उच्च कोलेस्ट्रोल किन हानिकारक छ ? कतै तपाईमा यस्ता लक्षण छन कि

उच्च कोलेस्ट्रोल किन हानिकारक छ ? कतै तपाईमा यस्ता लक्षण छन कि



प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

धेरै मानिसहरूमा कोलेस्ट्रोलको स्तर उच्च हुन्छ । यो अवस्था यति खतरनाक छ कि यसले तपाईंलाई हृदय रोग र स्ट्रोक पनि हुन सक्छ । त्यसैले स्वस्थ रहन शरीरलाई कोलेस्ट्रोलको स्वस्थ स्तर कायम राख्न महत्वपूर्ण छ ।

शरीरले हर्मोन, कोशिकाहरू बनाउन र खाना पचाउन कोलेस्ट्रोलको प्रयोग गर्छ । शरीरमा दुई प्रकारको कोलेस्ट्रोल पाइन्छ । जसलाई राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोल भनिन्छ ।

राम्रो कोलेस्ट्रोलले रगतमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ । हाम्रा धमनीहरूलाई सफा राख्छ । जसले गर्दा रगत मुटुमा राम्रोसँग प्रवाह हुन सक्छ ।

खराब कोलेस्ट्रोल धेरै खतरनाक मानिन्छ । यसका कारण मुटु रोग र स्ट्रोकको जोखिम पनि बढ्न सक्छ । जसले गर्दा मुटुमा रगतको प्रवाह राम्रोसँग नहुनसक्छ । यसका कारण हृदयघात र स्ट्रोकको जोखिम पनि बढ्न सक्छ । त्यसैले स्वस्थ रहन शरीरमा कोलेस्ट्रोलको स्तरलाई स्वस्थ राख्नु आवश्यक हुन्छ ।

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ ।

ब्लड प्लाजमाद्वारा कोलेस्टेरोल शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

आजको समयमा, मानिसहरू स्वस्थ बोसो भन्दा बढी अस्वस्थ बोसो खपत गर्दैछन् । जसका कारण कोलेस्ट्रोलको मात्रा निकै बढेको छ । कोलेस्ट्रोल घटाउन कुन कुराबाट बच्नुपर्छ भन्ने पनि जान्नुहोस् ।

उच्च कोलेस्ट्रोलको अवस्थामा के के चीजहरू बेवास्ता गर्नुपर्छ ?

उच्च कोलेस्ट्रोल किन हानिकारक छ ? कतै तपाईमा यस्ता लक्षण छन कि

पशु उत्पादनहरू र भारी खानाहरू बेवास्ता गर्नुपर्छ । कोलेस्ट्रोल बढ्न नदिन विज्ञहरूले शरीरका लागि अत्यावश्यक मानिने स्वस्थ बोसो खान सल्लाह दिन्छन् ।

रातो मासु, सुँगुर र भेडाको मासु र ससेज जस्ता चीजहरू उच्च कोलेस्ट्रोलको लागि धेरै खतरनाक हुन्छन् ।

यो रोगमा फुल फ्याट डेयरी प्रोडक्ट जस्तै क्रिम, फुल दूध र बटर पनि खान हुदैन ।

पकाएको खाना र मिठाई पनि यो रोगमा तपाईको लागि खतरनाक हुन्छ ।

तारेको खानेकुरा र अत्याधिक घिउको सेवन पनि उच्च कोलेस्ट्रोलका लागि राम्रो मानिदैन ।

कोल्ड ड्रिंक्स र एनर्जी ड्रिंक्स जस्ता मीठो पेयहरू खान पनि आफ्नो आहारमा सीमित गर्नुपर्छ ।

कोलेस्ट्रोल बढ्नुका लक्षण

हिड्दा सास फुल्नु, उच्च रक्तचाप, मुधमेह, पैताला दुख्नु भनेकै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नुको लक्षण हो ।

कोलेस्ट्रोल बढेमा के गर्ने ?

खाना खाएको करिब एक घण्टा पश्चात् मनतातो सादा पानी पिउने ।

खाना खाएपछि करिब पाँच मिनेटसम्म आरामले बस्ने । त्यसपछि केही समय हल्का टहलिने ।

खानाको बीचमा पानी नपिउने । खाना खाँदा आरामले बस्ने ।

टुसा उम्रेका खानेकुरा खाने ।

लसुन, प्याज, सोयाबीन आदि खानेकुरा पर्याप्त मात्रामा खाने । एजेन्सीहरु





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top