आएको २ वर्ष नपुगेका कागजातविहीनलाई पक्राउ गरी तीव्र गतिमा देशनिकाला गर्ने नीति पुनः लागू



प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

आएको २ वर्ष नपुगेका कागजातविहीनलाई पक्राउ गरी तीव्र गतिमा देशनिकाला गर्ने नीति पुनः लागू

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसरहरुले अब कागजपत्रविहिनहरुलाई अध्यागमन न्यायाधिससमक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने भएका छन् । ट्रम्प प्रशासनले शुक्रबार फेडरल रजिष्ट्ररमा प्रकाशित गर्ने तय गरेको नीति अनुशार अब अमेरिका आएको २ बर्ष नपुगेका कागजपत्रविहिनहरुलाई अमेरिकाको जुनसुकै स्थानबाट पनि पक्राउ गरेर तीब्र गतिमा देशनिकाला गर्न सकिने भएको हो ।

नयाँ नीतिले तीब्र गतिको देशनिकालाको प्रकृयालाई आक्रमक रुपमा बिस्तार गरेको छ । जस अन्तरगत अब न्यायायिक पुनरावलोकन समेत आवश्यक नपर्ने भएको छ । नयाँ नीति मंगलबार बेलुका ६ बजेदेखि लागु भएको छ ।

यो नीति अघिल्लो ट्रम्प प्रशासनले पनि सन् २०१९ को जुलाई २३ मा लागु गरेको थियो तर पछि सन् २०२२ को मार्च २१ मा बाइडेन प्रशासनले उक्त नीति खारेज गरेर अध्यागमन अधिकारीहरुले सिमाक्षेत्रको एकसय माइलभित्र पक्राउ परेका र अमेरिका प्रवेश गरेको दुईसाता नपुगेका कागजपत्रविहिनहरुलाई मात्र तीब्र गतिको देशनिकालको प्रकृयामा राख्न सकिने नीति लागु गरेको थियो ।

आएको २ वर्ष नपुगेका कागजातविहीनलाई पक्राउ गरी तीव्र गतिमा देशनिकाला गर्ने नीति पुनः लागू

तर मंगलबारदेखि लागु भएको नयाँ नीतिले बाइडेन प्रशासनले सन् २०२२ को मार्च २१ मा ल्याएको नीतिलाई खारेज गरिदिएकाले अघिल्लो ट्रम्प प्रशासनको सन् २०१९ को जुलाई २३ कै नीति लागु भएको हो । जसअनुशार भने अमेरिकाको जुनसुकै स्थानमा पक्राउ परेका र अमेरिका आएको दुईबर्ष भइसकेको प्रमाणित गर्न नसक्ने जोसुकै कागजपत्रविहिनहरुलाई पनि पक्राउ गरेर तीब्र गतिको देशनिकालामा राख्न सकिने भएको छ । नयाँ नीतिपछि अमेरिका आएको दुईबर्ष पूरा नभएका जोसुकै कागजपत्रविहिनहरु पनि तीब्र गतिको देशनिकालामा पर्नसक्ने भएका छन् ।

नयाँ नीतिपछि अमेरिकी अध्यागमनले दशौं हजार आप्रवासीहरुलाई अदालती सुनुवाईबिना नै देशनिकाला गर्नसक्ने भएपछि आप्रवासीहरुमा त्रास फैलिएको छ । यो नीतिका कारण अमेरिकाको जुन सुकै स्थानमा परिवारसहित बसेका कागजपत्रविहिनहरु पनि जोखिममा परेका छन् ।





Source link

Leave a Comment