उज्यालो पार्टीको बैठकमा पुगे कुलमान, चुनावमा उठेपछि मन्त्री छाड्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएर आफ्नो धारणा राखेका छन्।
  • कुलमानले चुनाव एक महिना अघि मन्त्री पद छोडेर देशव्यापी प्रचारमा लाग्ने जानकारी दिएका छन्।
  • उज्यालो नेपाल पार्टीले देशभर संगठन विस्तार गर्ने र चुनावमा पहिलो दल बन्ने लक्ष्य राखेको छ।

२७ कात्तिक, काठमाडौं । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री कुलमान घिसिङ आफू समर्थित नवगठित उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि बुधबार बौद्धमा बसेको केन्द्रीय समिति बैठकमा कुलमान पनि पुगेर आफ्नो धारणा राखेका थिए । बिहीबार भने दलका केन्द्रीय सदस्यहरूको मात्रै बैठक बसेको थियो ।

मन्त्री घिसिङको इच्छा अनुसार दल दर्ता भएपनि उनी पार्टीको पदीय भूमिकामा भने बसेका छैनन् ।

केन्द्रीय समितिको पहिलोपटक भएको बैठकमा सदस्यहरूबीच अन्तक्रिया गर्नेभावी रणनीति तय गर्नेप्रचारलाई प्रविधि मार्फत् कसरी व्यापक बनाउने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो । बुधबारको बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएको जानकारी गराइएको छ । केन्द्रीय सदस्य जीतराम लामाले बुधबार र बिहीबार पार्टीको बैठक बसेको जानकारी गराए ।

बैठकमा सहभागी नेताहरूका अनुसार ऊर्जामन्त्री घिसिङ छलफलका लागि पूरा अवधि नबसेपनि केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणाहरू राखेर निस्किएका थिए ।

नवगठित दलको संस्थापक केन्द्रीय सदस्य बनेको भन्दै घिसिङले बधाई दिएका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार कुलमानले संस्थापक केन्द्रीय सदस्य हुन नसकेको उल्लेख गर्दै अन्यलाई बधाई दिँदै भनेका थिए, ‘संस्थापकको कति महत्त्व हुन्छ भन्ने तपाईंहरूलाई पछि थाहा हुन्छ ।

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाएर ५१ सदस्यीय केन्द्रीय कमिटी गत मंगलबार दर्ता हुँदा स्वयं कुलमान भने किन दलको नेतृत्वमा देखिएनन् भन्ने प्रश्न बाहिर उठिरहेको छ ।

बुधबार भएको केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकमा कुलमानले मन्त्री पद छोडेर चुनावी मैदानमा आउने समय पनि जानकारी गराएका छन् । बैठकमा सहभागी नेताहरूका अनुसार चुनाव हुनु एकमहिना अघि मन्त्री पद छोडेर देशव्यापी प्रचारमा खट्ने कुलमानले जानकारी गराएका थिए ।

उज्यालो नेपालका केन्द्रीय सदस्यले भने, ‘चुनाव आउन एक महिनाअघि सरकारबाट बाहिर आउनुहुन्छ । त्यसपछि उहाँको नेतृत्वमा चुनावी अभियान देशभर सुरु हुन्छ । हिजोको बैठकमा कुलमानजीले त्यही कुरा भन्नुभएको छ ।

कुलमानले दुई पदमा नबस्ने प्रतिबद्धता नेताहरूसँग हिजोको बैठकमा गराएका थिए । कुलमानको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘म दुइटा जिम्मेवारी कहिले पनि लिन्नँ । एउटै जिम्मेवारी लिने हो । म पार्टीमा रहे पार्टीमा र सरकारमा रहे सरकारमा ।’ उम्मेवार मनोनयन दर्तासँग कुलमानले सरकार छोड्ने उज्यालो नेपालका नेताहरूले जानकारी गराएका छन् ।

विगतमा फरकफरक दलअभियानमा लागेका व्यक्तिहरूलाई जोडेर उज्यालो नेपाल पार्टी गठन गरिएको छ । पार्टी गठनका लागि आफू सहित अन्य जनजाति नेताहरूले लिएको अग्रसरतालाई आधार बनाएर जनजातिको मात्रै पार्टी’ भनेर नसोच्न कुलमानले सबैलाई आग्रह गरेका थिए ।

बुधबारको बैठकमा कुलमान आगामी निर्वाचन समयमै हुनेमा विश्वस्त देखिएका थिए । सहभागी नेताहरूका अनुसार कुलमानले चुनाव समयमा हुने दाबीसँगै आफ्नो दलको चुनावमा प्राप्त गर्न परिणामका बारेमा समेत आंकलन गरेका थिए । उज्यालो नेपाल पार्टी आगामी निर्वाचनमा पहिलो दल बन्ने कुलमानले ठोकुवा नै गरेका थिए ।  मिडियामा आएका विवादित विषयमा भने कुलमानले पार्टी बैठकमा मुख नखोलेको नेताहरूले जानकारी गराएका छन् ।

उज्यालो नेपालले अब द्रुतगतिमा देशभरि संगठन विस्तार गर्ने र प्रशिक्षण गर्ने भएको छ । केन्द्रीय तहमा अध्यक्ष बाहेक अन्य पदाधिकारी तत्काल मनोनित नगर्ने नीति उज्यालो नेपालले लिएको छ । महाधिवेशन अघि पदाधिकारी नराखेरै एक जना संयोजकको नेतृत्वमा चुनावमा जान्छौं,’ एक केन्द्रीय नेताले भने । प्रवक्ता भने केही दिनमा तोकिनेछ । विधानमा अध्यक्षको दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरिएको छ ।

