इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने

इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने


२४ चैत, काठमाडौं । चलचित्र विकास बोर्डले सुनसरीको इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माणसम्बन्धी  ‘मेरो कथा, मेरो चलचित्र’ कार्यशाला आयोजना गर्ने भएको छ ।

आगामी वैशाख ३ देखि ७ गतेसम्म संचालन हुने सो कार्यशालामा कोशी प्रदेशका १३ देखि १८ वर्षमुनिका १५ जना बालबालिकाहरु सहभागी हुनेछन् ।

कार्यशाला संयोजक समेत रहेका बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्डले बालबालिकाहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरुमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने तथा शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने उद्देश्यले मेरो कथा मेरो चलचित्र परियोजना सुरु गरेको छ ।

सोही परियोजनाअन्तर्गत चलचित्र निर्माण कार्यशालामा सहभागी हुने प्रत्येक  बालबालिकाहरुले लघु चलचित्र निर्माण गर्नु पर्नेछ ।

इटहरीमा संचालन हुने कार्यशालामा सहभागिताका लागि  बोर्डले शुक्रबार आफ्नो वेवसाइट www.film.gov.np मा सात दिने सूचना प्रकाशन गरेको बोर्ड सचिवालय अधिकृत एवम् कार्यशाला व्यवस्थापक निर्मला चौलागाईंले बताइन् ।

अधिकृत चौलागाईंका अनुसार कार्यशालामा सहभागी हुन चाहने कोशी प्रदेशका बालबालिकाले बोर्डको वेवसाइटमा राखिएको आवेदन फाराम भरी [email protected] मा पठाउनु पर्नेछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School