इरानबाट आफ्ना नागरिकहरू निकाल्ने तयारीमा अस्ट्रेलियाली सरकार



प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

इजरायल-इरान द्वन्द्व ।
तस्बिर : राससमार्फत एफपी

अस्ट्रेलियाली सरकारले इरानमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने तयारी गरिरहेको छ। यसबारेमा मङ्गलबार एकजना वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।

अस्ट्रेलियाका रक्षा तथा उद्योग मन्त्री प्याट कोनरोयले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोलाई दिएको अन्तर्वार्तामा भने, “इरानमा जारी द्वन्द्वको अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका अस्ट्रेलियालीहरूलाई उद्धार गर्ने विभिन्न योजना तयार पारिरहेका छौं।”

उनका अनुसार, हाल इरानको हवाई क्षेत्र बन्द रहेको हुँदा विमानमार्फत सिधा उद्धार सम्भव छैन। तर हवाई मार्ग खुल्ने बित्तिकै व्यावसायिक उडानमार्फत सुरक्षित निकास दिन सहयोग गरिने योजना बनाइएको छ।

इरानबाट आफ्ना नागरिकहरू निकाल्ने तयारीमा अस्ट्रेलियाली सरकार

इरानबाट आफ्ना नागरिकहरू निकाल्ने तयारीमा अस्ट्रेलियाली सरकार

सरकारले इरान लगायत संकटग्रस्त क्षेत्रहरूमा रहेका सबै अस्ट्रेलियाली नागरिकहरूलाई आफ्नो उपस्थितिको जानकारी विदेश मामिला तथा व्यापार विभागमा दर्ता गराउन आग्रह गरेको छ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले सोमबार जानकारी दिँदै भनिन्, “तीन सय पचास अस्ट्रेलियालीहरूले इरान छोड्न चाहेको जानकारी डिएफएटीलाई दिएका छन्, भने तीन सय नागरिकले इजरायलबाट बाहिरिन इच्छा जनाएका छन्। अझ बढी नागरिकहरूले पनि दर्ता गर्ने अपेक्षा गरिएको छ।”

वोङले थपिन्, “सरकार आफ्ना नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै विविध उद्धार विकल्पहरूमा काम गरिरहेको छ, र आवश्यक परेमा तत्काल कदम चाल्ने तयारीमा छ।”





Source link

Leave a Comment