इटहरी गोल्डकप: चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा

इटहरी गोल्डकप: चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा


चर्च ब्वाइज युनाइटेड क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो।

इटहरी रंगशालामा मंगलबार राति भएको अन्तिम क्वाटरफाइनल खेलमा झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले बुढासुब्बा गोल्डकप विजेता एनआरटीमाथि २–१ गोलको जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

चर्च ब्वाइजको जितमा अबायोमी फकुन्ले र सुरजज्यु ठकुरीले गोल गरे। एनआरटीका अफिज ओलावालेले एक गोल फर्काए।

खेलको ३७ औं मिनेटमा अबायोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावालेले खेलको ८२ औं मिनेटमा गोल फर्काए। त्यसको एक मिनेट बित्न नपाउँदै चर्च ब्वाईजका ठकुरीले गोल गर्दै आफ्नो टिमलाई २–१ को जित दिलाए।

मंगलबारको खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका सुरजज्यु ठकुरी घोषित भए। सो बापत उनले नगद १० हजार प्राप्त गरे।

इटहरी गोल्डकप: चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा

बुधबार पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: १४ चैत्र २०८० २०:५८ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School