इन्डो–नेपाल क्रिकेटमा भरतपुर मेयर्स–११ विजयी

इन्डो–नेपाल क्रिकेटमा भरतपुर मेयर्स–११ विजयी


भरतपुर मेयर्स–११ ले इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। चितवनको भरतपुरमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स–११ ले बागमती प्रदेशमाथि आठ रनको रोमाञ्चक जित निकालेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरेकी थिइन्।

भरतपुर मेयर्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभर नै खेले पनि सात विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो। शुभ कंशकारले ५७ बलमा ८८ रनको आक्रामक इनिङ खेले पनि बागमतीलाई जित दिलाउन सकेनन्। उनको इनिङमा ६ चौका र सात छक्का रह्यो।

रविन जोशीले २० रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भएपछि बागमतीले साँघुरो हार बेहोर्‍यो। भरतपुर मेयर्स–११ का सौगात ढकालले एक्लैले चार विकेट लिँदै बागमतीमाथि दबाब बनाए।

उनले तीन ओभरमा एक मेडनसहित २२ रन दिए। दीपेश श्रेष्ठले दुई र गौतम केसीले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भरतपुर मेयर्स–११ ले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल बनायो।

खराब सुरुआत गरेको भरतपुर मेयर्स–११ १३.२ ओभरमा ७६/६ को नाजुक अवस्थामा थियो। भरतपुरका कप्तान दीपेश श्रेष्ठ र गौतम केसीले आक्रामक इनिङ खेल्दै सम्मानजनक योगफलसम्म पुर्‍याए।

गौतमले १५ बलमा ३४ रन  र दीपेशले २३ बलमा २९ रन बनाए। गौतमले चार छक्का र एक चौका प्रहार गरे। दीपेशको इनिङमा समान दुई चौका र छक्का रह्यो। प्रतीक श्रेष्ठले २० रन बनाए।

बागमतीको बलिङमा रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ र मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान एक विकेट लिए। प्रतियोगितामा भरतपुर मेयर्स–११ र बागमतीसँगै सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, भारतका दुई वटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पिएसआर ग्रुप लखनउले प्रतिस्पर्धा गर्दैछन्। 

उद्घाटनको अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरा काम द्रुत गतिमा निर्माण हुने बताइन्। दाहालले यु–१९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरिन्।

यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालन गर्न नेपाल क्रिकेट संघ (क्यान), खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनुरोध गरिएको उनको भनाइ छ।

प्रकाशित: ८ चैत्र २०८० २०:३० बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School