नेपालको इतिहास अनेकौं वीर वीरंगनाको गाथाले रंगिएको छ । यसमध्ये अनेकौं वीर सपूतले राष्ट्रका लागि आफ्नो पौरख प्रदर्शित गरे । कतिले देश र देशवासीकै हितमा पौरख प्रदर्शित गर्ने क्रममै मृत्युवरण गर्नु पनि पछि परेनन् । केहीले हाम्र्रा मातृभूमिलाई विश्वमै परिचित गराए । कसैले वीर गोरखालीकै उपनामले विश्व समुदायसामु नेपालीलाई चिनाए । यसरी विविध क्षेत्रबाट राष्ट्रको गरिमा र मर्यादा बढाउने वीर वीरंगनामा राजा जनक, आदर्श नारी सीता, गौतम बुद्ध, अंशु बर्मा, अरनिको, राम शाह, पृथ्वीनारायण शाह, वीर बलभद्र कुँवर, भीमसेन थापा, अमरसिंह थापा, भानुभक्त आचार्य, राजा त्रिभुवन र मोतिराम भट्ट थिए । यसैगरी यही सूचीमा पर्ने अन्य व्यक्तिहरूमा शंखधर शाख्वा, महागुरु फाल्गुनन्द, पासाङल्हामु शेर्पा, वीर भक्ति थापा र जयपृथ्वीबहादुर सिंह पर्छन् । यी सबैको योगदानलाई राज्यले कदर गरी उनीहरूलाई राष्ट्रिय विभूति घोषित गरेको विदितै छ ।
उल्लिखित वीर वीरंगनामध्ये केहीले राष्ट्रप्रमुखकै भूकिामा, केहीले राष्ट्रकै जिम्मेवार पदाधिकारीको हैसियतमा, केहीले नितान्त आफ्नै सीप, कौशल र क्षमताका आधारमा त केहीले विविध क्षेत्रबाट राष्ट्रको गरिमा र मर्यादा बढाउन पु¥याएको विशेष योगदानका आधारमा इतिहासमा चर्चा पाएका हुन् । त्यस्ता प्रभावशाली व्यक्ति भौतिक रूपमा यस धरतीबाट विलिन भए पनि योगदानका कारण इतिहासमा सधैं अमर छन् । राज्यको इज्जत र प्रतिष्ठा बढाउने कार्यमा, राष्ट्रको अस्तित्व रक्षा गर्ने क्रममा तथा देश र देशवासीको रक्षा गर्ने क्रममा उल्लेख्य योगदान पु¥याउने कतिपय राष्ट्रभक्त सपूतहरू अझै पनि इतिहासमा लुकेका छन् । त्यस्ता ऐतिहासिक वीर सपूतलाई खोज अनुसन्धान गरी सार्वजनिक गराउनुपर्छ । उनीहरूले मुलुक र मुलुकवासीको हितमा गरेको, गरिमामय कार्यलाई राज्यले कदर गर्दै जानुपर्छ भन्ने स्तम्भकारको मान्यता छ । यो समस्त राष्ट्रवासीकै सदीक्षा हो ।
यसक्रममा ऐतिहासिक योगदानले पुष्टि गरेको तर सार्वजनिक चर्चा र बहसमा कमै मात्र आउने गरेको राष्ट्रभक्त सपूत जनसेनापति रामचन्द्र प्रसाईलाई सर्वप्रथम १२ मंसिर २०७५ मा यस स्तम्भकारले सार्वजनिक गरेको थियो । रामचन्द्र लुकाइएका राष्ट्रिय व्यक्तित्व हुन् । उनले राष्ट्र रक्षार्थ पु¥याएको योगदान सबै राष्ट्रभक्त नेपालीको प्रेरणाको स्रोत हो भन्ने छ । केबल सामान्य तर आदर्श नागरिककै हैसियतका रामचन्द्रले नेपालको अस्तित्व रक्षा गर्न सिन्धुलीगढी युद्धमा पु-याएको राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक योगदान कस्तो थियो ? भन्ने’boutमा समस्त पाठक महानुभावहरूमा अवगत गराउनु स्तम्भकारको कर्तव्य हो ।
