ईयूद्वारा आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा



प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

युरोपेली सङ्घ (ईयू) ले आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ ।

सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै ईयू ले आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको हो ।

युरोपेली आयोगले कोसोभो, बङ्गलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसिया लाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो ।

ईयूद्वारा आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा

ईयूद्वारा आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा

आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले धेरै राष्ट्रहरूमा शरणका लागि आएका निवेदनहरू थुप्रिएको ले निर्णय प्रक्रिया छिटो पार्न सकिने उपाय अत्यावश्यक भएको बताएका छन ।

मानवअधिकारवादी संस्था युरोमेड राइट्सले सूचीमा समेटिएका केही देशहरूमा आफ्ना नागरिक तथा आप्रवासीहरूका अधिकार सुरक्षित नभएको भन्दै विरोध जनाएको छ ।

सुचिमा राखिएका देशहरूलाई सुरक्षित भन्ने कुरा भ्रामक र खतरनाक हो संस्थाले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

सन् २०२३ मा शरणका लागि युरोप छिर्नेहरूको सङ्ख्या १० वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो । यद्यपि सन् २०२४ मा ३८ प्रतिशतले घटेर झण्डै दुई लाख ४० हजार पुगेको थियो ।

हाल युरोपेली सङ्घले आदेश दिइएका मध्ये २० प्रतिशतभन्दा कम व्यक्तिलाई मात्र फिर्ता पठाउन सकेको तथ्याङ्क छ ।

ईयूद्वारा आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा

पछिल्लो योजना अनुसार केही मुलुकहरूमा ‘फिर्ता केन्द्र’ बनाउने तयारी पनि भइरहेको ईयूले बताएको छ ।





Source link

Leave a Comment