इरान-इजरायलबीच जारी द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने ट्रम्पको संकेत, रुस मध्यस्थता गर्न इच्छुक



प्रकाशित मिति : असार १, २०८२ आईतबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीच जारी द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने संकेत दिएका छन्। साथै, उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भावित मध्यस्थको रूपमा तयार रहेको दाबी गरेका छन्।

एबीसी न्यूजका अनुसार ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको उल्लेख गर्दै एबीसीका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ(क्यामेरा अन्तर्वार्तामा यस्तो टिप्पणी गरेका हुन्।

“हामी (अमेरिका) यो लडाइँमा संलग्न हुन सक्छौँ,” ट्रम्पले भने, यद्यपि हाल अमेरिकाले कुनै सैन्य कारबाही नगरेको पनि स्पष्ट पारे।

इरान-इजरायलबीच जारी द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने ट्रम्पको संकेत, रुस मध्यस्थता गर्न इच्छुक

इरान-इजरायलबीच जारी द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने ट्रम्पको संकेत, रुस मध्यस्थता गर्न इच्छुक

ट्रम्पले थपे, “राष्ट्रपति पुटिन सम्भावित मध्यस्थकर्ता हुन सक्नुहुन्छ र उहाँ तयार हुनुहुन्छ। उहाँले मलाई फोन गरेर कुरा गर्नुभएको थियो। हामीबीच यसबारे लामो छलफल भएको छ।”

इजरायलले इरानको आणविक तथा सैन्य संरचनालाई लक्षित गरी गरेको व्यापक आक्रमणपछि दुवै मुलुकबीच लगातार तेस्रो दिन आइतबार पनि तीव्र हवाई आक्रमण भएको छ। यसले क्षेत्रीय तनावलाई थप चर्काएको विश्लेषण गरिएको छ।

त्यसैबीच, इरान र संयुक्त राज्य अमेरिका बीच हुने भनिएको छैटौँ चरणको वार्ता स्थगित भएको ओमानले जनाएको छ। ओमानले विगतदेखि नै आणविक मामिलामा मध्यस्थकर्ताको भूमिका खेलेको छ। तर ट्रम्पले भने, वार्ता अझै पनि जारी रहेको दाबी गरेका छन्।

वार्ताको लागि कुनै निश्चित समयसीमा तोकिएको छ कि छैन भन्ने प्रश्नमा उनले भने, “अहँ, वार्ताको कुनै समयसीमा छैन। उनीहरू कुराकानी गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्।”

उनको भनाइमा, इरान–इजरायल द्वन्द्वले वार्तालाई आवश्यक गति दिने सम्भावना रहेको छ। “यो अवस्थाले वास्तवमै सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ,” उनले उल्लेख गरे।

इरान-इजरायलबीच जारी द्वन्द्वमा अमेरिका संलग्न हुन सक्ने ट्रम्पको संकेत, रुस मध्यस्थता गर्न इच्छुक





Source link

Leave a Comment