‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका विनोदको रेलको ठक्करबाट मुत्यु



प्रकाशित मिति : असार २३, २०८२ सोमबार


जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो ।

‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उहाँको रेलले ठक्कर दिइ ज्यान गएको हो ।

‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका विनोदको रेलको ठक्करबाट मुत्यु

‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका विनोदको रेलको ठक्करबाट मुत्यु

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Source link

Leave a Comment