आप्रवासीविरुद्ध ट्रम्प प्रशासन कठोर हुँदा अमेरिकामा जनशक्ति अभावको जोखिम बढ्ने खतरा



प्रकाशित मिति : असार १२, २०८२ बिहीबार

फोटो : मार्क शिफेलबीन/एपी/रासस

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीविरुद्धको अभियानले अमेरिकी व्यवसायमा जनशक्ति अभावको जोखिम बढाउने देखिएको छ ।

मेरील्याण्डस्थित १ हजार २०० जना कर्मचारी रहेको सफाइ कम्पनी ‘टोटल क्वालिटी’ का प्रमुख कार्यकारी अधिकृत भिक्टर मोरानले नयाँ कर्मचारी नियुक्त गर्नुअघि उनीहरू अमेरिका भित्र कानुनी रूपमा काम गर्न योग्य छन् कि छैनन् भन्ने कुरा सावधानीपूर्वक जाँच गर्नुपर्ने अवस्था आएको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीविरुद्धको कडाइले उनका कामदारहरूमा पनि असर पार्न थालेको छ ।

आप्रवासीविरुद्ध ट्रम्प प्रशासन कठोर हुँदा अमेरिकामा जनशक्ति अभावको जोखिम बढ्ने खतरा

आप्रवासीविरुद्ध ट्रम्प प्रशासन कठोर हुँदा अमेरिकामा जनशक्ति अभावको जोखिम बढ्ने खतरा

ट्रम्प प्रशासनले भेनेजुएला र निकारागुवाका आप्रवासीहरूको अस्थायी सुरक्षा टीपीएस हटाउने निर्णय गरेपछि करिब १५ जना कामदारले कम्पनी छाडिसकेका छन्।

यदि ट्रम्प प्रशासनले यस किसिमका कार्यक्रमहरू थप सीमित गर्ने हो भने, सयौं अन्य कामदार गुम्न सक्ने खतरा देखेको उनले बताएका छन । ती सबै वैधानिक काम अनुमति पत्रमा भर पर्छन् । जसको विकल्प पाउन गाह्रो हुने उनको भनाइ छ ।

अमेरिका भरिका अन्य व्यवसायहरूमा पनि यस्तै चिन्ता सुनिन थालेका छन् । किनभने ट्रम्पको आप्रवासी निष्कासन अभियान तीव्र बन्दै जाँदा जनशक्ति आपूर्ति घट्ने डर बढेको छ।

https://www.youtube.com/watch?v=videoseries

सन् २०२३ मा अमेरिकी श्रम बजारमा करिब पाँच जनामा एक जना आप्रवासी थिए । जुन तथ्यांक पछिल्लो दशकको सबैभन्दा उच्च दर हो । सन् १९९४ मा यो दर १० प्रतिशत भन्दा पनि कम थियो।

ट्रम्पले आफ्नो अभियानका क्रममा गैरकानुनी रूपमा बसोबास गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सामूहिक निष्कासनको प्रतिबद्धता जनाएका थिए । अनुमानित रूपमा अमेरिकी श्रम बजारमा करिब ४ प्रतिशत कामदार अवैध आप्रवासी छन् ।

आप्रवासीविरुद्ध ट्रम्प प्रशासन कठोर हुँदा अमेरिकामा जनशक्ति अभावको जोखिम बढ्ने खतरा

उनको प्रशासनले बाइडेनको पालामा रोकिन पुगेको कार्यस्थलमा छापा मार्ने रणनीति फेरि सुरु गरेको छ।

तर यसबाहेक, ट्रम्प प्रशासनले विद्यार्थी भिसामा आएका, शरणार्थी स्वीकृत भएका, र अघिल्ला राष्ट्रपतिहरूबाट प्राप्त अस्थायी कार्य अनुमति पाएका मानिसहरूलाई समेत लक्षित गर्दै कदम चालेको छ।

यी कदमहरूले लाखौं मानिसको जीवनमा अवरोध ल्याउने खतरा बढाएको छ । तीमध्ये धेरै जना वर्षौंदेखि अमेरिका बसोबास गर्दै आएका छन् ।

एल साल्भाडोरबाट आएका ७३ वर्षीय जस्टिनो गोमेज तीन दशकदेखि अमेरिका बसोबास गरिरहेका छन् । उनी (टीपीएस) कार्यक्रम अन्तर्गत काम गर्न पाउने वैधानिक स्थिति प्राप्त गरेका छन्।

पहिले रेष्टुरेन्टमा डिशवाशर र लाइन कुकको रूपमा काम गरेका गोमेज अहिले सफाइ कर्मचारीको रूपमा काम गर्छन् । एल साल्भाडोरमा रहेकी आफ्नी छोरीलाई शिक्षक बन्न पढाउन सहयोग गरेका छन्।

तर ट्रम्पले पहिले नै हैटी र भेनेजुएलाका (टीपीएस) धारकहरूको अनुमति हटाउने कदम चालेका छन् । गोमेजलाई डर छ कि एल साल्भाडोर पनि चाँडै निशानामा पर्न सक्छ ।

टीपीएस कार्यक्रमविरुद्धको ट्रम्पको निर्णयविरुद्ध श्रमिक संघले अदालतमा मुद्दा दायर गरिसकेको छ । तर विश्लेषकहरूका अनुसार, ट्रम्पको नीतिले मानिसहरूलाई लुक्न बाध्य पारेर आप्रवासनको दर घटाउँदा अर्थतन्त्रमा तत्काल असर पर्नेछ ।

टेक्सासस्थित केयरगिभर कम्पनीका प्रमुख कार्यकारी अधिकृत एडम ल्याम्पर्टका अनुसार उनका ३५० कर्मचारीमध्ये करिब ८० प्रतिशत आप्रवासी पृष्ठभूमिबाट आएका छन्।





Source link

Leave a Comment