आखिर जिन्दगी घाम र पानीमा देखिने इन्द्रधनुषजस्तै रहेछ!


मलाई अत्यन्तै धावा थियो त्यो दिन। मैले वचन दिइएको थिए साँझसम्म म जसरी ताप्लेजुङ आइपुग्छु भनेर, हाङ्गपाङका साथी चैत्यन्य आङ्ग्बुहाङ्जीलाई।

झापाबाट तुफानी रकेटजस्तै गरेर बाइकमा पाउने सात बजे हुइके, म कतै अलमल नगर्ने अठोट थियो, तराईका बाग्लो गाडीका चापहरू छिचोल्दै पहाडी सडक झापा र इलामका सिमा जोरकलासका दमदमे उकालो सुरु भयो। लाटो चिसोले समात्दै गरेका हातले मेरो बाइकका एक्सुलेटर जति खिचेर बटारे पनि कम हुन्थ्यो सायद मलाई हतारोको चटारोले पनि त्यस्तो हुन सक्छ।

जब म कन्यामको स्टेट तेर्छो सडक पाए म धेरै छिटो गतिमा बाइक हाँकिरहेको थिए।  हुन त चार दशकअघि लसुनेदेखि गोदकसम्मको सडक निर्माणका कार्य विदेशी कोरिया कम्पनीले जिम्मा लिएर निर्माण कार्य गरेका थिए।

उक्त योजना सम्पन्न कोरियाली कम्पनीले गर्न नसकेको अपुष्ट इतिहास छ तर पनि यस क्षेत्रमा पर्ने सडकमा इन्जिनियरिङ डिजाइनमा पूर्ण रूपले बनेका भन्न मिल्छ। किनभने सडक निर्माण कार्यमा एस्टा वाइडिनिङ र सुपरिलिभेसन अनिवार्य सडकमा लागुहुन्छ यस नियमलाई उल्लंघन नगरी निर्माण गरेका सडकमा अत्यन्तै सजिलो र भरपर्दो हुन्छ गाडी हाँक्न।

फलस्वरूप त्यो सडकमा म थकाइ नमानी कैलाशका हिम पर्वत र मानसरवरलाई छिचोल्दै साइबेरियादेखि मंगोलियासम्म उड्न सक्ने गगनचर कर्याङ्ग्कुरुङ्गको रफ्तारमा राजदुवाली पुल नाघेर गोलाखर्कका घमाइलो पाखाका पारिलो घामका सिरसिरे न्यानो बतासको स्पर्सले मलाई अकरिला घुम्तीहरूमा बाइकको हेण्डल र गियर मुसार्दै उकालो छिचोल्नु मुस्किल लागेकै थिएन। सायद एकदमै हतारोले पनि हुन सक्छ।

एकतमास अनेक मनलाई खेलाउँदा होस् चाहे मनभित्रका अनतरकुन्तरमा गीत, कविता, कथा रच्दारच्दै र ब्याहार ,,साथीभाइ सम्झदासम्झन्दै म बिप्ल्याटे, पुवाखोला, नेपालटार , बाखोर यी ठाउँहरु छाडेर आईसकेकाे रहेछु।

आखिर म देउमाई खोपका औंलाहरू चिमोठ्ने र गालालाई कोपार्ने जस्ता सिरेटो र चिसो ठिहीका वेगले सपनाहरूबाट बिउँझेका झै झस्केर बिउँझन्दा देउरालीको मोडमा बाइक हाकिरहेका थिएँ म। बाइक बिस्तारै हाँकिरहे , जब पासाङ्गटारलाई छोडिसक्दा चुपचाप निदाएका अल्सी कुइरोमण्डली भित्रभित्रै अन्धाधुन्ध बलैले राके भञ्ज्याङ टेकियो।

मलाई मन नहुँदा नहुँदै पनि बाइकको गियर डावन गरी स्लो गरे। अकबरे स्तम्भ छेवैमा बाइकबाट नझरि चारैदिसा आखा चिप्लाए। सबै विगत अटेसमटेस गरेर मेरोसामु ठिङ्ग उभिए। यो बजार स्थापित गर्ने अमर नेमबाङ र राजभक्त नेम्बाङ्गलाई पनि सम्झिरहे।

