आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र


आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ एसोसिएट राष्ट्रहरू प्रतिस्पर्धा गर्नेछन् । जसमा इटलीले पहिलो पटक टी-२० विश्वकप खेल्दैछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा आठ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसमा इटली पहिलो पटक सहभागी हुँदैछ।
  • नेपालले एसिया–इएपी रिजनल छनोटमा अपराजित रहँदै तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ।
  • स्कटल्यान्डले बंगलादेशको स्थान लिएर टी–२० विश्वकपमा स्थान बनाएको छ र यो सातौं पटकको सहभागिता हो।

१८ माघ, काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ एसोसिएट राष्ट्रहरू प्रतिस्पर्धा गर्नेछन् । जसमा इटलीले पहिलो पटक टी-२० विश्वकप खेल्दैछ ।

यस लेखमा ती टिमका विश्वकपसम्मको यात्रा र हेर्नलायक खेलाडीहरुको बारेमा जानकारी प्रस्तुत गरिएको छ ।

विश्वकपमा डेब्यु गर्न लागेको टोली इटलीबाट सुरुवात गरिएको छ ।

इटली

फुटबलका लागि विश्वभर परिचित इटली पछिल्लो वर्षहरूमा फिफा विश्वकपमा छनोट हुन संघर्ष गरिरहेको छ । तर क्रिकेटमा भने इटलीले इतिहास रच्दैछ । इटली पहिलो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो ।

इटलीको यात्रा युरोपियन सब–रिजनल छनोटबाट सुरु भएको थियो । जहाँ फ्रान्स, आइल अफ म्यान, लक्जेम्बर्ग र टर्की समावेश समूहमा शीर्ष स्थानमा रहेको थियो । त्यसपछि घरेलु मैदानमै रोमानियालाई फाइनलमा पराजित गर्‍यो ।

त्यपछि इटलीले आईसीसी पुरुष टी–२० विश्वकप युरोप रिजनल छनोट खेल्यो । जहाँ इटलीले स्कटल्यान्डलाई हरायो । अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजित भएपनि जर्सीलाई रनरेटमा पछि पार्दै डच टोलीपछि दवस्रो स्थानमा रहेर विश्वकपको टिकट काट्यो ।

वायन म्याड्सेनको कप्तानीमा रहेको इटलीको टोलीमा दक्षिण अफ्रिकाबाट १९ खेल खेलिसकेका जेजे स्मट्स समावेश छन् । इटलीले समूह सी मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडा

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

यसअघि तीन पटक आईसीसी क्रिकेट विश्वकप खेलेको क्यानडाले सन् २०२४ मा पहिलोपटक आईसीसी पुरुष टी–२० विश्वकप खेलेको थियो । जहाँ क्यानडाले फुल मेम्बर आयरल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको थियो ।

आईसीसी पुरुष टी–२० विश्वकप अमेरिका रिजनल छनोट मा ६ मध्ये ६ खेल नै जितेर क्यानडाले टी-२० विश्वकपमा स्थान बनाएको हो । समूह ‘डी’ मा रहेको क्यानडाले अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र यूएईसँग खेल्नेछ ।

अलराउन्डर शिवम शर्माले अमेरिकी छनोटमा ११ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनी हेर्नलायक खेलाडीको रुपमा छन् । यस्तै २२ वर्षीय कप्तान दिलप्रीत बाजवा पनि ध्यान दिनुपर्ने खेलाडी हुन् ।

मुख्य प्रशिक्षक इंगलटन लिबर्डले भनेका छन्, ‘खेलाडीहरूले छनोट प्रतियोगिताभर असाधारण प्रतिबद्धता र एकाग्रता देखाएका थिए । अब हामी उच्चतम स्तरमा प्रतिस्पर्धा गर्ने तयारीमा पूर्ण रूपमा केन्द्रित छौं।’

नामिबिया

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

नामिबियाले लगातार चौथोपटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्न लागेको छ । अफ्रिका रिजनल छनोटबाट जिम्बाबेसँगै नामिबयाले आईसीसी टी२० विश्वकपमा स्थान बनाएको हो ।

समूह चरणका तीनै खेल जितेको नामिबियाले जेजे स्मितको सानदार प्रदर्शनमा सेमिफाइनलमा तान्जानियालाई हराउँदै विश्वकपमा स्थान पक्का गरेको थियो । जेजे स्मिटले अविजित ६१ रन बनाउनुका साथै बलिङमा ३/१६ विकेट लिए ।

फाइनलमा भने नामिबया जिम्बाबेसँग पराजित भएको थियो । टोलीको कप्तानी फेरि पनि जेरार्ड एरासमसले गर्नेछन् ।

अघिल्लो विश्वकप खेलेका ९ खेलाडी यसपटक पनि टोलीमा छन् । जान निकोल लोफ्टी–इटन ले छनोटमा राम्रो प्रदर्शन गरेका थिए । जहा उनले ६.४० को औसतमा १० विकेट लिएका थिए ।

नेपाल

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया–इएपी रिजनल छनोटमा अपराजित रहँदै टी-२० विश्वकपमा स्थान बनाएको हो । छनोटमा समूह चरणमा जापान र कुवेतलाई हराएको नेपालले शानदार प्रदर्शन गर्दै सुपर सिक्समा शीर्ष स्थानमा रह्यो ।

नेपालको खेलहरूमा क्लोज फिनिस सामान्य जस्तै बनेका छन् । दुई क्लोज कन्टेस्टमा नेपालले युएईलाई १ रनले र कतारलाई ५ रनले पराजित गरेको थियो ।

आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो । २३ वर्षीय रोहित पौडेलले नेपालकको कप्तानी गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तानका रूपमा छन् ।

समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटली र स्कटल्यान्डसँग रहेको नेपाल पहिलो पटक समूह चरण पार गर्दै अगाडि बढ्ने लक्ष्यमा छ ।

नेदरल्यान्ड्स

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

युरोपियन छनोट पार गर्दै नेदरल्यान्ड्सले इटलीसँगै आईसीसी टी-२० विश्वकपमा स्थान बनाएको हो । युरोप रिजनल छनोटमा चार खेलमध्ये तीन जितसहित शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्सले सातौं पटक आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाएको हो ।

डच टोलीले टी-२० विश्वकपमा दुई पटक समूह चरण पार गरिसकेको छ । स्कट एड्वार्ड्सको कप्तानीमा नेदरल्याण्ड्सले लगातार तेस्रो टी-२० विश्वकप खेल्दैछ ।

समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले सह–आयोजक भारतसहित पाकिस्तान, नामिबिया र अमेरिकासँग खेल्नेछ।

मुख्य प्रशिक्षक रायन कुकले भनेका छन्, ‘हाम्रो टोलीमा गहिराइ र विविधता छ । जसले यो कन्डिसनमा फाइदा हुनेछ । विगतका विश्वकप अनुभव, समूहका सबै टोलीसँग हालै खेलेको अनुभव र भारत–श्रीलंकाका परिस्थितिमा अभ्यस्त भएकाले हाम्रो तयारीमा हामी विश्वस्त छौं ।’

ओमान

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

ओमानले एसिया–इएपी रिजनल छनोटको सुपर सिक्स चरणमा नेपालपछि दोस्रो स्थानमा रहँदै चौथोपटक आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाएको हो।

छनोटमा ओमानका लागि नदिम खान र जितेन रामनन्दीले ११–११ विकेट लिए । यसैगरी ओमानका लागि सर्वाधिक टी२०आई रन–स्कोरर जतिन्दर सिंह यसपटक कप्तानका रूपमा फर्किएका छन् । उनले सन् २०२४ को टी-२० विश्वकप गुमाएका थिए ।

टी-२० विश्वकप छनोटलाई लिएर उनले भने, ‘यो गर्वको क्षण हो । हामी सबै यो प्रतियोगिताका लागि प्रतिक्षा गरिरहेका छौँ । यति ठूलो प्रतियोगितामा खेल्नका लागि तपाईलाई अनुभव आवश्यक हुन्छ, र छनोट खेल्नु हाम्रो लागि आशीर्वादजस्तै भयो ।’

ओमान सह-आयोजक श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड र जिम्बाबेसँगै समूह ‘बी’ मा छ ।

स्कटल्यान्ड

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

स्कटल्यान्ड सुरुमा टी-२० विश्वकपमा छनोट भएको थिएन । तर आईसीसी टी-२० वरियतामा उच्च वरियता प्राप्त टोलीको रुपमा स्कटल्याण्डले बंगलादेशलाई प्रतिस्थापन गर्दै टी-२० विश्वकपमा स्थान बनाएको हो ।

बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा विश्वकप नखेल्ने अडान राखेपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई समावेश गरेको हो ।

टी-२०आई वरियतामा १४औं स्थानमा रहेको स्कटल्यान्ड अहिले टी-२० विश्वकपमा रहेका सात टोलीभन्दा माथि छ । र स्कटल्यान्डको यो सातौं टी-२० विश्वकप सहभागिता हो ।

क्रिकेट स्कटल्यान्डका प्रदर्शन प्रमुख स्टिभ स्नेलले टी-२० विश्वकपका लागि छनोट भएको स्क्वाडबाट सबै सन्तुष्ट रहेको बताएका छन् । ‘टोली सन्तुलित छ र भारतमा सामना गर्नुपर्ने सबै चुनौतीका लागि तयार छ ।’

यूएई

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

यूएईले एसिया-इएपी छनोटको सुपर सिक्स चरणमा नेपाल र ओमानपछि तेस्रो स्थान हासिल गर्दै तेस्रोपटक आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाएको हो ।

मुमम्मद वासीमको टिमले सन् २०२४ को संस्करण गुमाएपछि यसपटक अन्तिम अर्थात २०औं टोलीका रूपमा टी-२० विश्वकपकमा स्थान बनाएको थियो ।

सुपर सिक्सको अन्तिम खेलमा जापानलाई ८ विकेटले हरायँदै यूएईले गत अक्टोरमा विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

अलिशान शराफु २८३ रनसहित (औसत ५६.६०, स्ट्राइक रेट १४३.६५) छनोटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

अमेरिका (युएसए)

आईसीसी टी–२० विश्वकपमा आफ्नो क्षमता देखाउन तयार ८ एसोसिएट राष्ट्र

अमेरिकाले यस पटक टी-२० विश्वकपका लागि अन्य छनोट प्रतियोगिता खेल्नुपरेन । सन् २०२४ मा घरेलु मैदानमा गरेको ऐतिहासिक प्रदर्शनका कारण अमेरिकाले आईसीसी टी-२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको थियो ।

पछिल्लो संस्करणमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको थियो । जसले अमेरिकालाई समूह चरण पार गर्दै सुपर एट सम्म पुर्‍याएको थियो ।

सुपर ए मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्डसँग पराजित भएतापनि त्यतिन्जेलसम्म अमेरिकाले घरेलु दर्शकको मन जितिसकेका थिए ।

त्यस्तै प्रदर्शन दोहोर्‍याउने सन्दर्भमा अमेरिका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘हाम्रो टोली सन्तुलित र बलियो छ । साथै सबै क्षेत्रमा डोमिनेट गर्न सक्षम छ । हामी हाम्रो टिमको क्षमतालाई लिएर पूर्ण रूपमा आत्मविश्वासी छौं ।’

(आईसीसीको वेबसाइटमा प्रकाशित सामग्रीको आधारमा तयार पारिएको)





Source link

Leave a Comment