नेपालको आर्थिक विकास र समृद्धिमा युवावर्गको भूमिका अतुलनीय छ । देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवा नै राष्ट्रका लागि महŒवपूर्ण सम्पत्तिमध्ये हुन् । उनीहरूको ऊर्जा, नवप्रवर्तन, सीप र उद्यमशीलताले देशको अर्थतन्त्रलाई नयाँ दिशा दिन सक्छ । यद्यपि, युवा क्षमता पूर्ण रूपमा उपयोग गर्न सकिएको छैन । नेपाल कृषिप्रधान, प्राकृतिक स्रोतसम्पन्न तर आर्थिक रूपमा अझै विकासोन्मुख देश हो । विश्वव्यापी आर्थिक प्रतिस्पर्धामा टिक्नका लागि मुलुकले आफ्नो स्रोत र साधन उचित उपयोग गर्नुपर्ने अपरिहार्यता छ । तीमध्ये मानवस्रोत विशेषगरी युवावर्ग समृद्धिको मेरुदण्ड हो ।
युवावर्गले सिर्जना गर्ने श्रमशक्ति, नवप्रवर्तन, प्राविधिक क्षमता र सामाजिक रूपान्तरणले मात्र राष्ट्रको भविष्य निर्धारण गर्छ । नेपालको कुल जनसंख्याको ठूलो हिस्सा युवाकेन्द्रित भएको तथ्यले यसलाई अझ महŒवपूर्ण बनाउँछ । राष्ट्रको आर्थिक समृद्धिमा युवावर्गको योगदानलाई तथ्यांकसहित विस्तृत रूपमा चर्चा गर्ने प्रयास गरौं । सरकारको राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई ‘युवा’ मानिन्छ । हाल नेपालको कुल जनसंख्याको करिब ४०.३५ प्रतिशत हिस्सा युवावर्गले ओगटेको छ । यस्तो ऊर्जाशील जनशक्ति राष्ट्रको आर्थिक समृद्धिको मेरुदण्ड हो । तर, के राज्यले युवालाई समुचित अवसर, वातावरण र नीति प्रदान गर्न सकेको छ त ?
युवावर्गको अवस्था र महत्व
पछिल्लो जनगणनाअनुसार मुलुकको ४० प्रतिशत भन्दाबढी जनसंख्या युवा छन्, जुन १६ देखि ४० वर्ष उमेर समूहभित्र पर्नेको संख्या हो । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ का अनुसार पनि यही उमेर समूहलाई ‘युवा’ मानिन्छ । यस्तो ठूलो युवा जनसंख्या रहेको देशका लागि युवाको आर्थिक, सामाजिक र राजनीतिक भूमिका अत्यन्तै महŒवपूर्ण हुन्छ । युवा शक्ति परिवर्तनको संवाहक र समृद्धिको मेरुदण्ड मानिन्छ । यदि यो शक्ति नियमित रूपमा शिक्षित, सीपयुक्त, उद्यमशील, तथा रोजगारमुखी बनाइएमा देशको सामाजिक आर्थिक विकासमा ठुलो योगदान पुग्नेछ । तर देशमा अझै झण्डै आधा युवा कृषिमा आश्रित रहेको तथ्यांक छ । जसले जनशक्ति राम्रोसँग उपयोग गर्न नसकेको संकेत गर्दछ । विदेश पलायन युवाको बढ्दो संख्याले गर्दा देशमा रहेका उद्योगधन्दा, कलकारखाना आदिमा कार्य गर्ने युवा खाँचो दिनपरदिन खट्किएको छ । यो पनि एककिसिमको स्थानीय युवाशक्ति प्रयोग र विकासमा चुनौती हुन गएको देखिन्छ ।
आर्थिक समृद्धिमा योगदान
