इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव



प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव

कानुन व्यवसायी बासु फुलाराले इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव दिनुभएको छ । एसाइलमबाट ग्रिनकार्ड पाएका व्यक्तिहरु भारत जान हुने वा नहुने भन्ने सन्दर्भमा धेरैले प्रश्न गर्दै आएको उल्लेख गर्दै उहाँले भारत र नेपालको खुला सिमाना भएका कारण एसाइलमबाट ग्रिनकार्ड पाएका व्यक्ति इमर्जेन्सी नभएसम्म भारतमा समेत नजान सुझाव दिनुभएको हो ।

क्यालिफोर्नियाको लस एन्जलसमा नेपाल अमेरिका एकता समाज र ८८४८ इन्टरटेन्मेन्ट एलएले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै फुलाराले एसाइलमबाट ग्रिनकार्ड लिएको नेपाली भारत जाँदा समेत विगतमा बाइडेन प्रशासनले गरेको व्याख्या र अहिले ट्रम्प प्रशासनले गर्ने व्याख्या फरक हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो -“भारत र नेपालको खुला सिमाना भएको कुरा सबैलाई थाहा छ । यदि कसैले झुठो बोलेर खुला सिमानाबाट नेपाल गएमा वा सामाजिक सञ्जाल तथा अन्य तरिकाले नेपाल गएको प्रमाण भेटिएमा ग्रिनकार्ड समेत जोखिममा पर्नसक्छ ।”

इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव

इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव

इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव

ट्रम्प प्रशासनले सामाजिक सञ्जालहरुमा पनि कडा निगरानी गरिरहेकाले सामाजिक सञ्जालमा पोष्ट गर्ने सामाग्रीहरुमा समेत सचेतता अपनाउन उहाँले सुझाव दिनुभएको छ । अहिले एआईको जमाना भएकाले जुनसुकै भाषामा सामाजिक सञ्जालमा हालिएका सामाग्रीहरु पनि नीरिक्षण गर्न सकिने भएकाले सामाजिक सञ्जालमा पोष्ट गर्दा ध्यान नदिए भविश्यमा अमेरिकी नागरिकता आवेदन अस्वीकृत हुने खतरा समेत रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका तफर्बाट अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले पछिल्लो अध्यागमन परिवर्तन र नियम कानुन राम्रोसँग बुझेर अगाडि बढ्न नेपाली समुदायलाई आग्रह गर्नुभयो । सानोतिनो गल्तीले पनि ठूलो समस्या हुनसक्ने भएकाले सचेत भएर र नियम कानुन बुझेरमात्र कदम चाल्न उहाँले सुझाव दिनुभएको हो । समस्यामा परेको नेपाली समुदायलाई सहयोग गर्न आफूहरु सधै तत्पर रहेको समेत उहाँले बताउनुभयो ।

इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव

कार्यक्रममा खसोखास प्रधानसम्पादक किशोर पन्थीले अमेरिकामा रहेका सबै नेपालीहरुलाई पछिल्लो अध्यागमन परिवर्तनबारे चासो भएतापनि सबैभन्दा बढी सरोकार राख्ने नेपालीको संख्या ५० हजार भएको उल्लेख गर्नुभयो । जसमध्ये १६९३३ जना विद्यार्थी भिसामा रहेकाहरु, झण्डै १५ हजार एसाइलम आवेदन विचाराधिन रहेकाहरु, झण्डै ३ हजार देशनिकालाको आदेश पाइसकेपनि अमेरिका नछाडेकाहरु, झण्डै साढे ७ हजार टीपीएसमा रहेकाहरु र झण्डै १० हजार विभिन्न गैर आप्रवासी स्थीतिमा रहेकाहरु सबैभन्दा सरोकारको नेपाली जनसंख्या भएको उहाँले जानकारी दिनुभयो ।

देशनिकालको दैनिक औषत बाइडेन प्रशासनको अन्तिम बर्षको तुलनामा अझै पनि कम रहेको उल्लखे गर्दै पन्थीले हालै आफूहरुले सान डिएगोको अमेरिका मेक्सिको सिमाक्षेत्रको भ्रमण गरेको प्रशंग उल्लेख गर्दै सिमाक्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्ने दरमा ९४ प्रतिशत कमी आएको तथ्यांकबारे समेत जानकारी दिनुभयो । ट्रम्प प्रशासनले देशनिकाला गर्ने नेपालीको हालको दर कायम रहेमा बर्षमा ४ सय जनासम्म नेपालीहरु देशनिकालामा पर्नसक्ने उहाँले बताउनुभयो ।

इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव





Source link

Leave a Comment