काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ ।
यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ ।
यो फिचर आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा चाहिँ पछिल्लो बेटा भर्सनमा उपलब्ध छ ।
यदि तपाईं एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ र ह्वाट्सएपको यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर ह्वाट्सएप बेटा कार्यक्रममा जोडिनुपर्छ । यसका लागि ह्वाट्सएप खोज्नुहोस् र त्यहाँबाट beta tester program मा जोडिनुहोस् ।
ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल ठेगाना कसरी जोड्ने ?
- आफ्नो डिभाइसमा ह्वाट्सएप एप्लिकेसन खोल्नुहोस्
- दायाँ भागको माथिपट्टि छेउँमा रहेको तीनवटा थोप्लावाला मेन्यूमा ट्याप गरेर Settings मा जानुहोस्
- Settings मेन्यूबाट Accounts अप्सन छान्नुहोस्
- उक्त खण्डभित्र Email Address अप्सन छान्नुहोस्
- त्यहाँ तपाईंले ह्वाट्सएपसँग जोड्न चाहेको आफ्नो इमेल एड्रेस हाल्नुहोस्
- त्यसपछि तपाईंले सोही इमेलमा One-Time Password (OTP) प्राप्त गर्नुहुनेछ ।
- उक्त ओटिपीलाई ह्वाट्सएपमा दिइएको सम्बन्धित ठाउँमा हालेर भेरिफाइ गर्नुहोस् ।
यसो गरेपछि तपाईंको इमेल ठेगाना ह्वाट्सएप अकाउन्टसँग जोडिनेछ ।
– एजेन्सीको सहयोगमा