प्रिय छोरी ! प्रजातन्त्र पुनःस्थापना भएपश्चात् यस धर्तीमा आएकी तिमीले नेपाली समाजको यथार्थ वस्तुस्थिति हजूरआमाबाट सुनेकी छौ । आमाबाट केही थाहा पाएकी छौ । विद्यालय, महाविद्यालय र विश्वविद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तकमा केही पढेकी छौ । गुरुजन तथा अग्रजबाट पनि थाहा पाएकी हुनुपर्छ । अहिलेको बदलि“दो समाज र सामाजिक सञ्जालको युगमा रमाइरहेकी तिमीले आधुनिकताको नाममा समाजका कतिपय मूल्य, मान्यता, संस्कृति र संस्कारप्रति नाक खुम्च्याउने गरेको हुनसक्छ । तर, छोरी हेक्का राख्नुपर्ने कुरा के छ भने पुराना सबै कुरा नराम्रा हुँदैनन् र आधुनिक समाजस“ग विकास भएका सबै अभ्यास पनि असल छैनन् ।
छोरी, अहिले आधुनिकताका नाममा हाम्रो सामाजिक जीवन भड्किलो बन्दै गइरहेको छ । समाजमा नैतिकता ओरालोलाग्दो छ । व्यक्तिवादी चरित्रको हावी हुँदा कतिपय सम्बन्ध बिग्रिएका छन् । समग्रमा सामाजिक वातावरण प्रेरणादायी छैन । हाम्रो समाजमा पढेलेखेकाको संख्यामा बढोत्तरी भएको छ । हुुँदै पनि छ । तर, पारिवारिक असमझदारी, बेमेल, सम्बन्धविच्चछेदजस्ता घटना बढिरहेको अवस्था छ । विश्वप्रसिद्घ वैज्ञानिक हेलेन केलरले ‘शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो’ भनेकी छन् । सहनशीलताले व्यक्ति र समाजलाई एक आपसमा मिल्न, सामाजिक सद्भाव बढाउन र सहिष्णुमैत्री व्यवहार अभ्यासमा लागू गर्नुका साथै उदार व्यक्तित्व निर्माणमा सहयोग गर्नुपर्ने हो । तर, त्यसो भएको देखि“दैन ।
समाजमा एउटा सुसंस्कृत मगजले पचाउन नसक्ने प्रकारका घटना बढिरहेका छन् । पारिवारिक नातागोताबीचसमेत हत्या र हिंसाका घटना घटिरहेको कुरा समाचार आइरहेका छन् । केही दिनअघि सुत्केरी अवस्थामा रहेकी भाउजूलाई केही परिमाणको सुन प्राप्तिका लागि देवरले हत्या गरेको समाचार आयो । श्रीमान्ले श्रीमती र श्रमतीले श्रीमान्लाई हत्या गर्ने, हिंसा गर्ने, धोखा दिनेजस्ता घटना सामाजिक सञ्जालका समाचार बन्छन् । यी र यस्ता घटनाले मन अशान्त हुन्छ । हाम्रो समाज कता गइरहेको छ ? आधुनिक समाज निर्माणस“गै किन घर, परिवार र समाजमा असमझदारी बढ्दै गयो ? किन समाजमा सहनशीलता र सहिष्णुताजस्ता गुण कमजोर हुँदै गए ? यस कोणबाट समाजको विश्लेषण गर्दा मानिस शिक्षित मात्र भएर नहुँदो रहेछ । मानिसमा राम्रा गुण चाहि“दोरहेछ । हरेक व्यक्तिमा सकारात्मक सोच, असल आचरण, सांस्कारिक व्यवहार आवश्यक पर्दोरहेछ ।
छोरी † फलेको वृक्षको हाँगो निहुरिएको हुन्छ । जसले असल संस्कार आर्जन गरेको हुन्छ । त्यो व्यक्ति आडम्बरी हुँदैन । सरल जीवन उच्च विचार शिरोधार गरेको हुन्छ । अहिले तिमीजस्ता धेरै छोरीले विश्वविद्यालयसम्मको अध्ययन गरेका छन् । पढेलेखेका छन् । जानेबुझेका छन् । नेपोलियनले ‘मलाई शिक्षित आमा देऊ, म तिमीलाई असल नागरिक दिन्छु’ भनेका छन् । यसको अर्थ शिक्षाले असल नागरिक उत्पादन गर्छ भन्ने हो । नारीका अनेक रूप हुन्छन् । छोरी, श्रीमती, बुहारी, आमा आदि–इत्यादी । हरेक भूमिकामा सुझबुझसाथ व्यवहार गर्नेछौ ।
असल चरित्र मानिसको ठूलो गहना हो । नैतिक बल हो । नैतिक शब्दको अर्थ सुविचारशील स्वभाव, सद्विचार, सद्भाव, गुणप्रतिको कृतज्ञता वा सदाचारको नियम भन्ने बुभ्mनुपर्छ । असल चरित्रले मानिसलाई महान बनाउँछ, छोरी । तिमीले म्याडम क्युरीजस्ता वैज्ञानिक, फ्लोरेन्स नाइटिंगेल, मदर टेरेसाजस्ता समाज सुधारक र लक्ष्मीवाईजस्ता स्वतन्त्रता सेनानी नारीको जीवनी अध्ययन गरेकी छौ । यो पनि सत्य हो कि तिमी पश्चिमा देशका विश्व चर्चित नायकनायिका तथा गायकगायिकास“ग पनि त्यत्तिकै रमाएकी छौ । अंग्रेजी गीतमा उफ्रीउफ्री नाचेको पनि देखेको मैले । मेरो गुनासो तिमी किन अंग्रेजी गीत गाउँछौ ? र, अंग्रेजी गीतमै पश्चिमा शैलीको नृत्यमा रमाउछौ भन्ने होइन । ज्ञान आर्जन र मनोरञ्जन युनभिर्सल हुन्छ । तर, छोरी † तिमीले वैदिक सभ्यता र सांस्कृतिक आचरण भने भुल्नेछैनौ भन्ने हो ।
पारिवारिक नातागोताबीच समेत हत्या र हिंसाका घटना घटिरहेको कुरा समाचारमा आइरहेका छन् । केही दिनअघि सुत्केरी अवस्थामा रहेकी भाउजूलाई केही परिमाणको सुन प्राप्तिका लागि देवरले हत्या गरेको समाचार आयो । श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्लाई हत्या गर्ने, हिंसा गर्ने, धोखा दिनेजस्ता घटना सामाजिक सञ्जालका समाचार बन्छन्
प्रिय छोरी † शिक्षित हुनको अर्थ पाश्चात्य संस्कृति अनुसरण गर्नुपर्छ भन्ने होइन । रुशोका अनुसार पनि शिक्षा आचरण निर्माणको माध्यम हो । ‘अनुशासनबिनाको शिक्षा सुगन्ध नभएको पूmल’जस्तो हुन्छ । असल बन्नका लागि आदर्श, इमानदारिता, नैतिकता, परोपकारजस्ता मानवीय गुणमा अनुसरण गर्नुपर्छ । मानिसको सबैभन्दा महŒवपूर्ण गहना असल आचरण हो । असल आचरण सांस्कारिक क्रियाकलापसँग गाँसिएको हुन्छ । सांस्कारिक हुनुको अर्थ सुविचारशील स्वभाव, सद्विचार, सद्भाव वा सदाचारजस्ता गुण व्यवहारमा प्रकट हुनु हो । तिमीलाई थाहा छ, विद्यालयदेखि विश्वविद्यालयसम्मको पढेको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइमा व्यावहारिक तथा नैतिक शिक्षा कमी छ । सांस्कारिक शिक्षा अभाव छ । शिक्षित हुनु र चरित्रवान् हुनु एउटै होइन । फरक पक्ष हुन् ।
सांस्कारिक व्यवहारले, ठूलालाई इज्जत, सानोलाई माया, सबैप्रति सहिष्णु व्यवहार, लोककल्याणकारी अभ्यास अपेक्षा गर्छ । तिमी र तिमीजस्ता डिजिटल युगमा जन्मे, हुर्केका र पढेलेखेका आधुनिक भन्न मनपराउने पुस्ता सांस्कारिक हुन आवश्यक छ । मानव मूल्यको ज्ञानबिनाको जीवन एक्लो हुन्छ । निरस हुन्छ । इज्जत कमाउन खोज्नेले अरूलाई पनि इज्जत दिन सक्नुपर्छ । होइन र ?
