इजरायलले ५० दिनदेखि गाजामा सहायताको प्रवेश रोक्यो, प्यालेस्टिनीहरूमा गम्भीर प्रभाव



प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

इजरायलले ५० दिनदेखि गाजा पट्टीमा सबै प्रकारका सहायताको प्रवेश रोकेको र प्यालेस्टिनीहरूमा परेको प्रभाव निकै गम्भीर रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले सोमबार राति न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) लाई उद्धृत गर्दै ५० दिनदेखि खाना, इन्धन, औषधि वा अन्य आवश्यक आपूर्ति गाजामा प्रवेश नगरेको बताए ।

“रासन काटिएको छ । महत्त्वपूर्ण औषधि, खोप र चिकित्सा आपूर्ति सबै कम हुँदै गइरहेको छ”, उनले भने, “बालबालिका र वयस्कहरू भोकमरीबाट पीडित छन् र गाजा पट्टीमा स्वास्थ्य प्रणाली पतनको सँघारमा रहेको छ ।”

इजरायलले ५० दिनदेखि गाजामा सहायताको प्रवेश रोक्यो, प्यालेस्टिनीहरूमा गम्भीर प्रभाव

इजरायलले ५० दिनदेखि गाजामा सहायताको प्रवेश रोक्यो, प्यालेस्टिनीहरूमा गम्भीर प्रभाव

डुजारिकले लाखौँ मानिस विस्थापित भएको पनि बताए भने आपत्कालीन टोली र सहायताकर्मीहरूमाथि इजरायली आक्रमणहरू फेरि बढेका छन् ।





Source link

Leave a Comment