रामचन्द्र सिन्धुली जिल्लाको झाँगाझोली चैनपुर निवासी नन्दमुनिका नाति श्रीकृष्णका छोरा थिए । उनको जन्म १७७३ वैशाखको पूर्णिमामा भएको थियो । हजुरबुबा नन्दमुनिले कीर्तिपुरका राजा जगतजय मल्लसँग रामेछापको पोकरवासस्थित बिर्ता १७८६ सालमा १ हजार २ सय ६० रुपैयाँमा खरिद गरेर बसोबास गर्न थालेपछि हजुुरबुबा नन्दमुनि र बुबा श्रीकृष्णका साथ १३ वर्षका रामचन्द्र पनि पोकरवासकै बासिन्दा भए । हजुरबुबाको स्वर्गारोहणपछि बुबा श्रीकृष्णले पोकरवास आसपास र मुगिटार क्षेत्रकै जग्गा खरिद गरेपछि रामचन्द्रको परिवार पोकरवासबाट मुगिटारमा स्थानान्तरित भयो । रामचन्द्र रामेछाप जिल्लाकै सुपरिचित समाजसेवीमा गनिन्थे । उनको समाजसेवाको प्रसिद्धि रामेछापदेखि कान्तिपुर दरबारसम्म मात्र होइन, गोरखा दरबारसम्म फैलिएको थियो । विपन्न र असहाय व्यक्ति रामचन्द्र आश्रयमा रहन्थे ।
एक आदर्श राष्ट्रभक्त नागरिक रामचन्द्रको राज्यको कुनै पदीय दायित्व थिएन । रामचन्द्रले प्रारम्भिक शिक्षा काठमाडौंस्थित गुरुकुलबाटै आर्जन गरेका थिए । रामेछापको मुगिटार क्षेत्र त्यसबेला कान्तिपुर राज्यभित्रै पथ्र्यो । हजुरबुबा नन्दमुनिकै पालादेखि रामचन्द्र कान्तिपुर दरबारसँग परिचित थिए । गुरुकुल शिक्षा आर्जन गर्दा मल्ल राजाहरूकै सन्ततिहरूसँग उनको हेलमेल बढ्दै गएको थियो । राजा जयप्रकाश मल्लले रामेछाप क्षेत्रको सुरक्षाको जिम्मेवारी दिएरै रामचन्द्रलाई ढाल र तरबार पनि पठाएका थिए ।
राज्यको इज्जत र प्रतिष्ठा बढाउने, राष्ट्रको अस्तित्व रक्षा गर्ने राष्ट्रभक्त सपूतहरू अझै पनि इतिहासमा लुकेका छन्
जयप्रकाश मल्लको सहयोगीको भूमिका अपनाउँदै आएका रामचन्द्र अंग्रेजको विस्तारवादी नीतिको कट्टरविरोधी थिए । यता, नेपाल क्षेत्रमा पृथ्वीनारायण शाहको एकीकरण अभियान १८१९ सालदेखि अझ अशक्त हुँदै थियो भने उता अंग्रेज शासकहरूले तिब्बतमा समेत प्रभुत्व स्थापित गरिसकेका थिए । यी दुवै शासकसँग जयप्रकाश मल्लले सचेत रहनुपर्ने सल्लाह रामचन्द्रले दिँदै आएका थिए । एकीकरणका क्रममा पृथ्वीनारायण शाहले तेस्रोपटकको आक्रमण १८२२ सालमा कीर्तिपुर राज्य कब्जा गरेपछि जयप्रकाश मल्ल आत्तिए । लगतै गोरखालीले कान्तिपुरमा आक्रमण गर्दै छन् भन्ने सुराक पाइसकेपछि कान्तिपुर राज्य जोगाउन जयप्रकाश मल्लले अंग्रेज सेनाको सहयोग लिने निर्णय गरेर बेतियास्थित अंग्रेज अधिकारी मिस्टर गोल्डिङलाई सहयोगको अपेक्षा गरी पत्र पठाएका थिए । सो कुरा थाहा पाएपछि अब नेपाल अंग्रेजको कब्जामा पर्छ भन्ने चिन्ता रामचन्द्रले गरेका थिए ।
