इजरायली अस्पतालमा इरानको आक्रमण, ‘मुख्य निशाना’मा सैन्य स्थल



प्रकाशित मिति : असार ५, २०८२ बिहीबार


इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको छ ।

दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन् ।

“आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो,” अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ।

इजरायली अस्पतालमा इरानको आक्रमण, ‘मुख्य निशाना’मा सैन्य स्थल

इजरायली अस्पतालमा इरानको आक्रमण, ‘मुख्य निशाना’मा सैन्य स्थल

‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ।

इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले पनि आक्रमणबारे एक वक्तव्य जारी गरेको छ ।

“यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको ‘कमाण्ड एण्ड इन्टेलिजेन्स सेन्टर’लाई लक्षित गरिएको र क्षेप्यास्त्रको निशाना अत्यन्त सटिक र निर्देशित बनाइएको थियो,’ सरकारी टेलिभिजनद्वारा प्रशारित इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सेनाले इजरायलको हवाई क्षेत्र रक्षाविहीन रहेको र त्यहाँ कुनै पनि सुरक्षित स्थान नहुने चेतावनी यसअघि नै दिएको थियो ।





Source link

Leave a Comment