आईबी र सीबीएसईमा दर्ता नभएका शिक्षण संस्थामाथि कस्तो कारबाही हुन्छ?

आईबी र सीबीएसईमा दर्ता नभएका शिक्षण संस्थामाथि कस्तो कारबाही हुन्छ?


२५ चैत, काठमाडौं । शिक्षा मन्त्रालयले ए लेभल, इन्टरनेशनल ब्याकालरियट (आईबी) वा सो सरहका कार्यक्रमका लागि दर्ता नभएका शिक्षण संस्थामाथि कारबाही तयारी थालेको छ ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा मन्त्रालयको अनुमति विना सञ्चालन भइरहेका ती कलेजहरुबारे गुनासो आएको भन्दै मन्त्रालयले कारबाही प्रक्रिया थालेको हो ।

अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावकसँग अनुरोध पनि गरेको छ । कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले दर्ताबेगर चलेका शिक्षण संस्थाबारे बुझ्न मन्त्रालयको टोली खटाएकी छन् । स्रोतका अनुसार उनले दर्ताबेगर आईबी, ए–लेभल वा सोसरहका कार्यक्रम चलाउने संस्थाका प्रतिनिधि बोलाएर स्पष्ट पार्न निर्देशन दिने तयारी गरेकी छन् ।

‘हामीले रेकर्ड उपलब्ध भएका र अनुमति पाएकालाई चलाउनका लागि सूचना दिएको हो, रेकर्ड नभएकाहरु स्वतः अवैधानिक भए’ शिक्षामन्त्री निकट स्रोतले भन्यो, ‘उहाँहरुले मन्टेसरी विधि जस्तै आईबी, ए–लेभल, सीबीएसई वा सोसरहको मेथोडोलोजी मात्रै प्रयोग गरेको हो भनी भन्नुपर्‍यो, त्यही कार्यक्रमको वैधानिकता लिए जसरी चलाउन पाइँदैन । नेपाल राज्यको नियम उल्लंघन गर्न पाइँदैन ।’

यसबाट विद्यार्थीहरुलाई मार परिरहेकाले मन्त्रीले एक्सन लिन लागेको स्रोतले भन्यो । मन्त्रालय स्रोतका अनुसार दर्ताबेगर चलाइरहेका संस्थालाई एकपल्ट मन्त्रालयमा बोलाएर छलफल गरिनेछ । मापदण्ड पुर्‍याउने र प्रक्रियासम्मत चलाउने तथा मापदण्ड मिचेर अघि बढ्ने दुई खाले संस्थाको वर्गीकरण गरी अघि बढ्ने मन्त्रालय स्रोतले बतायो । नियम नमान्ने संस्थामाथि कानुनी कारबाहीकै प्रक्रियामा जाने मन्त्रालयको तयारी छ ।

‘आईबी, सीबीएसई लगायत विदेशी शिक्षण संस्थाको सम्बन्धनमा मन्त्रालयको अनुमति विना विद्यालय सञ्चालन भइरहेका भनी विभिन्न गुनासो आइरहेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ’  सूचीकृत शिक्षण संस्थाको सूची सार्वजनिक गरिएको सन्देशमा भनिएको छ, ‘यहाँ सूचीकृत विद्यालयहरू बाहेकका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिरहेकाले आफ्ना बालबालिकालाई त्यहाँ भर्ना नगर्न, नगराउनुहुन मन्त्रालयको अनुरोध छ ।’

मन्त्रालयका प्रवक्ता केशव दाहालले शिक्षण संस्थालाई अनुमति बेगर त्यस्ता कार्यक्रम नचलाउन निर्देशन दिने बताए । ‘त्यस्तो गर्न पाइँदैन, अभिभावकलाई पनि गैरकानुनी ढंगले चलेका संस्थामा आफ्ना छोराछोरी नपठाउन आग्रह गर्छौं’, उनले भने ।

४९ वटा संस्था मात्रै अनुमति प्राप्त रहेको भन्दै मन्त्रालयले त्यस बाहेकका संस्थामा आफ्ना विद्यार्थी नपठाउन आइतबार सूचना प्रकाशित गरेको छ । मन्त्रालयले अनुमति प्राप्त संस्थाको सूची समेत प्रकाशित गरेको छ ।

१६० देशमा चलेको कार्यक्रम आईबी स्विट्जरल्यान्डको प्रसिद्ध शैक्षिक कार्यक्रम हो । अनुमति लिएका ४९ शिक्षण संस्थाहरूमध्ये ३० वटा ए-लेभल (बेलायत), २ वटा इन्टरनेसनल ब्याकलरियट (स्विट्जरल्याण्ड), १३ वटा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (भारत) र ४ वटा कूटनीतिक नियोगको सिफारिसमा सञ्चालित रहेको मन्त्रालयद्वारा सार्वजनिक सूचीमा उल्लेख छ ।

हेर्नुहोस्  शिक्षा मन्त्रालयले जारी गरेको सूचना : 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School