आफूहरूको निर्णायक भूमिकामा माम्दानी न्युयोर्क सिटीको मेयरमा निर्वाचित भएको ड्रम बिट्सको भनाई



प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार

आफूहरूको निर्णायक भूमिकामा माम्दानी न्युयोर्क सिटीको मेयरमा निर्वाचित भएको ड्रम बिट्सको भनाई

मंगलबारको चुनावमा न्युयोर्कको ज्याक्सनहाइटमा माम्दानीको पक्षमा प्रचार गरिदै । फोटो: राजन काफ्ले

आफूहरूको निर्णायक भूमिकामा न्यूयोर्कमा डेमोक्र्याटिक संस्थापनमाथि जोहरन माम्दानीको ऐतिहासिक विजय भएको ड्रम बिट्सले वक्तव्यमार्फत जनाएको छ। न्यूयोर्कवासीहरूले नोभेम्बर ४ मा जोहरन माम्दानीलाई न्यूयोर्क सिटीको मेयर पदमा विजयी गराउँदै पुनः एक पटक इतिहास रचेको उल्लेख गर्दै ड्रम बिट्सको वक्तव्यमा भनिएको छ, “हामीले न्यूयोर्क सिटीका आप्रवासी श्रमिक वर्गका बस्तीहरूभित्र सबैभन्दा प्रभावित समुदायसम्म ‘सबैले धान्न सक्ने सहर’ बनाउने अभियानको वाचा पूरा गर्न एक वर्षभन्दा बढी समर्पित मेहनत गर्यौं। आज हामी त्यसले दिलाएको नतिजाको उत्सव मनाउँदैछौं।”

वक्तव्यमा भनिएको छ, “हामीले मागा (मेक अमेरिका ग्रेट अगेन) रिपब्लिकन र डेमोक्र्याट संस्थापनले बोकेका अरबपति–केन्द्रित एजेन्डा पराजित गरेका छौं। उनीहरूले जोहरन र श्रमजीवी वर्गकेन्द्रित सहरबारे हाम्रो दृष्टिकोणविरुद्ध महिनौँदेखि जातिवाद र इस्लामोफोबियाको बाढी ल्याई सहरमा विष वमन गरिरहेका थिए।”

ड्रम बिट्सले ड्रम (देसिज राइजिङ अप एन्ड मुभिङ) को भगिनी संगठनका रूपमा काम गरिरहेको जनाएको छ। ड्रम बिट्सले इन्डो–क्यारेबियन र दक्षिण एशियाली कामदार समुदायलाई संगठित गर्दै आन्दोलन निर्माण गर्ने ड्रमको विरासतलाई अघि बढाउँदै, सामूहिक आवश्यकता पूरा हुने गरी राजनीतिक प्रणाली रूपान्तरण गर्ने क्षमता र शक्ति निर्माण गर्नु नै आफ्नो उद्देश्य भएको उल्लेख गरेको छ।

आफूहरूको निर्णायक भूमिकामा माम्दानी न्युयोर्क सिटीको मेयरमा निर्वाचित भएको ड्रम बिट्सको भनाई

आफूहरूको निर्णायक भूमिकामा माम्दानी न्युयोर्क सिटीको मेयरमा निर्वाचित भएको ड्रम बिट्सको भनाई

वक्तव्यमा अगाडि भनिएको छ, “हामी क्याभ भ्वाइस र न्यूयोर्क कम्युनिटी फर चेन्जसँगै जोहरनको अभियानका पहिलो समर्थनकर्तामध्ये हौं। अभियानका प्रारम्भिक समर्थनकर्ताका रूपमा हाम्रा संगठनहरूले न्यूयोर्क सिटीका अर्बपतिहरूको पैसाले चलाइएका राजनीतिक अभियानले सम्बोधन गर्न नसकेका आप्रवासी र श्रमजीवी वर्गका मतदातासम्म पुग्यौं र उनीहरूसँग संवाद स्थापना गर्न सफल भयौं। जोहरनको अभियान चाइल्ड केयर महँगो भएकै कारण गुजारा चलाउन संघर्ष गर्नुपर्ने आमाहरूको भावना छुने मञ्च बन्यो।”