जयप्रकाश मल्ललाई सहयोग गर्ने निहुँमा अंग्रेज फौज उपत्यका भित्रिए नेपाल कब्जा गर्छ, हामी नेपाली हुन पाउँदैनौं । यसर्थ, जयप्रकाशकै सहयोगी भएर राज्य गुमाउनुभन्दा पृथ्वीनारायण शाहलाई नै सहयोग गरेर राज्य जोगाउनु उत्तम हो भन्ने निर्णयमा रामचन्द्र पुगे । किनकि, कान्तिपुरले जिते पति नेपाल रहन्छ, गोरखाले जिते पनि नेपाल रहन्छ भन्ने दृष्टिकोण रामचन्द्रको थियो । तर, फिरंगी भित्रिए हाम्रो मुलुक गुम्छ भन्ने दूरगामी सोच रामचन्द्रमा थियो । यही कुरा जानकारी गराउँदै रामचन्द्रले पृथ्वीनारायण शाहलाई ‘सहयोगको बहानामा उपत्यका कब्जा गर्न अंग्रेज आउँदै छ, त्यसलाई सिन्धुली भञ्ज्याङबाटै लखेटी नेपाल जोगाउनुपर्छ, त्यसका लागि मैले के गर्नुपर्छ ? सहयोग गर्न तयार छु,’ भन्ने व्यहोराको पत्र लेखी पृथ्वीनारायण शाहले पाउनेगरी कीर्तिपुर मुकाममा रातारात गरी पठाएका थिए ।
रामचन्द्रको पत्र पाउनासाथ पृथ्वीनारायण शाहले सिन्धुली भञ्ज्याङमा सेना तैनाथ गराइहाले । लगत्तै रामचन्द्रलाई प्रत्युत्तर पत्रसहितका युद्ध सामग्रीहरू पनि पठाइदिए । आफूले रामचन्द्रसँग गरेको सहयोगको अपेक्षा पनि स्पष्ट खुलाई पत्र लेखे । पृथ्वीनारायण शाहले पत्रमा उल्लेख गरेको निम्नानुसारको सहयोग पनि रामचन्द्रले गरिहाले ।
१. पृथ्वीनारायण शाहको मागअनुसार रामचन्द्र प्रसाईले नगद २ हजार रुपैयाँ सहयोग गरे ।
२. रामेछाप भेगका सम्पूर्ण वयस्क युवायुवतीलाई जनसेनाका रूपमा लड्न युद्धस्थान सिन्धुली भञ्ज्याङ उतारे ।
३. युद्ध लड्ने जनसेना र गोरखाली सेना सबैलाई पुग्नेगरी यथेष्ट रसदपानीको व्यवस्था आफैंले मिलाए ।
४. रामचन्द्रले सिन्धुली जिल्लाको कमलामाई नगपालिका, निगाले बस्ने जयनारायण थापा मगरसँग समन्वय गरी सिन्धुली भेगका पनि जनसेना युद्धस्थलमा उपस्थित गराएर नेपालको फौजी शक्ति मजबुत बनाए ।
५. रामचन्द्र र जयनारायणले गोरखाली सेनापति रामकृष्ण कुँवरलाई भेटी युद्ध क्षेत्रमा पर्ने गढी, नाका र किल्लाको भरपर्दो सुरक्षा व्यवस्था मिलाए ।
६. गोरखाली सेना र जनसेनाकै मनोबल उच्च गराउँदै जनसेनापतिकै रूपमा रामचन्द्रले गोरखाली सेनापति रामकृष्ण कुँवरसँगै युद्ध लडे ।
