इलिनोयमा अदालत परिसरमा अध्यागमन कारवाहीलाई प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर



प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार

इलिनोयमा अदालत परिसरमा अध्यागमन कारवाहीलाई प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर

इलिनोइसका गभर्नर जे आर. प्रिट्जकर । (फोटो: स्टाफ सार्जेन्ट आरोन रोड्रिगेज /युएस नेशनल गार्ड)

इलिनोयका डेमोक्रेटिक गभर्नर जेबी प्रित्जकरले राज्यका अदालत परिसरमा अध्यागमन कारवाहीलाई प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् । मंगलबार हस्ताक्षर गरिएको यो कानुनले राज्यका अदालतहरू बाहिर अध्यागमन कारवाहीलाई प्रतिबन्धित गर्नुका साथै बासिन्दाहरूलाई उनीहरूको अधिकार उल्लङ्घन भएको लागेमा अध्यागमन एजेन्टहरू विरुद्ध मुद्दा हाल्न सजिलो बनाउँछ।

डेमोक्र्याट समर्थित यो विधेयकलाई राज्यका सांसदहरूद्वारा अक्टोबरमा अनुमोदन गरिएको थियो। यो अनुमोदन शिकागो क्षेत्रमा अवैध अध्यागमनमाथि संघीय नियन्त्रणको बीचमा भएको थियो, जसले हजारौं गिरफ्तारी र आइसका एजेन्ट तथा बासिन्दाहरूबीच बारम्बार झडपहरू निम्त्याएको छ।

समर्थकहरूले यो उपाय ट्रम्प प्रशासनको अध्यागमन कारवाहीका लागि आवश्यक प्रतिक्रिया भएको बताएका छन्। नयाँ कानुनले इलिनोयका अस्पतालहरू, डे केयर सेन्टरहरू र कलेजहरूले अध्यागमन एजेन्टहरूलाई प्रदान गर्न सक्ने जानकारीलाई पनि सीमित गरेको छ । शिकागोकी डेमोक्रेटिक सांसद लिलियन जिमेनेजले बासिन्दाहरू सडकबाट अपहरण हुने डर विना अदालत जान, आफ्ना बच्चाहरूलाई डे केयर लैजान र पढ्ने विश्वविद्यालयमा जान पाउनुपर्ने बताएकी छिन् ।

इलिनोयका रिपब्लिकनहरू र ट्रम्प प्रशासनले भने यो कानुनको आलोचना गरेका छन् । उनीहरूले यसले संघीय एजेन्टहरूलाई आफ्नो काम गर्न गाह्रो बनाउने र राज्यलाई कम सुरक्षित बनाउने बताएका छन्। राज्य सिनेटमा रिपब्लिकन नेता जोन कुरानले बहसको क्रममा यो कानुन अमेरिकी सर्वोच्च अदालतले खारेज बताएका थिए । उनले राज्य अदालतहरूमा वा अदालतहरूको १ हजार फीट भित्र अध्यागमन कारवाहीमा लगाइएको प्रतिबन्धमा असहमति जनाएका थिए । क्यालिफोर्निया र न्यूयोर्कमा पनि अदालतहरूमा अध्यागमन गिरफ्तारीहरूलाई सीमित गर्ने कानुनहरू छन्।

विधेयक पारित भएपछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले कानून तोड्ने व्यक्तिलाई जहाँ भेटिन्छ त्यहीँ पक्राउ गर्न संविधानले निषेध नगर्ने बताएको थियो । साथै अदालतहरूमा अध्यागमन गिरफ्तारी गर्नु सामान्य ज्ञान भएको बताएको थियो । अदालतबाट गिरफ्तार गर्दा बहुमूल्य कानून प्रवर्तन स्रोतहरू बचत हुने होमल्याण्ड सेक्युरिटीको भनाई थियो । ट्रम्प प्रशासनले इलिनोय र शिकागोलाई अध्यागमन नीतिहरूको लागि बारम्बार निशाना बनाएको छ। यो राज्यले वर्षौंदेखि स्थानीय कानून प्रवर्तन एजेन्सीहरू र अध्यागमन अधिकारीहरू बीचको सहयोगलाई सीमित गरेको छ।

२०२८ को राष्ट्रपतिका सम्भावित उम्मेदवारको रूपमा उल्लेख गरिने गभर्नर प्रित्जकरले ट्रम्प प्रशासनको अध्यागमन कारवाही अभियानलाई अमानवीय र आफ्नो राज्यको मूल्यमान्यता विपरीत भएको बताएका छन्। ट्रम्प प्रशासनको दुर्व्यवहारको प्रतिरोध गर्न आफूहरुको प्रतिक्रिया गहिरो र व्यापक हुनु आवश्यक भएको मंगलबार उनले बताएका थिए ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment