आगामी निर्वाचनका लागि नयाँ नियम ल्याउने तयारीमा ट्रम्प, मतदान गर्न भोटर आइडी अनिवार्य



प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि नयाँ नियम ल्याउने बताएका छन्। उनले प्रत्येक मतदाताले मतदान गर्न अनिवार्य रूपमा मतदाता परिचयपत्र (भोटर आइडी) देखाउनुपर्ने कार्यकारी आदेश जारी गर्ने तयारी गरेको बताएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भनेका छन्, “मतदाता परिचयपत्र प्रत्येक एकल मतदानको हिस्सा हुनुपर्छ। कुनै अपवाद छैन ! यसका लागि म कार्यकारी आदेश जारी गर्दैछु !”

त्यससँगै उनले हुलाकबाट मतपत्र पठाएर गरिने मेल-इन मतदानमा पनि कडा प्रतिबन्ध लगाउने बताएका छन्। उनका अनुसार बिरामीहरू र विदेशमा तैनाथ अमेरिकी सैनिक बाहेक अन्य कसैले मेलमार्फत मतदान गर्न पाउने छैनन्।

आगामी निर्वाचनका लागि नयाँ नियम ल्याउने तयारीमा ट्रम्प, मतदान गर्न भोटर आइडी अनिवार्य

आगामी निर्वाचनका लागि नयाँ नियम ल्याउने तयारीमा ट्रम्प, मतदान गर्न भोटर आइडी अनिवार्य

ट्रम्पले लामो समयदेखि अमेरिकी निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन्। उनले सन् २०२० को राष्ट्रपति निर्वाचनमा जो बाइडेनसँगको आफ्नो हार व्यापक धाँधलीका कारण भएको दाबी गर्दै आएका छन्, तर यी दाबीहरूलाई कुनै प्रमाणले पुष्टि गर्न सकेको छैन।

त्यसैगरी, ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले गैर-नागरिकहरूले व्यापक रूपमा मतदान गरेको भन्ने आरोप लगाउँदै आएका छन्। तर, तथ्याङ्कले गैर-नागरिकद्वारा मतदान अत्यन्त दुर्लभ हुने र कानूनी रूपमा पूर्णतः अवैध रहेको देखाउँछ।

वर्षौंदेखि ट्रम्पले इलेक्ट्रोनिक भोटिङ मेसिन हटाउनुपर्ने माग गर्दै आएका छन्। उनी कागजी मतपत्र र हातैले गणना गर्ने प्रणाली प्रयोग गर्नुपर्ने पक्षमा छन्। तर निर्वाचन अधिकारीहरूको भनाइमा यस्तो प्रक्रिया महँगो, समय खाने र मेसिनद्वारा हुने गणनाभन्दा कम शुद्ध हुन्छ।

यसै महिनाको सुरुमा पनि ट्रम्पले २०२६ को मध्यावधि निर्वाचन अघि मेल-इन मतपत्र र इलेक्ट्रोनिक भोटिङ मेसिन पूर्णरूपमा अन्त्य गर्न कार्यकारी आदेश ल्याउने वाचा गरेका थिए। तर अमेरिकी निर्वाचन प्रणाली राज्य तहमा सञ्चालन हुने भएकाले संघीय राष्ट्रपति यस किसिमको निर्णय गर्ने संवैधानिक अधिकार राख्छन् वा राख्दैनन् भन्ने अझै स्पष्ट छैन।

आगामी नोभेम्बर ३, २०२६ मा हुने निर्वाचन ट्रम्प पुनः सत्तामा फर्किएपछि उनको नीतिमाथि हुने पहिलो ठूलो परीक्षा हुनेछ। डेमोक्र्याटहरूले प्रतिनिधि सभा र सिनेट दुवैमा रिपब्लिकनको पकड तोड्ने प्रयास गर्नेछन्, जसले ट्रम्पको आन्तरिक नीति कार्यान्वयनमा प्रत्यक्ष प्रभाव पार्नेछ।

आगामी निर्वाचनका लागि नयाँ नियम ल्याउने तयारीमा ट्रम्प, मतदान गर्न भोटर आइडी अनिवार्य





Source link

Leave a Comment