आजदेखि अमेरिकाको ग्रिनकार्ड आवेदन लगायतमा फर्मको नयाँ संस्करण, के छ परिवर्तन?



प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

आजदेखि अमेरिकाको ग्रिनकार्ड आवेदन लगायतमा फर्मको नयाँ संस्करण, के छ परिवर्तन?

आजदेखि लागु हुने गरी युएससीआईएसले अमेरिकाको ग्रिनकार्ड आवेदन आई ४८५ लगायतका फर्ममा अपडेट गरेको छ । मार्च ३ देखि लागु हुनेगरी अबदेखि ग्रिनकार्ड फर्मको जनवरी २०, २०२५ को संस्करण लागु हुनेछ । यस अगाडि ग्रिनकार्ड आवेदन आई ४८५ का लागि अक्टोबर २४, २०२४ को संस्करण लागु भएको थियो ।

फर्मको अघिल्लो संस्करणमा लिङ्गमा महिला, पुरुष र अर्को लिङ्ग पहिचानको विकल्प दिइएको थियो भने नयाँ संस्करणमा लिङ्गमा महिला र पुरुषको मात्र विकल्प दिइएको छ । त्यस्तै अघिल्लो फर्ममा विदेशी नागरिक, गैर नागरिक लगायतका शब्दावलीहरु प्रयोग गरिएको थियो भने नयाँ संस्करणमा एलियन शब्दावली प्रयोग गरिएको छ ।

ग्रिनकार्ड आवेदन आई ४८५ सँगै यू भिसा आवेदन आई ९१८, आई ४८५ को पुरक फर्म जे, आई ४८५ को पुरक फर्म ए, बायोग्राफिक इन्फर्मेशन जी ३२५ ए, स्पोन्सर फर्म आई १३४, आप्रवासीका रुपमा अग्रिम प्रवेशका लागि आवेदन फर्म आई १९२ मा पनि आजदेखि जनवरी २०, २०२५ को संस्करण लागु गरिएको छ । यसअगाडि उद्यमी परोल फर्म ९४१, टी भिसा आवेदन आई ९१४, पब्लिक चार्जको धरौटी रद्द गराउने फर्म आई ३५६ का सन्दर्भमा पनि जनवरी २०, २०२५ को संस्करण लागु गरिएको थियो ।

आजदेखि अमेरिकाको ग्रिनकार्ड आवेदन लगायतमा फर्मको नयाँ संस्करण, के छ परिवर्तन?

आजदेखि अमेरिकाको ग्रिनकार्ड आवेदन लगायतमा फर्मको नयाँ संस्करण, के छ परिवर्तन?

ट्रम्प प्रशासनले गैरनागरिक र आप्रवासीहरूलाई वर्णन गर्न एलियन र अवैध एलियन शब्दहरू प्रयोग गरेर पुनः सुरु गरेकोमा फर्महरुमा पनि सोही अनुशार अपडेट गरिएको हो । युएससीआईएस, आईस, अध्यागमन अदालत लगायतका अन्य सरकारी कागजातहरुमा पनि एलियन शब्द नै प्रयोग गर्न सुरु गरिएको छ ।

त्यस्तै ट्रम्पले जारी गरेको कार्यकारी आदेश अनुशार अमेरिकी सरकारका कागजातहरुमा लिङ्गमा महिला र पुरुषमात्र उल्लेख गर्न सुरु गरिएको छ । सोही अनुशार विभिन्न फर्म र कागजातहरु अपडेट गर्ने क्रम ट्रम्प प्रशासनले जारी राखेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यस अगाडि लिङ्गमा एक्स मार्क गर्ने पासपोर्ट आवेदनको फर्म हटाइसकेको छ । कार्यकारी आदेश अनुशार नै अमेरिकी पासपोर्टमा एक्स मार्क हटाइएको हो । अबदेखि पासपोर्टहरुमा पनि लिङ्ग पुरुष वा महिलामात्र उल्लेख गरिनेछ ।





Source link

Leave a Comment