इजरायली प्रधानमन्त्री नेतन्याहू र हमासका सैन्य प्रमुख डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी , इयूको स्वागत : अमेरिकाको बिरोध

इजरायली प्रधानमन्त्री नेतन्याहू र हमासका सैन्य प्रमुख डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी , इयूको स्वागत : अमेरिकाको बिरोध



प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार

अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ । किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन् ।

अदालतले बेन्जामिन नेतन्याहु र योआभ ग्यालेन्ट नाम गरेका दुई व्यक्तिविरुद्ध कम्तीमा ८ अक्टोबर २०२३ देखि २० मे २०२४ सम्म भएका मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरेको छ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आइसीसीले हमासका सैन्य प्रमुख डिफविरूद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ । इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा डिफको मृत्यु भएको बताएको थियो । साक्षीहरूको सुरक्षा र अनुसन्धानको सञ्चालनको सुरक्षाका लागि पक्राउ पुर्जीलाई ‘गोप्य’ को रूपमा वर्गीकृत गरिएको अदालतले जनाएको छ ।

आइसिसीका मुख्य अभियोजक करिम खानले गत मे महिनामा गाजामा भएको युद्ध अपराध र मानवताविरुद्धको अपराधमा नेतन्याहू र ग्यालेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतलाई आग्रह गरेका थिए । नेतन्याहूले गत नोभेम्बर ५ मा ग्यालेन्टलाई रक्षामन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

खानले मोहम्मद डिफलगायत हमासका शीर्ष नेताविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्न पनि माग गर्नुभएको छ ।

जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनियाहको मृत्युका कारण बदलिएको परिस्थितिका कारण अभियोजकले हनियाहविरूद्धको पक्राउ पूर्जीको आवेदन अगस्ट २ मा फिर्ता लिएको आईसीसीले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युरोपेली सङ्घ इयूले पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र यसलाई कार्यान्वयन गरिनुपर्ने बताएको छ । यो निर्णयलाई अमेरिकाले ‘आधारभूत रूपमा अस्वीकार’ गरेको ह्वाइट हाउसले जनाएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहू र हमासका सैन्य प्रमुख डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी , इयूको स्वागत : अमेरिकाको बिरोध

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताका अनुसार यस मामिलामा आईसीसीको क्षेत्राधिकार छैन । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायली इतिहासमै सबैभन्दा घातक आक्रमण गरेदेखि नै इजरायलले गाजामा युद्ध लड्दै आएको छ ।

गाजा क्षेत्रमा सक्रिय हमास समूहको प्रभावमा रहेको प्यालेष्टिनी सरकारको स्वास्थ्य मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकूबीच १३ महिनाभन्दा बढी समयदेखि चलेको युद्धमा कम्तीमा ४४ हजार ५६ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा गाजा पट्टीमा एक लाख चार हजार २६८ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School