इरानको आणविक कार्यक्रमबारे गुप्तचर प्रमुख गब्बार्डको धारणा ट्रम्पद्वारा अस्वीकार



प्रकाशित मिति : असार ७, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डको इरानसम्बन्धी भनाइलाई अस्वीकार गर्दै उनलाई गलत भएको बताएका छन्। गब्बार्डले मार्च महिनामा कंग्रेसमा दिएको साक्षीमा इरानले आणविक हतियार निर्माण नगरेको बताएकी थिइन् । तर, हालै ट्रम्पले त्यस मूल्यांकनको आलोचना गरेका छन्।

मार्च महिनामा गब्बार्डले कंग्रेसमा साक्षी दिँदै भनेकी थिइन्, “गुप्तचर समुदायको मूल्यांकन अनुसार इरानले आणविक हतियार निर्माण गरिरहेको छैन।”

यद्यपि, उनले हालै सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, “अमेरिकासँग यस्तो गुप्त सूचना छ कि यदि इरानले अन्तिम चरणको निर्णय गर्‍यो भने, केही हप्तादेखि महिनाभित्रै उसले आणविक हतियार निर्माण गर्न सक्ने स्थितिमा छ।”

इरानको आणविक कार्यक्रमबारे गुप्तचर प्रमुख गब्बार्डको धारणा ट्रम्पद्वारा अस्वीकार

इरानको आणविक कार्यक्रमबारे गुप्तचर प्रमुख गब्बार्डको धारणा ट्रम्पद्वारा अस्वीकार

उनले मार्च महिनाको बयानलाई सन्दर्भबाहिर प्रस्तुत गरिएको पनि दाबी गरिन् । साथै, मिडियाले विवाद सिर्जना गर्न खोजिरहेको आरोप लगाइन्।

ट्रम्पले शुक्रबार न्यू जर्सीको मोरिसटाउन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, “उनी (गब्बार्ड) गलत छिन्।” उनले गब्बार्डको प्रारम्भिक मूल्यांकनलाई खारेज गर्दै इरान तत्काल आणविक हतियार बनाउन सक्षम भएको चेतावनी दिए।

उनले यस्तो अवस्था अस्वीकार्य हुने र आफूले यसबारे कडा नीति अपनाउने बताएका छन्।

https://www.youtube.com/watch?v=videoseries

यो विवाद इजरायल–इरान तनाव चुलिँदै जाँदा आएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पछिल्लो हप्ता इरानका आणविक तथा सैन्य लक्ष्यहरूमा आक्रमण गर्नुको कारण बताएका थिए ।

इरानले भने सधैं जस्तै यसपटक पनि आणविक हतियार विकास गरिरहेको छैन भन्ने अडान दोहोर्‍याएको छ। तेहरानले आफ्नो युरेनियम संवर्धन कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।

इरानको आणविक कार्यक्रमबारे गुप्तचर प्रमुख गब्बार्डको धारणा ट्रम्पद्वारा अस्वीकार

पूर्व संयुक्त राष्ट्र आणविक निरीक्षक डेभिड अलब्राइटले गब्बार्डको पछिल्लो दाबीमाथि प्रश्न उठाउँदै भने, “इरानलाई साधारण आणविक ‘डिभाइस’ बनाउन कम्तीमा पनि ६ महिना लाग्छ। त्यो डिभाइस मिसाइलमार्फत प्रहार गर्न सकिने अवस्थामा हुने छैन।” उनले प्रहार गर्न सक्ने स्तरको हतियार बनाउन एकदेखि दुई वर्ष लाग्ने अनुमान गरे।

ट्रम्पले आफ्नो कार्यकालभर अमेरिकी गुप्तचर एजेन्सीहरूसँग बारम्बार विवाद निम्त्याउने गरेका छन्। सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको मूल्यांकनदेखि लिएर रूसी राष्ट्रपति पुटिनको अस्वीकारलाई ट्रम्पले स्वीकार गर्नु, अमेरिकी गुप्तचर समुदायप्रति उनको अविश्वास स्पष्ट देखिन्छ। ट्रम्प र उनका समर्थकहरूले अमेरिकी गुप्तचर संस्था “डीप स्टेट” को हिस्सा भएको आरोप समेत लगाउँदै आएका छन्।





Source link

Leave a Comment