युवावर्ग देशको श्रम शक्ति हो । रोजगार पाउने अवसर सीमित हुँदा धेरै युवा वैदेशिक रोजगारीमा जान्छन् । आर्थिक वर्ष २०७७÷७८ मा करिब ५ लाख ६७ हजार युवा विदेसिएका थिए भने पछिल्लो आर्थिक वर्षमा यस संख्या ६ लाख ३० हजार पुगेको छ । यसले विदेशी मुद्रा रेमिट्यान्समा ठूलो योगदान पु¥याएको छ । जसले देशको अर्थतन्त्रलाई थोरै भए पनि मजबुत बनाएको छ । तर युवाको रोजगार सिर्जना र स्वरोजगारका लागि देशभित्र अवसर बढाउनु जरुरी छ । जुन स्थानीय तह र प्रदेश सरकारले युवालाई सीपमूलक तालिम, रोजगारका अवसर र उद्यमशीलता प्रवर्धनमा जोड दिनुपर्ने माग धेरै व्यक्त भइरहेको छ । उद्यमशील युवाले कृषि, साना उद्योग, सेवा क्षेत्रलगायत क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्न सक्छन् ।
शिक्षा र सीप विकास
रोजगारी र उद्यमशीलताका लागि युवालाई योग्य बनाउने शिक्षा र सीप विकास अत्यन्त महŒवपूर्ण छ । ‘राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५’जस्ता योजनाले युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र सीप विकासका अवसर दिन पहल गरेको छ । यसले युवालाई उत्पादक बनाउने र आर्थिक क्रियाकलापमा सक्रियता ल्याउने लक्ष्य राखेको छ । तर दीगो विकासका लागि यस्ता योजना प्रभावकारी कार्यान्वयन अझै कमजोर छ । युवालाई समयमै रोजगारयुक्त योग्यता विकास गराउने र रोजगार बजारसँग सीधा जोड्ने पहल दिनुपर्ने छ ।
राजनीतिक र सामाजिक सक्रियता
धेरै आर्थिक र सामाजिक परिवर्तनमा नेपाली युवा भूमिका उल्लेखनीय छ । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धि युवाको संलग्नतामा सम्भव भएको हो । युवाले मात्र देशको राजनीतिक स्थिरता र सामाजिक समरसता कायम राख्न सक्छन् । जसले आर्थिक विकासको आधार तयार ग-यो ।
रेमिट्यान्स र आर्थिक उत्थान
वैदेशिक रोजगारीमा रहेका युवाले पठाउने रेमिट्यान्सले राष्ट्रको अर्थतन्त्रलाई विशिष्ट योगदान दिन्छ । यसले देशको चलनचल्ती मुद्रा अभाव कम गर्दै आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ । आर्थिक वर्ष २०७९÷८० मा मात्र २ लाख ६४ हजार युवाले कामका लागि विदेश गएका थिए र यसले रेमिट्यान्स वितरणमा योगदान पु¥याउने छ ।
जनसांख्यिक लाभ
नेपालले हाल जनसांख्यिक लाभको अवस्था भोगिरहेको छ । जहाँ कामकाजी उमेरका मानिसको संख्या आश्रित जनसंख्या (बालबालिका र ज्येष्ठ नागरिक)भन्दा बढी छ । युवाशक्ति राष्ट्रको उत्पादनशील क्षमता बढाउनका लागि ठूलो अवसर पनि हो । यस जनसांख्यिक लाभको सदुपयोग गर्नसके नेपालले तीव्र आर्थिक वृद्धि हासिल गर्न सक्छ ।
पछिल्लो जनगणनाअनुसार मुुलुकको ४० प्रतिशत भन्दाबढी जनसंख्या युवा छन्, जुन १६ देखि ४० वर्ष उमेर समूहभित्र पर्नेको संख्या हो । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ का अनुसार पनि यही उमेर समूहलाई ‘युवा’ मानिन्छ । यस्तो ठूलो युवा जनसंख्या रहेको देशका लागि युवाको आर्थिक, सामाजिक र राजनीतिक भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ
वैदेशिक रोजगारी र विप्रेषण
मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएका युवाको विप्रेषणको योगदान सबैभन्दा महŒवपूर्ण छ । नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार आर्थिक वर्ष २०८०-८१ को पहिलो दस महिनामा नेपालले ११ खर्ब ८६ अर्ब ८८ करोडबराबर विप्रेषण भित्र्याएको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढी हो । यो विप्रेषणले देशको गरिबी निवारण, जीवनस्तर सुधार र उपभोग्य क्षमता बढाउन प्रत्यक्ष योगदान पु¥याएको छ । यसले विदेशी मुद्रा सञ्चिति बढाउनुका साथै आयात भुक्तानीमा पनि सहयोग पुगेको छ ।
कृषि क्षेत्रमा युवा संलग्नता
देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न युवा भूमिका आवश्यक छ । यसर्थ, परम्परागत खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्न युवा उद्यमीले नेतृत्व गरिरहेका छन् । हालका वर्ष धेरै युवाले विदेशबाट फर्केर वा स्वदेशमै पशुपालन, तरकारी खेती, फलफूल खेती र जडीबुटी प्रशोधनजस्ता क्षेत्रमा सफल उद्यम सञ्चालन गरिरहेका छन् । यसले कृषिमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै कृषि उत्पादन बढाउन मद्दत पु¥याएको छ ।
उद्यमशीलता र नवप्रवर्तन
युवामा भएको सिर्जनशीलता र जोखिम लिने क्षमताले नेपालमा ‘स्टार्टअप’ संस्कृति विकास भएको छ । यसमा ई–कमर्स, सूचना प्रविधि, डिजिटल मार्केटिङ र सेवा उद्योगजस्ता नयाँ क्षेत्रमा युवा उद्यमी कम्पनी स्थापना गरिरहेका छन् । यी उद्यमले रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई विविधिकरण गर्न मद्दत पु¥याएका छन् । राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार नेपालमा नयाँ उद्यममा युवा संलग्नता निरन्तर बढिरहेको छ ।
वित्तीय साक्षरता र डिजिटल अर्थतन्त्र
युवावर्गमा बढ्दो वित्तीय साक्षरता र प्रविधि पहुँचले डिजिटल भुक्तानी प्रणाली (जस्तै ः खल्ती, ईसेवा) प्रयोग व्यापक भएको छ । यसले औपचारिक अर्थतन्त्र विस्तारमा सहयोग पु¥याएको छ । युवा नयाँ प्रविधि छिटो अपनाउँछन् । जसले डिजिटल अर्थतन्त्रको विकासलाई गति दिएको छ । यसले वित्तीय कारोबार पारदर्शी बनाउनुका साथै साना व्यवसायलाई पनि वित्तीय प्रणालीसँग जोड्न मद्दत गरेको छ ।
चुनौती र अवसर
राष्ट्रमा युवाको आर्थिक योगदानमा केही चुनौती पनि छन् । बेरोजगारीको उच्च दर, सीप र शिक्षाबिचको खाडल र उद्यमशीलताका लागि आवश्यक पुँजी र पूर्वाधार अभाव मुख्य समस्या हुन् । नेपाल श्रम शक्ति सर्वेक्षणको पछिल्लो तथ्यांकले युवामा बेरोजगारी दर अझै चुनौतीपूर्ण रहेको देखाउँछ ।
राजनीति वा अन्यमा संलग्नता
२०७९ सालको निर्वाचनमा युवा संख्या १३ हजार ८ सय ९३ अर्थात् ३९ दशमलव ६५ प्रतिशत थियो । प्रदेश तहमा २३ दशमलव ६३ प्रतिशत, प्रतिनिधिसभामा १३ दशमलव ९ प्रतिशत र राष्ट्रिय सभामा ६ दशमलव ७७ प्रतिशत रहेको थियो । यसरी राज्य सञ्चालनका तह र तप्कामा युवा उपस्थिति तथा कार्यक्रमले अझ थप बल तागत ऊर्जा र क्रियाशीलता अभिवृद्धि भएको छ । जसबाट युवा नीति निर्माणमा सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता वृद्धि भएको देखिन्छ । यसमा ६०–८० लाखसम्म नेपाली युवा १ सय ७२ देशमा कार्यरत छन् ।