४५ साल वरिपरि जहाँ सन्त लामाको घर र मंगलि तामाङको टहरो थियो उहाहरूको सात सिमाना मसिनो ढुङ्गाहरु थुपारेका देउराली देउताले छुटिन्थ्यो। जस्को ठिक्क अपरेटिङ पारी अत्यन्तै केटाकेटीहरूलाई प्रेम गर्नुहुने ख्याम ढकाल हुनुहुन्थ्यो। भित्तोका साएटमा (इलाम रोड ) बजारकै त्यो बेलाका जल्दाबल्दा सुकबहादुर चेम्जोङ र राजेन्द्र गौतम जस्ता ब्य्यातिहरुका अधिनायकवादको मेही दाईको भाउ महगो चल्थ्यो । जुन क्षणहरुले मलाई गम्भीरतापूर्वक एकतमास चुर्लुम्म डुबाएर छाड्यो।

मेरो बाल्यकालका यतैतिरका ढुलमुल मायालाग्दा मिठो सम्झनाहरू छातीभरि गरुङ्गो ढुङ्गाझैं झुन्डिन्छन्। आँखाका नानीहरूमा खेल्छन् यिनै ठाउँको सेरोफेरोमा मेरो बाल्यकाल बितेका हो। जाडोको स्कुल बिदामा राडी, बुर्गासन र बर्खे बिदामा घुम, पलास्टि बोकेर यिनै गैरीटार, राँके, फिस्टेखर्क, रिजालखर्क, सम्पुरे एप्मा, भगिमाटार ,,लामिझोर, चापगैरी, बर्खेसि, हिटिधारा जस्ता स्थानीय ठाँउका नाम रहेका स्थानहरुमा गाइ ,भैसि डबलि ,सिङलि ,, तारि फुर्कि आदि नाम गरेका वस्तु गोठालो गरेकाे थिएँ। यहाँका सबै बनबुट्यान ,, गाइवस्तुका खर्क,, स्थान ,, र माटोले चिनेपनी मलाई सहरी यो चेपिलो वातावरणमा म एक्लो कोहि आप्रवासी हुङ्ग जस्तो नमीठो भान हुन्थ्यो।

म धेरै भावुक भैसकेको रहेछु बाइक रोकेर चिया पिउन मन लाग्यो र बाइक रोक्न खोजे बाइकको स्टेन केही लाउन मात्र खोजेको थिएँ। कुनै एउटा पसले आएर के लानु हुने ? सोध्नुभयो।

मैले तुरुन्तै चिया पिउने भने। उहाँले भन्नुभयो यहाँ चिया पाइन्न यहाँ नरोक्नुस् भन्नुभयो। यो कुरा सुन्नेबित्तिकै अलि पर सरे त्यहाँ पनि रोक्ने अनुमति मैले नपाएपछि। बाइकमा नै रुकसाएट झोलामा आङ सोझ्याउँदै सम्झे। वातावरण निकै चिसो छ। वरिपरि साहुजी, दोकानेहरुको रेला ठट्टा चलिरहेछन पाङ्गदुरे अलंकार झुन्डाएका छन्।

मैले मेरो बच्चा मानसपटलमा जे रहेको र देखेका थिए राँके बजारलाइ त्योभन्दा एकै इन्च अगाडि नबडेको देखे। केहि सडक अतिक्रमण गरेर भौतिक संरचनाहरु त निर्माण कार्य भएको देखिन्छ । तर बिचार राम्रो नभई सकेपछि। अथवा टुरिजम पोलिसी जिरो % देखिन्छ। त्यो अवस्थालाई प्राज्ञ अक्षुले देख्ने भनेकै यो विचार सोचलाई हुतिहारा बरवतापन देखिन्ने होइन र ?

त्यसैले यो राँके बजारको उच्च छवि भएका इमान्दारी ब्याक्तित्वहरु बसाइँ उठेका रहेछन भन्ने स्पष्ट देखिन्छ। भनिन्छ नि भुतका नजिक देउताको बास कदापि हुन सक्दैन । मलाई पनि महसुस भैरहेको छ। यिनै कुराहरूको गहिरो रस्साकस्सिमा म पौठेजोरि खेल्दा खेल्दाइ कसिलो चारखोले सिरेटले झसङ्ग बिउँझायो। म बाइकमा झोलाको अडेसो लाएर बिसाइरहेको थिए। चुपचाप बसेका बाक्लो हुस्सु र चिसो हावाका लावालस्कर तानातान चलिरहेको थियो । म बिस्तारै बाइक स्टार्ट गरेर अघि बडे ।