“अभियान हरेक दिन बसमा यात्रा गर्ने, भाडा तिर्ने वा युटिलिटी बिल तिर्ने भन्ने दुविधामा पर्ने कामदारहरूलाई प्रतिविम्बित गर्ने मञ्च बन्यो। हाम्रा सदस्य र संस्थाका नेता आप्रवासन, प्रहरी नियन्त्रण, आवास, श्रमिक अधिकार, जलवायु न्याय र युद्धविरोधी आन्दोलन जस्ता विषयमा वर्षौँदेखि संगठित रूपमा संघर्ष गर्दै आएका छन्। न्यूयोर्क सिटीमा श्रमजीवी वर्गको आधार निर्माण र उनीहरूको जीवनस्तर सुधार गर्न दशकौँसम्म सञ्चालन गरिएका हाम्रो अभियानहरूको अनुभव यो अभियानमा उपयोग गरेका छौं,” वक्तव्यमा उल्लेख छ।

आफूहरूको निर्णायक भूमिकामा माम्दानी न्युयोर्क सिटीको मेयरमा निर्वाचित भएको ड्रम बिट्सको भनाई
मंगलबारको चुनावमा न्युयोर्कको ज्याक्सनहाइटमा मतदान स्थल माम्दानीका पक्षमा प्रचार गर्ने क्रममा ड्रम बिट्सको टोलीको झोला । फोटो: राजन काफ्ले

गत वर्षको सेप्टेम्बरमा आफ्ना संगठनका नेताहरूले समर्थन प्रक्रिया अघि बढाएको र केही दिन चलेको उक्त प्रक्रियाको अन्त्यमा जोहरन माम्दानीलाई न्यूयोर्क सिटीको मेयरका रूपमा सर्वसम्मत समर्थन गर्ने निर्णय गरिएको ड्रम बिट्सले जनाएको छ। सन् २०२४ को अक्टोबरमा अभियान सुरु भएयता संगठनले १८ हजारभन्दा बढी घर ढकढक्याएको, ५० हजारभन्दा बढी फोन कल गरेको र पार्कचेस्टर, वेस्टचेस्टर स्क्वायर, केन्सिङ्टन, बोरो पार्क, मिडवुड, ज्याक्सन हाइट्स, वुडसाइड, एल्महर्स्ट, इष्ट एल्महर्स्ट, सन्नीसाइड, क्विन्स भिलेज, बेलरोज, जमैका, सिटीलाइन, ओजोन पार्क, साउथ ओजोन पार्क र रिचमन्ड हिललगायत क्षेत्रका करिब सात लाख न्यूयोर्कवासीसम्म पुगेको जानकारी दिएको छ।

वक्तव्यमा भनिएको छ, “हामीले अभियानसँग मिलेर पंजाबी, उर्दू, बंगाली, नेपाली, हिन्दी र क्रियोलिज भाषामा सञ्चालित जातीय र सामुदायिक मिडियामार्फत १४ लाखभन्दा बढी मानिसहरूसम्म सन्देश पुर्‍याएका छौं। आफ्नो जीवनको अधिकांश समय यी बस्तीमा बसोबास गरेका र संगठन निर्माणमा सक्रिय रहेका हाम्रा सदस्यहरूले जोहरनको ‘सबैले धान्न सक्ने र श्रमजीवी वर्गको सहर’ बनाउने सन्देश आफ्ना छिमेकीहरूसम्म पुर्‍याए।”

“हामी सडकमा, मस्जिद, मन्दिर, चर्च, जातीय तथा सामुदायिक संस्थासँग, स्थानीय उत्सवहरूमा र विशेषगरी इन्डो–क्यारेबियन तथा दक्षिण एशियाली समुदायका ती स्थानहरूमा पुगेका छौं, जुन स्थानहरूलाई मेयरका उम्मेदवारहरूले प्रायः कहिल्यै महत्वपूर्ण ठान्दैनन्। जोहरन ब्रङ्क्सको फोर्डह्याम रोड र क्विन्सको हिलसाइड एवेन्युअमा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका प्रारम्भिक दिनहरू हामी अझै सम्झिरहेकाछौं। सहरका ती क्षेत्रहरूमा बसोबास गर्ने श्रमजीवी वर्गका मानिसहरूको अनुभूति र वास्तविकताले नै यो अभियानको मुटु निर्माण गरेको हो,” ड्रम बिट्सले जनाएको छ।

