इजरायलको तेल अवीवमा विशाल र्‍याली: नेतन्याहूको विरोध, ट्रम्पको खुलेर प्रशंसा



प्रकाशित मिति : आश्विन २५, २०८२ आईतबार

इजरायलको तेल अवीवमा विशाल र्‍याली: नेतन्याहूको विरोध, ट्रम्पको खुलेर प्रशंसा

इजरायलको प्रमुख सहर तेल अवीवमा मानिसहरूले विशाल र्‍याली आयोजना गरेका छन्। यो र्‍याली हमासद्वारा कब्जामा राखिएका इजरायली बन्धकहरूलाई छोड्न तयारी भइरहेको केही घण्टाअघि निकालिएको हो।

र्‍यालीमा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले “धन्यवाद ट्रम्प” भन्दै खुसी व्यक्त गरेका थिए।

र्यालीलाई सम्बोधन गर्दै अमेरिकी विशेष दूत स्टीभ विटकफले बन्धकहरू घर फर्किँदै छन् भन्दा भीडले खुसी साटेको थियो। उनले ट्रम्पलाई गाजामा युद्धविराम र बन्धक फिर्ता सम्झौतामा मुख्य भूमिका खेलेको भन्दै प्रशंसा गरे।

इजरायलको तेल अवीवमा विशाल र्‍याली: नेतन्याहूको विरोध, ट्रम्पको खुलेर प्रशंसा

इजरायलको तेल अवीवमा विशाल र्‍याली: नेतन्याहूको विरोध, ट्रम्पको खुलेर प्रशंसा

तर, विटकफले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नाम लिँदै उनको भूमिका बताउँदै गर्दा धेरैले “बू” गर्दै असन्तुष्टि जनाएका थिए।

भीडमा ट्रम्पका समर्थकहरूले “नोबेल ट्रम्पलाई दिइयोस्” भन्ने ब्यानर पनि प्रदर्शन गरेका थिए। ट्रम्पकी छोरी इभांका ट्रम्प तथा ज्वाइँ जारेड कुशनरले पनि र्‍यालीमा सम्बोधन गरेका थिए।

घोषित युद्धविराम सम्झौताअनुसार हमासले बाँकी रहेका ४८ इजरायली बन्धकहरू ७२ घण्टाभित्र अर्थात् सोमबार १२ बजेसम्म छोड्नुपर्नेछ। सम्झौतामा बन्धकमध्ये करिब २० जना जीवितलाई छोड्नुपर्ने उल्लेख छ।

हमासका वरिष्ठ अधिकारीले हस्ताक्षर गरेको सम्झौताअनुसार सोमबार बिहानदेखि कैदीबन्दीको अदलाबदली सुरु हुने बताएका छन्।

मिश्रले युद्ध अन्त्यका लागि अन्तिम सहमति टुङ्ग्याउने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने पुष्टि गरेको छ। राष्ट्रपतिको कार्यालयका अनुसार ट्रम्प, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, र बेलायतका प्रधानमन्त्री किर स्टार्मर सहित २० भन्दा बढी विश्व नेताहरू सहभागी हुने बताइएको छ।

इजरायलको तेल अवीवमा विशाल र्‍याली: नेतन्याहूको विरोध, ट्रम्पको खुलेर प्रशंसा

प्यालेस्टिनी अधिकारीहरूका अनुसार पछिल्ला दुई दिनमा करिब ५ लाख मानिस उत्तरी गाजामा फर्किएका छन्।

सम्झौताअनुसार गाजामा राहत सामग्रीको आपूर्ति बढाइने भए पनि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार हाल दैनिक दुई–तीन ट्रक मात्र गाजामा प्रवेश गर्न सकेका छन्।डब्लुएफपी ले पूर्ण पहुँच पाएपछि १४५ वितरण केन्द्रमार्फत नियमित खाद्य वितरण पुनः सुरु गर्ने बताएको छ।

हाल गाजाका ५ लाख मानिस भोकमरीको जोखिममा छन्।

२०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा आक्रमण गर्दा १,२०० जनाको मृत्यु भएको थियो र २५१ जना बन्धक बनाइएको थियो। त्यसपछि इजरायलको प्रतिआक्रमणमा हालसम्म ६७,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।





Source link

Leave a Comment