इजरायली आक्रमणपछि १२ लाख लेबनानी घर छोड्न बाध्य

इजरायली आक्रमणपछि १२ लाख लेबनानी घर छोड्न बाध्य



प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

इजरायलले लेबनानमा गरेको पछिल्लो हवाई हमलामा २२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा मध्य बेरुतमा २२ जनाको मृत्यु भएको हो । ११७ जना घाइते भएका छन् ।

घटनास्थलमा ठुला विष्फोटका आवाज सुनिएका थिए । उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई निकाल्ने प्रयास गरेका थिए । एम्बुलेन्सहरूले घाइतेहरूलाई अमेरिकन युनिभर्सिटी अस्पतालमा लगेको थियो ।

आक्रमणको लक्ष्य वाफिक साफा थिए । जो हत्या गरिएका हिज्बुल्लाहका नेता हसन नसरल्लाहका सालो र समूहका उच्च सुरक्षा अधिकारी हुन । तर हिज्बुल्लाहको सञ्चार कार्यालयले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

इजरायली हवाई आक्रमणले बाचौराका दुई घना बस्तीहरू नवैरी र बस्तामा रहेको आवासीय भवनहरूलाई निशाना बनाएको थियो ।

यसअघि दुई दिन शान्त रहेको बेरुतमा पुन आक्रमण भएको हो । कुनै पूर्वसूचना बिना आक्रमण भएको र इजरायली रक्षा बल ले यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

यो इजरायलले दक्षिणी उपनगर दहियेबाहेक बेरुतमा गरेको तेस्रो पटक हवाई आक्रमण गरेको हो । जहाँ यसअघि हिज्बुल्लाहका कमाण्डरहरूको हत्या र हतियार भण्डारहरू ध्वस्त पारिएका थिए ।

अहिले इजरायली सेना लेबनानभित्र हिज्बुल्लाहविरुद्ध स्थलगत हमला गरिरहेको छ ।

यो हमला ३० सेप्टेम्बरबाट सुरु भएको थियो । युएनको शान्ति मिसन युनिफिलका प्रवक्ताले भनेका छन् कि इजरायली सेनाको गतिविधि निकै चिन्ताजनक छ ।

इजरायली आक्रमणपछि १२ लाख लेबनानी घर छोड्न बाध्य

लेबनानमा जारी यस द्वन्द्वका कारण १२ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School