इजरायली आक्रमणमा मारिए १६ हजारबढी प्यालेस्टिनी विद्यार्थी



प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थीको मृत्यु भएको जनाएको छ । साथै, २५ हजार ९५९ जना घाइते भएका छन् ।

मन्त्रालयले इजरायली आक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा वेस्ट बैङ्कमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई हिरासतमा राखिएको जनाएको छ ।

गाजाका ४४३ वटा सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी तोडफोड भएको उल्लेख गरिएको छ ।

इजरायली आक्रमणमा मारिए १६ हजारबढी प्यालेस्टिनी विद्यार्थी

इजरायली आक्रमणमा मारिए १६ हजारबढी प्यालेस्टिनी विद्यार्थी

वेस्ट बैङ्कामा १५२ वटा विद्यालय र आठवटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ । जेरुसेलमका ६ वटा युएनआरडब्लुए सँग सम्बद्ध स्कुल मे –८ देखि बन्द रहेको जनाइएको छ ।





Source link

Leave a Comment