फोटो शेयरिङ एप इन्स्टामा आफ्नो गज्जबको तस्वीर राखेर सबैको ध्यान तान्ने रहर कसलाई पो हुँदैन र ?
खिचिएको आफ्नो उत्कृष्ट तस्वीरलाई इन्स्टाग्राममा पोस्ट गर्ने बेलामा समेत थप केही मिहिनेत गरियो भने त्यो गज्जबको हुन्छ ।
फोटोलाई क्रप गर्नाले यसको कम्पोजिसनलाई बढावा दिने र केन्द्रविन्दुतर्फ मानिसको ध्यान आकर्षित गर्दछ ।
इन्स्टाग्राम एपले प्रयोगकर्तालाई एपभित्रै फोटो क्रप गरेर शेयर गर्नका लागि उत्तम बनाउने सुविधा प्रदान गरेको छ ।
इन्स्टाग्राममा यसरी फोटो क्रप गर्न सकिन्छ :
- सुरुमा इन्स्टाग्राम एप खोल्नुहोस् र नयाँ पोस्ट create गर्नुहोस् । यसमा तपाईंले आफ्नो फोनमा रहेको तस्वीर छान्न वा एपभित्रै रहेर एउटा नयाँ तस्वीर खिच्न सक्नुहुन्छ।
- त्यसरी तस्वीर छानिसकेपछि Edit अप्सनमा मा ट्याप गर्नुहोस्, जुन स्क्रिनको पिंधमा हुन्छ।
- त्यसपछि क्रप आइकनमा जानुहोस् । इन्स्टाग्राममा विभिन्न पूर्वनिर्धारित क्रप अनुपातहरु उपलब्ध हुन्छन् र त्यसबाट तपाईंले कुनै एक छान्न सक्नुहुन्छ । त्यसमा square (1:1), portrait (4:5) / landscape (16:9) लगायतका विकल्प रहन्छन् ।
- त्यसपछि तपाईंले तस्वीरको फ्रेम एडजस्ट गरेर आफ्नो छनोट अनुसार कम्पोज गर्न सक्नुहुन्छ।
- आफूले चाहे अनुसारको परिवर्तन गरेपछि Done अप्सनमा ट्याप गर्नुहोस् । यसो गर्दा तपाईंले गरेका परिवर्तन सुरक्षित हुनेछन् ।
- यसबाट तपाईंको तस्वीर अब उपयुक्त तरिकाले क्रप भएको छ र इन्स्टाग्राममा शेयर गर्नका लागि तयार छ ।