आप्रवासन अधिकारीको सहभागिता हुने भएपछि अमेरिकी पोमोना विश्वविद्यालयमा रोजगार मेला स्थगित



प्रकाशित मिति : भाद्र ११, २०८२ बिहीबार


अमेरिकाको कल पोलि पोमोना विश्वविद्यालयले यस वर्षको अन्त्यमा हुने वार्षिक रोजगार मेला अर्थात् जब फेयर स्थगित गरेको छ। यो क्यालिफोर्निया राज्यको पोमोना शहरमा अवस्थित एक प्रमुख सार्वजनिक विश्वविद्यालय हो।

विद्यार्थी, पूर्व विद्यार्थी र समुदायका सदस्यहरूले कस्टम्स एन्ड बर्डर प्रोटेक्शन (सीबीपी) लाई प्रत्यक्ष रूपमा मेलामा सहभागी गराएकोमा तीव्र आलोचना गरेपछि विश्वविद्यालय प्रशासनले रोजगार मेला रोक्ने निर्णय लिएको हो।

विश्वविद्यालयका कार्यवाहक अध्यक्ष आइरिस एस लेभिनले जानकारी दिएअनुसार विश्वविद्यालयका करिब २८ हजार विद्यार्थीमध्ये अधिकांश लाटिनो छन्।

आप्रवासन अधिकारीको सहभागिता हुने भएपछि अमेरिकी पोमोना विश्वविद्यालयमा रोजगार मेला स्थगित

आप्रवासन अधिकारीको सहभागिता हुने भएपछि अमेरिकी पोमोना विश्वविद्यालयमा रोजगार मेला स्थगित

करियर सेन्टरकी निर्देशक ट्रेसी पासेजीले एक हप्तामै करिब २००–२५० इमेल प्राप्त भएको बताइन्। ती इमेलमार्फत धेरैले रोजगार मेलामा आप्रवासन कानुन लागू गर्ने निकायहरूको उपस्थितिको विरोध गरेका थिए।

इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइस) पनि मेलामा सहभागी हुने भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको विश्वविद्यालय प्रशासनले बताएको छ।

वास्तवमा सीबीपी मात्रै सेप्टेम्बर १८–१९ मा हुने मेलामा सहभागी हुने योजनामा थियो। सीबीपी सन् २०१७ यता विश्वविद्यालयका प्रायः सबै रोजगार मेलामा नियमित सहभागी हुँदै आएको छ।

क्याम्पसका प्राध्यापक संघका वरिष्ठ प्रतिनिधि बिली ग्यालाघरले आप्रवासन कानुन लागू गर्ने निकायहरूप्रति विद्यार्थी र शिक्षकको सतर्कता हुनु स्वाभाविक भएको बताए। विशेषगरी लस एन्जलस क्षेत्रमा जातीय आधारमा पटक-पटक गिरफ्तारी गरेको भन्दै ती एजेन्सीलाई अदालतले दोषी ठहर गर्दै आएको छ।

करियर सेन्टरले नयाँ मिति तोकेको छैन। पासेजीले आफ्नो टोलीले मेलालाई नयाँ ढाँचामा आयोजना गर्ने योजना बनाइरहेको जनाइन्। यो वार्षिक मेलामा साधारणतया १,५०० भन्दा बढी विद्यार्थी सहभागी हुने गर्छन्।

आप्रवासन अधिकारीको सहभागिता हुने भएपछि अमेरिकी पोमोना विश्वविद्यालयमा रोजगार मेला स्थगित

राजनीतिशास्त्र विभागका प्रमुख मारियो गुएरेरोले अध्यक्ष लेभिनले विद्यार्थी र समुदायको आवाज सुनेर छिटो प्रतिक्रिया दिनु नेतृत्वको उदाहरण भएको बताए।

क्यालिफोर्निया स्टेट युनिभर्सिटीअन्तर्गतका क्याम्पसहरूले संघीय आप्रवासन अधिकारीलाई पूर्ण रूपमा प्रवेश गर्नबाट रोक्न सक्दैनन्।

तर कक्षा, छात्रावास वा अन्य बन्द क्षेत्रमा भने वैधानिक वारेन्ट वा आपत्कालीन अवस्थाबिना उनीहरू प्रवेश गर्न नपाउने प्रावधान रहेको छ।





Source link

Leave a Comment