आकस्मिक हडतालपछि क्यानडाको वेस्टजेट एयरलाइन्सका ४ सयबढी उडानहरू रद्द

आकस्मिक हडतालपछि क्यानडाको वेस्टजेट एयरलाइन्सका ४ सयबढी उडानहरू रद्द



प्रकाशित मिति : असार १६, २०८१ आईतबार

क्यानडाको वेस्टजेट एयरलाइन्सले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ ।

एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र यो अपरिहार्य भएको बताएको छ ।

संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानप्रभावित हुने गरी आकस्मिक हडताल भएको हो ।

त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो ।

वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ । एयरलाइन्ससँग करिब २०० वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School