असुरक्षित वैदेशिक श्रमका कारण हजारौं युवाले ज्यान गुमाएका छन्, जुन चिन्ताको विषय हो । सरकारले कुल बजेटको १० प्रतिशत युवा लक्षित कार्यक्रमका लागि छुट्याउने नीति लिएको छ । ‘युथ भिजन २०२५’अन्तर्गत स्थानीय सरकारमा युवा परिचालन बढाउने लक्ष्य राखिएको छ । अघिल्लो निर्वाचनमा ७ सय ५३ स्थानीय तहमा करिब ४० प्रतिशत उम्मेदवार २१ देखि ४० वर्षका युवा निर्वाचित भएका थिए । त्यसरी नै २०७८ सालको जनगणनाअनुसार कुल जनसंख्या झण्डै ३ करोड पुगेको छ । यसमा १६ देखि ४० वर्ष आयु समूहलाई युवावर्ग मान्दा करिब ४० प्रतिशत जनसंख्या युवा रहेको देखिन्छ । यसमध्ये १५ देखि २४ वर्ष उमेर समूह करिब २२ प्रतिशत, २५ देखि ४० वर्ष उमेर समूहका करिब १८ प्रतिशत र समग्र युवावर्ग १६ देखि ४० वर्ष उमेरका करिब १ करोड २० लाखभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ ।
यसले के देखाउँछ भने हाल जनसंख्ययात्मक लाभांशको अवसर छ । यो लाभांश करिब २० देखि २५ वर्षसम्म मात्रै रहन सक्छ । यदि यस अवधिमा युवालाई रोजगारी, सीप र अवसर दिन सकिएन भने यो अवसर अभिषापमा परिणत हुनसक्छ । यसर्थ, हरेक वर्ष लगभग ५ लाख नयाँ युवा श्रम बजारमा प्रवेश गर्छन् ।
भनिन्छ, युवा राजनीतिका आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत परिवर्तनका सम्भारका साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् । अतः राष्ट्रको आर्थिक समृद्धिमा युवावर्गको योगदान बहुआयामिक छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण, कृषिमा आधुनिकीकरण, उद्यमशीलता विकास र डिजिटल अर्थतन्त्र विस्तारमा युवा भूमिका निर्णायक छ । यदि नेपाल सरकारले युवा क्षमता र ऊर्जा सही ढंगले उपयोग गर्न सके, आवश्यक नीति र लगानीको वातावरण बनाउनसके देशले छोटो समयमै आर्थिक रूपान्तरण हासिल गर्न सक्छ । मूलतः मुलुकका युवावर्ग मात्र नेपालको समृद्धिको आधार मात्र नभएर, यो राष्ट्रको भविष्य पनि हो । जनसंख्यात्मक लाभांशको अवसर सदुपयोग गर्दै युवालाई सीप, रोजगारी, अवसर र वातावरण दिनसकेमा देश निकट भविष्यमा समृद्ध राष्ट्र बन्न सक्छ । वैदेशिक रोजगारीमा निर्भर रहनुभन्दा आफ्नै भूमिमा उत्पादन र नवप्रवर्तन गर्ने युवाको शक्ति नै नेपालको आर्थिक इञ्जिन हो ।
देश विकासको महŒवपूर्ण साझेदारका रूपमा युवालाई आवश्यक अवसर र प्रोत्साहन प्रदान गर्नु आजको आवश्यकता हो । मुलुकको आर्थिक समृद्धि यात्रामा युवावर्ग महत्वपूर्ण शक्ति पनि हो । उनीहरूको ऊर्जा, नवीनता, प्रविधि प्रवीणता र जोखिम लिने क्षमताले देशलाई गतिशील बनाउन सक्छ । जुन तथ्यांकले जनसांख्यिकीय लाभांक, उद्यमशीलताको बढ्दो प्रवृत्ति, डिजिटल क्षमता, प्रवासी आयको योगदान युवाको महŒवपूर्ण भूमिका प्रमाणित हुन्छ ।
(Visited 16 times, 1 visits today)