आफूहरूको निर्णायक भूमिकामा माम्दानी न्युयोर्क सिटीको मेयरमा निर्वाचित भएको ड्रम बिट्सको भनाई
मंगलबार राती न्युयोर्कको क्वीन्समा रहेको ठमेल रेष्टुरेण्टमा ड्रम बिट्सले आयोजना गरेको वाच पार्टी । फोटो : राजन काफ्ले

“सर्वेक्षणले जोहरनको पक्षमा केवल १ प्रतिशत समर्थन देखाइरहेका बेला हामीले न्यूयोर्कको डेमोक्र्याटिक ‘मेसिन’ को कुटिल राजनीति र मागा दक्षिणपन्थको झुटा, जातिवादी वाचा–प्रपञ्चको विकल्पका रूपमा जोहरनको अभियान सिधै जनतासम्म पुर्‍यायौं,” वक्तव्यमा भनिएको छ। “दुवै दल (डेमोक्र्याटिक र रिपब्लिकन) ले कामदार जनताको जीवनस्तरमा वास्तविक सुधार ल्याउन केही गरेका छैनन्, बरु जीवनको गुणस्तर अझ बिगार्ने कार्य धेरै गरेका छन्। हामीले यो अभियानलाई सबैले मर्यादापूर्वक बाँच्न र प्रगति गर्न सक्ने सहरसम्बन्धी हाम्रो वृहत्तर दृष्टिकोणको एक अंशका रूपमा प्रस्तुत गर्‍यौं। जोहरन निर्वाचित भएपछि अभियानका प्रतिबद्धता पूरा गर्न सुनिश्चितता गर्न हामीले सधैंझैं जनताको आवाज सुनेका छौं र संगठित बन्ने हाम्रो योजना बताएका छौं।”

वक्तव्यमा थप भनिएको छ, “स्थापित शक्तिका लागि मत दिलाउने परम्परागत सामुदायिक नेताहरूले अब जोहरनको आन्दोलनबाट उर्जा पाएका समुदायका आम मानिसहरू सामु उत्तर दिनुपर्नेछ। हामी कामदार वर्गको तल्लो तह हौं, जसको जीवन यो अभियानले गहिरो रूपान्तरण गर्नेछ। हामी ट्याक्सी चालक, डेलिभरी कामदार, घरेलु कामदार, निर्माण मजदुर, रेस्टुरेन्ट श्रमिक, सडक ब्यापारी, हाइस्कूल विद्यार्थी, शिक्षक सहयोगी र सहर चलाउने अनगिन्ती श्रमिक हौं।”

“जबजब संकट आयो, तबतब हाम्रै श्रमले यो सहरलाई जोगायो। तर त्यही बेला हामीमाथि अत्यधिक प्रहरीकरण भयो र तल्लो स्तरको जीवन बाँच्न बाध्य भयौं। हामी पारम्परिक राजनीतिले बेवास्ता गरेका कामदार जनताको संगठन हौं, जसले न्यूयोर्क सिटीमा वाम धार उभ्याउन वर्षौँदेखि मेहनत गरेको छ। हामी जोहरनको अभियानको हृदयलाई दिशा दिने आधारशक्ति हौं। कामदार वर्गका आप्रवासी बस्तीहरूबाट जोहरनलाई मत दिलाएर जिताउने पनि हामी नै हौं, र लोकतन्त्रलाई अझ फराकिलो बनाउँदै सामूहिक रूपमा शासन गर्ने यी अभियानका वाचा पूरा गर्न जोहरनलाई जिम्मेवार बनाइरहने पनि हामी नै हुनेछौं” वक्तव्यमा  भनिएको छ ।





Source link

Leave a Comment