आठौं विराट गोल्डकप चैत दोस्रो साताबाट

आठौं विराट गोल्डकप चैत दोस्रो साताबाट


विराट गोल्डकपको ८ औं संस्करण चैतको दोस्रो सातादेखि विराटनगरमा हुने भएको छ।

नेपाली फुटबलको इतिहासमा महत्त्वपूर्ण तथा चर्चित विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगरको सहिद रंगशालमा हुने भएको हो।

विराट गोल्डकप ट्रष्टले मंगलबार विराटनगर पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। ‘हाम्रो शान, विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने मूल नाराका साथ चैत १५ गतेदेखि २४ गतेसम्म प्रतियोगिता हुने भएको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १५ गतेदेखि सुरु गर्ने समय तालिका उपलब्ध भएसँगै तयारीका काम थालेको बताउँदै, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले भने, ‘यस पटक पनि रात्रिकालीन प्रतियोगिता हुन्छ। विगतका वर्ष जस्तो यस पटक कसैलाई संयोजक नराख्ने वा नतोक्ने र ट्रष्टको कार्य समिति आफैंले प्रतियोगिता गर्न लागेको हो। उद्योगी, व्यापारी, खेलकुदका संघ-संस्थालगायत खेल आबद्ध सरोकारवाला पक्षहरूसँग गोल्डकपलाई भव्य र सभ्य बनाउनका लागि छलफल गर्दै सबै पक्षबाट पूर्ण सहयोग प्राप्त हुने आश्वासन प्राप्त भएको छ।’

विगतका वर्षको जस्तो देशको आर्थिक स्थिति छैन। सबै क्षेत्रमा आर्थिक मन्दीले असर गरिरहँदा गोल्डकपलाई पनि असर पुग्यो। सबै पक्षबाट आर्थिकमै कुरा आउने गर्छ। देश नै आर्थिक समस्याबाट गुज्रिरहेको हुँदा यस पटक पुरस्कार राशिमा केही कटौती गर्न बाध्य भएको बताउँदै, अध्यक्ष शाहीले भने, ‘सबै क्षेत्रमा आर्थिक सङ्कटले गर्दा नचाहँदा नचाहँदै पनि गोल्डकप ट्रष्ट बाध्य भएर यस पटकको पुरस्कार राशिमा कटौती गर्नु पर्‍यो। विजेता तथा उपविजेता टोलीले पाउने पुरस्कार राशिमा मात्रै केही कटौती गर्नुपरेको हो। तर, ट्रष्टले खेलाडीहरुले दिँदै आएको सेवा सुविधामा भने कटौती नगरेको र दैनिक भत्तामा केही थप गरेका छौं।’

प्रतियोगितामा २ वटा भारतीय, १ भुटानी र ३ विभागीयसहित ७ नेपाली गरेर १० टोलीको सहभागिता रहेको छ। भारतको साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन क्लब, भुटानको आरटिसी क्लब थिम्पु तथा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपिएफ), मच्छिन्द्र, एनआरटी, चर्च ब्वाईज क्लब र सांग्रिला मोरङ एफएको सहभागिता छ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार पुरस्कार प्राप्त गरेका थिए। गत वर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेको हुँदा यस वर्ष पनि आर्थिक समस्या झेल्न नपरोस् भन्दै पुरस्कार राशिमा कटौती गर्नु परेको ट्रष्टले जनाएको छ।

प्रतियोगितामा व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही २१ हजार रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ दिइने ट्रष्ट अध्यक्ष शाहीले बताए।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२/०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालदेखि विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ।

गत वर्ष विराटनगर सिटी फुटबल क्लब र भारत केरलाको लुका सकर क्लबबिच भएको फाइनल खेलमा विराटनगरले उपाधि जितेको थियो। यस वर्ष भने विराटनगर सिटी फुटबल क्लबको सहभागिता छैन।

प्रकाशित: ६ चैत्र २०८० २२:३४ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School