सञ्चार माध्यममा औपचारिक रूपमा बोल्नका लागि जीतराम लामालाई जिम्मेवारी दिइएको छ । अन्य केन्द्रीय सदस्यहरूलाई भने आफ्ना विचार प्रवाह नगर्न पार्टीले निर्देशन दिएको नेताहरूले जानकारी गराएका छन् । पार्टी केन्द्रीय कार्यालय यसै साता सुरु गर्ने तयारी गरिएको छ ।

चुनावअघि वैकल्पिक शक्तिहरूलाई एकत्रित बनाउने रणनीति भने उज्यालो नेपालले कायम राखिराख्ने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहविवेकशील साझारास्वपाकी पूर्व नेता सुमना श्रेष्ठजेनजी अगुवा सुदन गुरुङ लगायतका शक्तिलाई एकीकृत गराउने प्रयास भने जारी राख्ने उज्यालो नेपालका नेताहरूले जानकारी गराएका छन् । कुलमानले सरकार छोडे लगत्तै पूर्व सचिवहरू एवं समाजका अन्य प्रतिष्ठित व्यक्तिहरू पनि जोडिने उज्यालो नेपालका एक नेताले दाबी गरे ।

कुलमान संलग्न दलको सर्वोच्च पद अध्यक्षमा हाल पूर्वसचिव अनुपकुमार उपाध्याय छन् । उपाध्यायले केहीदिन अघिसम्म राजसंस्थाको पक्षमा सामाजिक सञ्जालमा विचारहरू राख्दै आएका थिए

उपाध्यायलाई कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारले प्रदेशमा नीति तथा योजना आयोगको उपाध्यक्ष समेत बनाएको थियो । उनले केहीदिन अघि राखेका विचारहरू बारे अनलाइनखबरमा समाचार आइसकेपछि मात्रै पार्टी पंक्तिलाई हेक्का भएको उज्यालो नेपालका नेताले बताए ।

एक केन्द्रीय सदस्यले सुनाए, ‘कुलमान सर स्वयंलाई उहाँले लेखेकोबारे थाहा थिएन होला । पहिलेको र अहिलेको परिस्थिति परिवर्तन भइसकेको छ । अध्यक्षले पनि त्यो कुरा बताइसक्नु भएको छ ।

निर्वाचन आयोगमा पेश गरिएको सूची अनुसार दोस्रो वरीयतामा रहेका केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशी एकीकृत समाजवादीका पूर्व नेता हुन् । डडेलधुरामा प्रदेश सभामा उनले स्वतन्त्र उम्मेदवारका रूपमा जितेका थिए ।

उज्यालो नेपाल पार्टी गठन गर्न सक्रियतापूर्वक लागेका जीतराम लामा पूर्व एमाले एवं एनजिओकर्मी हुन् । प्रा.डा महेन्द्रसुन्दर लावती पहिचानवादी आन्दोलनका अगुवा हुन् । रुपन्देहीका डा. घनश्याम पाण्डे काठमाडौंका मेयर बालेनको टीममा रहेर स्वास्थ्यक्षेत्रमा काम गर्दै आएका थिए ।

केन्द्रीय सदस्यको वरीयतामा पाँचौ नम्बरमा रहेका सागर ढकाल विदेशमा अध्ययन गरी फर्केका वातावरणविद् हुन् ।

डा. अभिषेकराज सिंह स्वास्थ्य क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले चलाएको अभियानमा संलग्न थिए । सिंहको प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग निकट सम्बन्ध छ ।

एकीकृत समाजवादीका पूर्वनेता एवं नेपाल रेडक्रसका पूर्व अध्यक्ष डा. विशाल भण्डारी पनि उज्यालो नेपालको केन्द्रीय सदस्य बनेका छन् ।

उज्यालो नेपाल पार्टी सुरुमा दर्ता गर्ने ज्ञानेन्द्रकुमार तामाङ नवगठित दलमा केन्द्रीय सदस्य बनेका छन् । पर्यटन व्यवसायी एवं गत निर्वाचनमा काठमाडौं५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङ पनि कुलमानको पार्टीमा केन्द्रीय सदस्य पद सहित प्रवेश गरेका छन् । इलामको उपनिर्वाचनमा उम्मेदवार बनेका डकेन्द्र सिंह थेगिम उज्यालो नेपाल पार्टीमा जोडिएका छन् ।

उज्यालो नेपाल पार्टीमा नागरिक उन्मुक्ति पार्टीको पृष्ठभूमि भएकाहरू समेत जोडिएका छन् । साथैसाझा विवेकशीलमा क्रियाशीलहरू पनि नयाँ पार्टीको केन्द्रीय नेतृत्व लिएर प्रवेश गरेका छन् ।

उज्यालो नेपालका नेताहरूका अनुसार केन्द्रीय सदस्यहरूका लागि प्राप्त २०० बढी नामबाट घटाउँदै ५१ जनामा झारिएको हो । वातावरणको क्षेत्रमा काम गरिरहेकी टासी ल्हान्जोमले हस्ताक्षर नगरेको प्रतिक्रिया दिएकी थिइन् । तरउज्यालो नेताहरूको दाबी अनुसार उनले हस्ताक्षर गरिसकेकी छन् ।





Source link

Leave a Comment