१९ वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।
नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
हेर्नुहोस् लाइभ–
२७ ताजा अपडेट
1 minute ago, 16:21:50
सकियो सरकार नीति तथा कार्यक्रम प्रस्तुती
3 minutes ago, 16:19:54
स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने
संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
4 minutes ago, 16:18:48
सरकारले फेरि भन्यो : नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने छ
8 minutes ago, 16:14:55
नेपाललाई ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा
सरकारले नेपालललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ ।
10 minutes ago, 16:13:39
नीति तथा कार्यक्रममा खेलकुद बारे के छ ?
संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यस्तै विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ ।
खेलकुदलाई निजी क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिने छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने कुरा समावेश गरिएको छ ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि मिलाइने भएको छ ।
11 minutes ago, 16:12:26
चुरे संरक्षणको गुरुयोजना पुनरावलोकन हुने
राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरिने
सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । साथै राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाउने भएको छ ।

12 minutes ago, 16:11:01
सरकारले संघीय सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने
13 minutes ago, 16:10:08
विद्युत अभाव हुन नदिन जलाशययुक्त आयोजना कार्यान्वयन गरिने

14 minutes ago, 16:09:14
विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

16 minutes ago, 16:07:02
‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरिने

18 minutes ago, 16:05:01
अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने घोषणा

20 minutes ago, 16:03:02
बाली लगाउनुअघि नै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने घोषणा

21 minutes ago, 16:01:59
रैथानेबाली प्रवर्धन गर्ने नीति
सरकारले नीति तथा कार्यक्रममा रैथानेबाली प्रवर्द्धन गर्ने नीति प्रबर्द्धन गर्ने उल्लेख गरेको छ ।
23 minutes ago, 16:00:24
पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गर्ने
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।
24 minutes ago, 15:59:18
निजी क्षेत्रलाई खेलकुदसँग जोडिने

27 minutes ago, 15:56:31
प्रधानमन्त्री कृषि आधुनिकीकरणको नाम फेरियो

28 minutes ago, 15:54:56
शिक्षाका चुनौती सामाना गर्न कानुनी प्रबन्ध गर्ने
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
30 minutes ago, 15:53:11
नीति कार्यक्रममा फेरि आयो कृषि मल कारखाना
सरकारले नीति तथा कार्यक्रम मार्फत कृषि मल कारखानाको विषय फेरि ल्याएको छ ।
35 minutes ago, 15:47:49
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने

38 minutes ago, 15:45:30
लगानी जुटाउन वैकल्पिक वित्त कोष स्थापना

39 minutes ago, 15:44:25
सरकारले सहमतिको आधारमा संविधान संशोधन गर्ने
नीति तथा कार्यक्रममार्फत सरकारले सहमतिकै आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ ।
41 minutes ago, 15:42:26
बैंकहरूको खराब कर्जा सम्हाल्न सम्पत्ति व्यवस्थापन कम्पनी खोलिने
सरकारले बैंकहरुको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
45 minutes ago, 15:38:19
सरकारले नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने
‘नेपाल स्टक एक्स्चेन्जको पुर्नसंरचना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ’ पौडेलले घोषणा गरे । नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्न सरकारको बहुस्वामित्व सेयर घटाउनुपर्ने हुन्छ ।

48 minutes ago, 15:35:31
एकीकृत परियोजना बैंक लागू गर्ने
संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहकै सरकारको योजना प्रभावकारी बनाउन यस्तो घोषणा गरेका हुन् ।

48 minutes ago, 15:34:49
स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने
सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।
49 minutes ago, 15:34:25
लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सरकार प्रतिबद्ध

59 minutes ago, 15:23:50
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।