रामचन्द्रले समयमै पत्रद्वारा पृथ्वीनारायण शाहलाई जानकारी दिएर सजग नगराएको भए तथा उल्लिखित सहयोग नपु¥याएको भए सम्भवतः गोरखाली सेनाले अंग्रेजलाई परास्त पार्न कठिन पथ्र्यो । रामचन्द्रकै सहयोग र योजनामा सिन्धुली भञ्ज्याङको भौगोलिक अवस्थानुसारै युद्ध लड्ने व्यवस्था मिलाइएको थियो । व्यवस्थित ढंगले लडिएको हुँदा सो युद्धमा १ हजार ६ सय अंग्रेज फौजलाई नेपाली वीरहरूले हताहत पारे । अंग्रेजतर्फको १ थान तोप र अन्दाजी ३ सय नाल हतियार पनि नेपालीले कब्जामा लिए । बचेको ८ सय फौज लिएर घाइते अवस्थाका अंग्रेज सेनापति क्याप्टेन किनलक त्यहाँबाट भाग्न विवश भएका थिए । रामचन्द्रले मौकैमा पठाएको जानकारीमूलक पत्रको प्रत्युत्तरमा पृथ्वीनारायण शाहले रामचन्द्रलाई पठाएको पत्रको पूर्ण विवरण तल दिइएको छ ।
एक सचेत आदर्श राष्ट्रभक्त नागरिकको हैसियतमा देश र देशवासीको रक्षाका लागि रामचन्द्रले स्वेच्छिक रूपमा गरेको उल्लिखित योगदानजस्तै राष्ट्रहितका लागि सराहनीय कार्य गर्ने नागरिक अरू पनि कोही होलान्, सबैले खोजी गरौं । त्यस्ता वीर सपूतको अतुलनीय योगदानलाई सार्वजनिक गर्न समस्त पाठक महानुभावहरूलाई स्तम्भकार हार्दिक अनुरोध गर्छ । त्यस्ता प्रभावशाली व्यक्ति राष्ट्र गौरवका प्रतीक हुन् । यसका साथै रामचन्द्रलाई राष्ट्रिय विभूति घोषित गर्नुपर्छ भन्ने आवाज अहिले गुन्जिरहेको छ ।
रामचन्द्र प्रसाईले समयमै पत्रद्वारा पृथ्वीनारायण शाहलाई सूचना नदिएको भए सम्भवतः गोरखाली सेनाले अंग्रेजलाई परास्त पार्न कठिन थियो
यहीक्रममा लोकतन्त्र स्थापित भएयता नै निम्न ५ वीर सपूतलाई राज्यले राष्ट्रिय विभूति घोषित गरिसकेको छ । उनीहरूले गरेको के कस्तो योगदानलाई राज्यले विभूतिले सम्मानित ग¥यो ? सोको तुलनामा रामचन्द्रको उल्लेखनीय योगदान राष्ट्रिय विभूति घोषणा गर्न लायक छ या छैन ? यो आमनेपालीकै चासो र सरोकारको विषय भएकैले यस’boutमा पाठक महानुभावहरूमा तुलनात्मक रूपमै अवगत गराउने प्रयास गरेको छु ।
१. शंखधर शाख्वा
शंखधरले उपत्यकास्थित केही विपन्न व्यक्तिहरूको ऋण तिरिदिएर ऋणमुक्त गराइदिएका थिए । व्यक्तिविशेषको यो कार्य कदरयोग्य भएको ठानी तत्कालीन लिच्छवीवंशी राजा राघवदेवले शंखधरको सम्झनामा नेपाल संवत् प्रचलनमा ल्याउने घोषण हाँडीगाउँको डबलीबाट ९३८ सालमा गरेका थिए । शंखधरलाई उतिखेरै राज्यले सम्मान गरेको थियो । उनले मोफसलका अन्य सबै नेपालीको ऋण मुक्त गरेका भने थिएनन् । यिनै शंखधरलाई सरकारले १३ मंसिर २०५६ मा राष्ट्रिय विभूति घोषणा ग¥यो ।
