आणविक कार्यक्रममाथि वार्ता पुनः सुरु नगर्ने इरानको चेतावनी



प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार


इरानले इजरायलको आक्रमण जारी रहँदा आफ्नो आणविक कार्यक्रममाथि वार्ता पुनः सुरु नगर्ने स्पष्ट पारेको छ । इजरायली रक्षा मन्त्री एयाल जामिरले इरानसँग “लामो समयसम्म संघर्ष” चल्ने चेतावनी दिएका हुन ।

जेनेभामा इरानी विदेश मन्त्री अब्बास अराज्चीले बेलायत, फ्रान्स, जर्मनी र युरोपेली युनियनका कूटनीतिज्ञहरूसँग भेट गरेका छन । ती देशहरूले अराज्चीलाई अमेरिका सहितका पक्षहरूसँग वार्ता पुनः सुरु गर्न आग्रह गरेका थिए ।

तर अराज्चीले भने, “जबसम्म इजरायलको आक्रमण बन्द हुँदैन, तबसम्म वार्ताको सम्भावना छैन” भनेका थिए । उनले इरानको आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन ।

आणविक कार्यक्रममाथि वार्ता पुनः सुरु नगर्ने इरानको चेतावनी

आणविक कार्यक्रममाथि वार्ता पुनः सुरु नगर्ने इरानको चेतावनी

“इरानको रक्षा क्षमता कुनै हालतमा वार्ताको विषय बन्न सक्दैन,” अराज्चीले जोड दिए । इजरायलका राष्ट्रसंघीय दूतले इरानमाथि “विनाशकारी एजेन्डा” भएको आरोप लगाउँदै इरानी आणविक पूर्वाधारहरू पूर्णरूपमा नष्ट नभएसम्म हमला जारी राख्ने बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘अधिकतम दुई हप्ता’ को समय दिँदै सम्भावित अमेरिकी हवाई आक्रमणको चेतावनी दिएका छन्।

उनले युरोप र इरानबीचको वार्तालाई पनि खारेज गरे । “इरान युरोपसँग वार्ता गर्न चाहँदैन, उनीहरू हामीसँग वार्ता गर्न चाहन्छन्,” ट्रम्पले टिप्पणी गरे।

https://www.youtube.com/watch?v=videoseries

बेलायती विदेश मन्त्री डेविड लाम्मीले यो संकट “अत्यन्त गम्भीर” भएको भन्दै अमेरिकाले दिएको यो छोटो समय सीमालाई समाधानको अन्तिम अवसर भनेका छन ।

फ्रान्सेली विदेश मन्त्री ज्याँ नोएल बारोले अमेरिका सहित सँग वार्ता गर्न इरानलाई आग्रह गरे। इजरायलको हाइफामा इरानले २० मिसाइल प्रहार गर्दा एक महिलाको हृदयाघातबाट मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

आणविक कार्यक्रममाथि वार्ता पुनः सुरु नगर्ने इरानको चेतावनी

यससँगै इजरायलमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । इजरायली सेनाले पश्चिम इरानका ब्यालिस्टिक मिसाइल भण्डारण र प्रक्षेपणस्थलहरूमा हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

गत सातादेखि इजरायली आक्रमणमा इरानी सैनिक अड्डाहरू, हतियार गोडाम, वरिष्ठ कमाण्डरहरू र आणविक वैज्ञानिकहरू मारिएको बताइएको छ।

इरानको स्वास्थ्य मन्त्रालयले कम्तीमा २२४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मानव अधिकार समूहले बिहीबारसम्म मृत्यु संख्या ६३९ रहेको जनाएको छ।
इरानले सयौं ब्यालिस्टिक मिसाइल इजरायलतर्फ प्रहार गरेको दाबी गरेको छ ।





Source link

Leave a Comment