महिनाभर चल्ने लामो ‘लू’ले ग्रसित छ । यहाँ नियमितरूपमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि गइरहेको छ ।

“उत्तरी भारतले मे १७ देखि प्रचलित गर्मीको लहरका कारण उच्च मागको अवस्था अनुभव गरिरहेको छ”, विद्युत् मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । मन्त्रालयले छिमेकी क्षेत्रहरूबाट उत्तरी भारतलाई २५ देखि ३० प्रतिशत थप विद्युत् आयात गर्न बाध्य बनाएको बताएको छ ।

“यी चुनौतीपूर्ण परिस्थितिका बाबजुद उत्तरी क्षेत्रमा ८९ गिगावाटको अहिलेसम्मको सबैभन्दा ठूलो मागलाई सोमबार सफलतापूर्वक पूरा गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

गृष्मयामको गर्मीको तापक्रमबाट भारत अछूतो छैन तर वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, लगातार र अधिक तीव्र भइरहेको फेला पारेको छ ।

भारत विश्वमा हरितगृह ग्यास उत्सर्जनमा तेस्रो सबैभन्दा ठूलो देश हो तर उसले पश्चिमका अधिकांश औद्योगिकरणको दुई दशकपछि सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थतन्त्र हासिल गर्नका लागि प्रतिबद्धता जनाएको छ ।

अहिले भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ । अधिकारीहरूले ठूलो मात्रामा ब्ल्याकआउटलाई बेवास्ता गरेका छन् तर भीषण गर्मीमा आपूर्ति उपकरण कमजोर हुँदा धेरै स्थानीय विद्युत्मा कटौती (आउटेज) भएको छ ।

मन्त्रालयले ऊर्जा कम्पनीहरूलाई ‘उच्चस्तरको चेतावनी कायम राख्न र उपकरणहरूको जबर्जस्ती कटौतीलाई कम गर्न’ आदेश दिएको छ ।

उत्तरी भारतका अधिकांश भाग ‘लू’ले ग्रसित, विद्युतको माग उच्च

तीन करोडभन्दा धेरै बासिन्दाको अनुमानित जनसङ्ख्या भएको विशाल मेगासिटी दिल्लीभरका मानिसहरूको माग पूरा गर्नका लागि पानीका ट्याङ्करहरूमा भर पर्न बाध्य हुनुपरेको छ ।

अधिकारीहरूले मागको सामनान गर्न आपूर्ति कम गरेका छन् । यसको विस्तार यो साता सहरको केन्द्र नयाँदिल्ली, सरकारी कार्यालय र शीर्ष राजनीतिक नेताहरूको घरसम्म भएको छ ।

दिल्ली करिब पूर्णरूपमा छिमेकी कृषिप्रधान राज्यहरू हरियाणा र उत्तर प्रदेशबाट पानीको आपूर्तिमा निर्भर छ । यद्यपि ती राज्यमा भीषण गर्मी र मागमा वृद्धिलाई ध्यानमा राखी सहरका अधिकारीहरूले बासिन्दाहरूलाई पर्याप्तरूपमा पानी आपूर्ति नगरिएको बताएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School