२. महागुरु फाल्गुनन्द
फाल्गुनन्दले किराँत धर्ममा समसामयिक रूपमा सुधार गर्न आफैंले १० बुँदे धर्मग्रन्थ मुचुल्का तयार पारे । किराँत समुदायलाई एकत्रित गराई सो धर्मग्रन्थ मुचुल्का लागू गर्ने घोषणा गरे । इलामवासी महागुरु फाल्गुनन्द लिङ्देन नेपालको पूर्वी क्षेत्रको किराँत भेग हुँदै सिक्किम भुटान र आसामसम्म पुगी प्रचारप्रसार पनि गरे । तथापि, उनले नेपालमा प्रचलित अन्य धर्मको भने सुधार गरेका थिएनन् । जातीय धर्ममा सुधार ल्याएकै कारण फाल्गुनन्दलाई सरकारले १६ मंसिर २०६६ मा राष्ट्रिय विभूति घोषणा ग¥यो ।
३. पासाङल्हामु शेर्पा
पासा ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरी नेपाली नारीहरू पनि साहसी र वीर छन् भन्ने सन्देश विश्वमै प्रवाह गरदिइन् । यिनै वीरंगनालाई राज्यले ९ वैशाख २०६९ मा राष्ट्रिय विभूतिले सम्मानित ग¥यो ।
४. वीर भक्ति थापा
वीर भक्ति थापा नेपाली सेनाकै पदाधिकारी थिए । ७१ वर्षको वृद्धावस्थामा पनि वीर भक्ति थापाले नेपाली फौजको नेतृत्व गर्दै अंग्रेजसँग युद्ध लडे । पश्चिम नेपालको मलाउनजिकको देउथलमा ६ वैशाख १८७२ मा भएको सो युद्धमा वीर भक्ति थापाले खुँडा, खुकुरी, तरबार भाला र भरुवा बन्दुककै भरमा तोप र हातहतियारधारी अंग्रेज फौजसँग बहादुरीका साथ युद्ध लडेका थिए । तर, अफसोच अंग्रेजको तोपको गोली छातीमा लागेर युद्धस्थलमै वीरगति पाएका भक्ति थापाले नेपालीलाई वीर गोरखालीकै रूपमा विश्वमै चिनाइदिए । यिनै सम्मानित व्यक्तित्व वीर भक्ति थापालाई सरकारले १४ असार २०७८ मा राष्ट्रिय विभूति घोषित ग¥यो ।
५. जयपृथ्वीबहादुर सिंह
७ भदौ १९३४ मा बझाङ्गे राजपरिवारमा जन्मिएका जयपृथ्वबिहादुर सिंह त्यसताकाका पढालेखा दार्शनिक थिए । ‘मानव जातिको अस्तित्व बचाउन विश्वशान्ति एक मात्र उपाय हो’ भन्ने दर्शनका प्रतिपादक जयपृथ्वीबहादुर सिंहले इंग्ल्यान्ड, आइसल्यान्ड, फ्रान्स, जर्मनी, पोल्यान्ड, हङकङ र चीनसम्म पुगी मानव दर्शनसम्बन्धी सम्मेलन गरे । उनको कार्यले नेपालमा पनि दार्शनिक छन् भन्ने सन्देश विश्वमा फैलाइदियो । यिनै प्रतिभाशाली व्यक्तिलाई राज्यले १ असोज २०७९ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
The post आदर्शभूमि, त्याग र समाज रूपान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….