इजरायलद्वारा इरानका आणविक र सैन्य केन्द्रमाथि हमला, अमेरिकाले भन्यो : सम्लग्नता छैन



प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

Photo by Manuel Silva

इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको छ । इरानका आणविक तथा मिसाइल स्थलहरू, सैन्य नेताहरू र वैज्ञानिकहरू लक्षित गरी हवाई बमबारी गरिएको हो । केही गोप्य विध्वंसक गतिविधिहरू पनि गरिएको बताइएको छ।

इजरायलले अमेरिका बिना नै आफ्ना प्रमुख प्रतिद्वन्द्वी इरानमाथि प्रत्यक्ष हमला गरेको हो । हमलामा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर्प्स का कमान्डर जनरल होसैन सलामी मारिएका छन् ।

दुई शीर्ष आणविक वैज्ञानिक र अर्का एक वरिष्ठ जनरलको मृत्यु पनि इरानी सरकारी सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्। अमेरिकाले यस आक्रमणमा कुनै संलग्नता नभएको स्पष्ट पारेको छ।

इजरायलद्वारा इरानका आणविक र सैन्य केन्द्रमाथि हमला, अमेरिकाले भन्यो : सम्लग्नता छैन

इजरायलद्वारा इरानका आणविक र सैन्य केन्द्रमाथि हमला, अमेरिकाले भन्यो : सम्लग्नता छैन

राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा इजरायली आक्रमणको विरोध गर्दै आणविक सम्झौताको सम्भावना अझै बाँकी रहेको बताएका थिए । तर केही घण्टापछि इजरायली आक्रमण सुरु भयो ।

राति इजरायलले एकपक्षीय कदम चालेको हो । अमेरिकाको प्राथमिकता क्षेत्रीय सुरक्षामा केन्द्रित छ । इरानले अमेरिकाको फौज र स्वार्थलाई लक्षित नगर्ने स्पष्ट सन्देश दिन चाहन्छौं।

बिहीबार राति इजरायलभरि साइरन बजाइएका थिए । इजरायली रक्षा मन्त्री इजरायल काट्जले सम्पूर्ण देशमा आपतकाल घोषणा गर्दै इजरायलको सुरक्षाका लागि गरिएको पूर्व प्रत्याक्रमणपछि मिसाइल र ड्रोन आक्रमणको सम्भावना अत्यन्त उच्च छ भनेका थिए ।

इजरायलले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । इरानले पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरू स्थगित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो कारबाही आवश्यक रहदासम्म जारी राखिने बताएका छन ।

इरानले आणविक हतियार निर्माण गरिरहेको भन्ने इजरायली दाबीलाई अस्वीकार गरेको छ । तर इजरायली सैन्य अधिकारीका अनुसार इरान आफ्नो आणविक कार्यक्रममा तीव्र गतिमा अघि बढिरहेको छ ।

इजरायलद्वारा इरानका आणविक र सैन्य केन्द्रमाथि हमला, अमेरिकाले भन्यो : सम्लग्नता छैन

बम बनाउन नजिक रहेको थाहा पाएपछि आक्रमण गर्ने निर्णय गरिएको इजरायलले बताएको छ । इरानले भने, यदि आणविक साइटमाथि हमला भयो भने अमेरिका विरुद्ध हमला गर्ने चेतावनी दिएको छ ।

अमेरिकाले इराक, बहराइन, कुवेतबाट कूटनीतिज्ञ र सैन्य परिवारहरूलाई सुरक्षित स्थानमा सार्न सुरु गरिसकेको छ । खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डाहरूमा सुरक्षा मजबुत पारिएको छ।

यो आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वलाई पूर्ण सैन्य संघर्षमा रूपान्तरण गर्न सक्छ । जसको प्रभाव केवल पश्चिम एसिया सीमित नभई विश्व स्तरमा नै पर्ने देखिन्छ।





Source link

Leave a Comment