छोरी † देशको अवस्था शैक्षिक गुणस्तरबाट सन्तोष नभएकी तिमीले ‘प्लस टु’ पछाडि विदेश जान खोजेकी थियौ । तिम्रा धेरै सहपाठी ‘विद्यार्थी भिसा’मा बिदेसिए । ‘मेहनत गरियो भने स्वदेशमै जीवन सफल बनाउन सकिन्छ’ भन्ने बुबाको उपदेशलाई शिरोधार्य गरेकी तिमीले अरूलाई पनि परदेशमा नजान सल्लाह दिने गरेकी छौ । खुसी लाग्छ । अहिले हाम्रो देशबाट व्यापक रूपमा बौद्विक पलायन भएको अवस्था छ । पुतली बत्तीमा होमिएझैं पढेलेखेकाहरू विदेशतिर लर्को लागेर गएका छन् । लाखौंको संख्यामा शिक्षित जनशक्ति विदेश पलायन भएको आजको अवस्थामा पनि तिमीले मातृभूमिको सेवा गर्ने अठोट लिएकामा कृतज्ञ छ । तिमीजस्ता पढेलेखेको पुस्तालाई स्वदेशमै भाग्य र भविष्य निर्माण गर्न सकिने सल्लाह दोहो-याउन चाहन्छु ।
छोरी † वर्तमान युवापुस्ता ‘डिजिटल नेटिभ्स्’का रूपमा परिचित छ । डिजिटल ज्ञान तथा सीप समयको माग हो, चाहिन्छ पनि । तथापि, जीवनको सम्पूर्णता डिजिटल ज्ञान मात्र होइन । मानिसको जीवन आध्यात्मिक, सांस्कृतिक, नैतिक, बौद्घिक, सामाजिक, भाषिक, सौन्दर्यात्मक तथा मानवीय गुणले सुसज्जित हुनुपर्छ । हरेक सभ्य मानिसका लागि आफ्नो देश, धर्म, संस्कृति, रहनसहन, वेशभूषाप्रतिको माया र अरू भिन्न धार्मिक, सांस्कृतिक सम्प्रदायका मूल्य र मान्यताप्रति सहानुभूतिको भावना परिपक्व हुन आवश्यक हुन्छ । उल्लिखित ज्ञानसहितको आधुनिक जीवनशैली अबको नवपुस्ताको आवश्यकता हो । यस आवश्यकताको सहयोगीका रूपमा तिम्रो पुस्ताले भूमिका खेल्नुपर्छ ।
छोरी † शिक्षाशास्त्री ओटावेले ‘मानिस जन्मँदा असामाजिक हुन्छ र उसलाई सामाजिकीकरण गर्नका लागि घर, परिवार समुदाय, विद्यालयलगायत निकायको भूमिका हुन्छ’ भनेझैं डिजिटल सुविधामा रमाएकी तिमीले माथि उल्लिखित निकायबाट सामाजिकीकरण हुनका लागि के कति ज्ञान आर्जन गर्न सक्यौ ? एकपटक घोत्लिएर हेर त † आपूmलाई कहाँ पाउँछ्यौ ? सिकाइको अन्त्य हु“दैन छोरी । तिमीले विश्वविद्यालयबाट प्राप्त गरेको प्रमाणपत्रको एउटा मूल्य त छ नै, त्यसभन्दा बढी मूल्यवान् कुरा व्यवहार हो । आचरण हो । पारिवारिक र सामाजिक सम्बन्ध हो । समग्रमा जीवन जिउने कला हो । यो कलाको व्यावहारिक पक्षलाई गला र आचरणले प्रदर्शन गर्ने नै छ्यौ ।
छोरी † जीवन सोचेजस्तो सहज र चाहेजस्तो सम्पन्न हुँदैन । कालीगण्डकीको ढुंगा पनि धेरैपटक खोलाको तटमा ठोकिएर, घोटिएर र पछारिएर मात्र शिला बन्छ । शिला बनेपछि मात्र मानिसले भगवान्का रूपमा पूजा गर्छन् । हाम्रो जीवनमा पनि धेरै आरोह–अवरोह, दुःखपीडा तथा असजिला क्षण आउनसक्छन् । मानिसले सफलतामा मात्तिने र दुःखमा आत्तिने गर्नुहुँदैन । धैर्यता र सहनशीलता सफलताका उत्तम मार्ग हुन् । धैर्यताको बाँध फुट्यो भने जीवनरूपी बाढीले हामीलाई बगाउनसक्छ । आगोरूपी रिसले जलाउनसक्छ । पख † अझै एउटा उपदेश त लेख्न नै बिर्सेछु, ‘रात रहे अग्राख पलाउँछ’ भन्छन् । आवेगमा कुनै निर्णय नलिनू ।
प्रिय छोरी † अमेरिकी शिक्षाविद् जोन डिवेले ‘शिक्षा जीवनको तयारी मात्र होइन, जीवन हो’ भनेका छन् । यस अर्थमा शिक्षाबिना जीवन अपूरो र अधुरो रहने स्पष्ट हुन्छ । शिक्षित हुनुको अर्थ सांस्कारिक, विनयशील, शिष्ट, सभ्य, कर्तव्यनिष्ठ तथा सरल हुनु हो । शिक्षित हुनुको अर्थ युगीन सभ्यता र संस्कार बिर्सनु होइन । बरु, शिक्षितले समाजका असजिला सामाजिक अभ्यास र अन्धविश्वास संशोधन, परिमार्जन तथा परिवर्तन गर्दै जानुपर्छ । तिमीले पनि यसै गर्नेछौ । सांस्कारिक तथा कर्तव्यनिष्ठ बन्नेछौ ।
[email protected]
(Visited 5 times, 1 visits today)