बाटाहरुमा विगतका लिङ्गेपिङ्ग मच्चिरह्रो तितो यथार्थका रोटेपिङ्ग घुमिनै बस्यो म गुम्बाडाँडाका इन्द्रेणी घुम्तीहरुमा हतारमा एक्सुलेटर चाप्दैथिए। बादलुको घुम्टो च्यातिन्दै थियो धेरै परसम्म देख्न सकिन्ने रहरलाग्दो मौसम खुलेन्दैथियो । मैले प्रधान गोलाइ नजिकै बाइक रोकेर दृश्य अवलोकनका लागी भुइँमा मात्र झरेको थिए । जो प्रधान गोलाइ लाई तत्कालीन अमर नेम्बाङ्ग प्रधान पन्च कार्यकालमा निर्माण भएको हुनाले प्रधान गोलाई भन्ने नामकरण भएको थियो । जहाँ परबाट अल्गो दुई ब्याक्तीहरु मेरो नजिक,, नजिक आउदैहुनुहुन्थ्यो ।

मैले झट्ट चिने , उहाँहरुले बिस्तारै नजिक बाट मात्र मलाई चिन्नुभयो । नमस्कार गरे । नमस्ते उत्तर आयो । उहाँहरु हुनुहुन्थ्यो कवि अमर नेम्बाङ र उहाँकै भाई मुन्धुम गाथा तथा कवि बिरही काइला , —- अमर नेम्वाङ बाजेले भन्नु भयो नाति म अमेरिका रहदा हाम्रो भेठ ईन्टरनेटमा भैरहन्थ्यो नेपाल आएपछि भेठ हुन किन नसकेको ईन्टरनेट गाउँमा छैन तिम्रो नम्बर खोजे कतै पाइन ? मैले उत्तर केहि फर्काउन सकिन । किनभने मेरो साहित्य गुरु दसौं वर्षको अन्तराल पछि अमेरिकाबाट जन्मभुमि फर्केपछीको पहिलो भेठ थियो । म आफैभित्र हर्षले अबोधगम्य बच्चाले आमा बाबालाई पाएका भन्दा धेरै भाबुक बनिसकेको थिए । बाजेले अंगालो हाल्दै भन्नुभयो ,सिरेन तिम्रो कविता र गीतले मलाई असाध्यै छुन्छ म सुन्ने र पढ्नेगर्छु । चाडो गर्नु भेठ हुन्छ ,,भेठ्नुपर्छ यति संवादमा हामीहरु छुटियौ ।

म आफ्नो गन्तव्यतर्फ हानिए। अनेकौं अमर नेम्बाङप्रतिको वर्षौं भेट्ने इच्छाशक्ति र तिर्सनालाइ मेरो यो अचानकको भेठको एकै घुड्कीले मेटिनु कहिले सक्दैन थियो। अनेकौं मैले उहाँलाई भन्ने सुनाउने मेरो चाहाना ,,भावानाहरुलाइ थाती ,, राखेको थिए कति कुराहरू साचिराखेकोथिए । म भेट्न् जानेछु भन्दाभन्दै महिना , वर्ष हुँदै धेरै दिनहरुले फड्को मारिसकेको थियो।

म एकदिन तराईका घरको छतमाथि बसेर घाम ताब्दै फेसबुक चलाइरहेका थिए। मेरो छोराले सुष्मा इन्जिनियरिङ कलेजबाट अचानक मलाई फोन गर्‍यो। बुवा अमर नेम्बाङ बाजे (पालिका अध्यक्ष) कार्यक्रम सम्बोधन स्थलमा बोल्दाबोल्दै ढ्ल्नुभएछ रे। यतिकै सम्बादमा मात्र छोराको फोन राखे। तुरुन्तै गाउँमा भान्जोलाई कल गरे आखिर अत्यन्तै दु:खद कुरा सुनायो उहाँले हामीहरुलाई हिजोकोरात नै छोडेर जानुभएको रहेछ। यो भान्जोको चट्याङ जस्तो सब्दले मेरो मुलहोश केहिछिन गुम्यो।

आखिर जिन्दगी घाम र पानीमा देखिन्ने इन्द्रधनुष जस्तै रहेछ क्षणिक बिलाउनुपर्ने। कवि अमर नेम्वाङ उहाँले नै भन्नुभएको छ सम्झनाको पनि आयु हुन्छ। उहाँले सम्झनाको आयु तिन कृति लेखेर छाड्नुभएकोछ उहाँको यो तीन कृति (१) सम्झनाका तरेलीहरुमा (२) एउटा साँझको अवसान (३) अमेरिकाका भ्रमण ,, यी गहन कृतिहरु नै हुन उहाँका जिन्दगीका सम्झनाका घाम पानी यसैमा उहाँ इन्द्रधनुष भएर सधै देखिरहनुहुने लामो सम्झनाका आयु भयो। म यसै तीन कृतिहरु समातेर प्रधान गोलाईको त्यो भेठलाइ अन्तिम भेठ सम्झिरहनेछु।

– सिरेन वान्तावा 

प्रकाशित: २१ माघ २०८१ ११:०५ सोमबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School