इण्डो–नेपाल टी–२०ः सुदूरपश्चिम र मधेश प्रदेश विजयी


भरतपुरमा जारी इण्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

बागमतीले दिएको १ सय रनको झिनो लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुदूरपश्चिमलाई सहज जित दिलाउन दीपक बोहोराले नटआउट ३५ र खडक बोहोराले नटआउट २८ रन बनाए।

बागमतीका लागि कप्तान राम नरेश गिरीले ३ ओभरमा १६ रन खर्चिँदै २ र विपिन आचार्यले २ ओभरमा १४ रन खर्चिँदै एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ९९ रनमै अलआउट भयो। बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३६ रन बनाए।  बागमतीलाई सस्तैमा अलआउट गर्न सुदूरपश्चिमका भोजराज भट्ट र नरेन साउदले समान ३ विकेट लिए। खेलमा सुदूरपश्चिमका नरेश साउद प्लेयर अफ दि म्याच घोषित भए।

यस्तै आज भएको दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। भरतपुरले दिएको १२० रनको लक्ष्य मधेसले १०.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गरेको हो।

यो जितसँगै मधेशको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ। मधेशलाई सहज जित दिलाउन ओपनर साहिल पटेलले ५० रनको अर्धशतकीय पारी खेले। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भरतपुर निर्धारित ओभरमा ११९ रन बनाउँदै अलआउट भयो।

भरतपुरका लागि जेनिश महतले २९, विकल कुमार गुप्ताले २७ र प्रतीक श्रेष्ठले १९ रन बनाए। पाँच विकेट लिएका मधेश प्रदेशका भुलन सहनी प्लेयर अफ दि म्याच घोषित भए।

प्रतियोगितामा भारतको क्षेत्रीय टोली पीएसआर ग्रुप लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ। भारतकै तालतला इन्स्टिटाइट कोलकाता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा छ भने ३ खेलमा २ जित र एक हारका साथ समान ४ अंक भएपनि नेटरनरेटको आधारमा पछि पर्दै सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा रहेको छ।

प्रतियोगितामा पहिलो जित दर्ता गरेको मधेश प्रदेश ३ खेलमा १ जित र २ हार व्यहोर्दै २ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने घरेलु टोली भरतपुर ४ खेलमा एक जित र ३ हार व्यहोर्दै २ अंकका साथ पाँचौँ स्थानमा झरेको छ।

बागमती प्रदेश लगातार ३ खेलमा पराजित हुँदै पुछारमा रहेको छ। प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल खेल्ने छन् भने उपाधि भिडन्त चैत १७ गते हुनेछ।

प्रकाशित: १२ चैत्र २०८० २०:१९ सोमबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School