इण्डो–नेपाल टी–२० मा भारतीय टोलीको दबदबा


चितवनमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (आइतबार) को पहिलो खेलमा लखनउले लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो।

सुदूरपश्चिमले दिएको १०९ रनको झिनो लक्ष्य लखनउले ११ ओभरमा १ विकेटको क्षतिमा  पुरा गर्‍यो। लखनउको जितमा ओपनर शुभम चौधरीले नटआउट ३४ बलमा ८१ रनको विष्फोटक पारी खेले। उनले ९ छक्का र ४ चौका प्रहार गरे। उनले युवराज खत्रीको बलमा लगातार ५ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।

यस्तै सहिम हसनले १९ रन बनाए भने र मोहम्मद सरिम ६ रनमा नटआउट रहे। सुदूरपश्चिमका लागि दिपक बोहोराले २ ओभरमा १४ रन खर्चिँदै एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १८ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो। उसका लागि अभिषेक पालले सर्वाधिक ३४ रन बनाए। दीपक बोहोराले २७ र खडक बोहोराले ८ रन बनाए। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

लखनउका अर्पित शुक्ला र प्रिन्स साहीले समान ३ विकेट लिए। शुक्लाले ४ ओभरमा १८ रन खर्चिए भने साहीले ४ ओभरमा २० रन खिर्चन पुगे। मोहम्मद सरिमले ३ ओभरमा १५ रन खर्चिँदै २ विकेट लिए।

यस्तै आजै भएको दोस्रो खेलमा घरेलु टोली भरतपुर मेयर्स ११ लाई ५ विकेटले पराजित गर्दै भारतको तालतला इन्स्टिटाइट कोलकाताले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्‍यो । 

भरतपुरले दिएको १६३ रनको लक्ष्य कोलकताले १५.५ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएर जित हात पार्‍यो। कोलकतालाई जिताउन सौरभ यादवले विष्फोटक पारी खेल्दै ९ बलमा अविजित ३८ रन बनाए। उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै सन्दीप गुप्ताले ३८, रमन कदायन ३५ र कुनल नगकले २२ अविजित रहे।

भरतपुरका लागि कृजन गुरुङले ४ ओभरमा ४० रन खर्चिँदै २ विकेट लिए भने गौतम केसी, जेनिस महत र सौगात ढकालले समान एक एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भरतपुरले गौतम केसीको अर्धशतकको मद्दतमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। गौतमले ४ छक्का र ३ चौका प्रहार गर्दै २८ बलमा ५३ रन बनाए। कप्तान दिपेश श्रेष्ठले ३ छक्का प्रहार गर्दै ४३ बलमा ४१ रनमा अविजित रहे। रोशन झाले २० रन बनाए। भरतपुरलाई मध्यम स्कोरमा रोक्न कोलकताका प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३३ रन खर्चिँदै ६ विकेट लिए। यस्तै सौरभ यादवले १ विकेट लिए।

आजको जितसँगै लखनउ तीन खेलमा तीन जितका साथ ६ अंक बटुल्दै प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ भने कोलकता दुई खेलमा दुई जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताका शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् भने उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ११ चैत्र २०८० २१:०३ आइतबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School