आइस विरुद्ध प्रदर्शन चर्किएपछि ट्रम्पद्वारा पोर्टल्याण्डमा नेशनल गार्ड परिचालन गर्न आदेश



प्रकाशित मिति : आश्विन १०, २०८२ शनिबार

आइस विरुद्ध प्रदर्शन चर्किएपछि ट्रम्पद्वारा पोर्टल्याण्डमा नेशनल गार्ड परिचालन गर्न आदेश

नेशनल गार्ड । फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओरेगन राज्यको पोर्टल्यान्डमा नेशनल गार्ड पठाउन आदेश दिएका छन्।

उनले आप्रवासी हिरासत केन्द्रहरूलाई लक्ष्य गरी गरिने प्रदर्शनलाई दबाउन आवश्यक परे “पूर्ण बल प्रयोग” गर्न सकिने अनुमति दिएको बताइएको छ।

पोर्टल्यान्ड अमेरिकाको ओरेगन राज्यको सबैभन्दा ठूलो शहर हो। यो विलामेट र कोलम्बिया नदीको संगममा अवस्थित छ।

आइस विरुद्ध प्रदर्शन चर्किएपछि ट्रम्पद्वारा पोर्टल्याण्डमा नेशनल गार्ड परिचालन गर्न आदेश

आइस विरुद्ध प्रदर्शन चर्किएपछि ट्रम्पद्वारा पोर्टल्याण्डमा नेशनल गार्ड परिचालन गर्न आदेश

पोर्टल्यान्डलाई “सिटी अफ रोजेस” भनेर पनि चिनिन्छ, किनभने यहाँको मौसम गुलाब फुल्नका लागि अनुकूल हुन्छ र त्यहाँ गुलाबका बगैँचाहरू प्रशस्त रहेका छन्। पोर्टल्यान्डको महानगरीय क्षेत्रमा २५ लाख भन्दा बढी जनसंख्या रहेको छ।

ट्रम्पले युद्धमन्त्री पिट हेगसेथलाई आवश्यक सबै नेशनल गार्ड उपलब्ध गराउन निर्देशन दिएको बताए। युद्धले धस्त भएको पोर्टल्यान्ड सुरक्षित गर्न आफुले यो निर्णय लिएको उनको दाबी रहेको छ।

उनले आइसका संरचनाहरूलाई एन्टिफा र अन्य घरेलु आतङ्कवादीहरूले आक्रमण गरेको अवस्थामा त्यसलाई जोगाउन आवश्यक परे पूर्ण बल प्रयोग गर्ने चेतावनी दिएका छन्।

यस कदमप्रति डेमोक्र्याट नेताहरूले भने कडा आपत्ति जनाएका छन्। ओरेगनकी गभर्नर टिना कोटेकले पोर्टल्यान्डमा कुनै राष्ट्रिय सुरक्षा खतरा नभएको बताइन्। नेशनल गार्डको तैनाथीलाई “शक्तिको दुरुपयोग” भन्दै ओरेगनका अटर्नी जनरल ड्यान रेफिल्डसँग कानुनी प्रतिक्रिया आवश्यक पर्छ कि पर्दैन भनेर छलफल भइरहेको बताइन्।

पेन्टागनका प्रवक्ता सीन पर्नेलले राष्ट्रपति निर्देशनानुसार डीएचएसको अपरेसनलाई सहयोग गर्न अमेरिकी नेशनल गार्ड परिचालन गर्न तयार रहेको बताए।

आइस विरुद्ध प्रदर्शन चर्किएपछि ट्रम्पद्वारा पोर्टल्याण्डमा नेशनल गार्ड परिचालन गर्न आदेश

पोर्टल्यान्डस्थित आप्रवासन तथा सीमाशुल्क प्रवर्तन (आइस) का विरुद्ध जुनदेखि नै प्रदर्शन भइरहेका छन्।

कतिपय घटनामा हिंसात्मक झडपहरू पनि भएका छन्। ८ सेप्टेम्बरसम्म अमेरिकी अटर्नीको कार्यालयले आगजनी, प्रहरीमाथि आक्रमण र गिरफ्तारी प्रतिरोधलगायतका मुद्दामा २६ जनामाथि सङ्घीय अभियोग दायर गरेको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार प्रदर्शनकारीहरूले बारम्बार पोर्टल्यान्डस्थित आइस प्रोसेसिङ केन्द्रलाई आक्रमण गरेका छन्।

डीएचएसले सामाजिक सञ्जाल एक्समा ‘रोज़ सिटी एन्टिफा’ नामक सङ्गठनले आइस अधिकारीहरूको निजी ठेगाना सार्वजनिक गरेको छ र डीएचएस कर्मचारीहरूलाई ज्यान मार्ने धम्कीसमेत दिएको उल्लेख गरेको छ।

ट्रम्पले एन्टिफालाई “घरेलु आतङ्कवादी सङ्गठन” घोषणा गर्ने आदेशमा यसै हप्ता हस्ताक्षर गरेका छन्।

तर कानुनी विज्ञहरूले भने अमेरिकी संविधानको पहिलो संशोधनले वाक स्वतन्त्रता र भेला हुने अधिकार दिएको भन्दै यस्तो कदमलाई संवैधानिक चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।

डेमोक्र्याट सांसदहरूले ट्रम्पको भाषण र आइसको कार्यशैलीको आलोचना गरेका छन्। यसअघि ट्रम्पले लस एन्जलस र वासिङ्टन डीसीमा नेशनल गार्ड पठाइसकेका छन्।

अर्को हप्ता मेम्फिसमा सङ्घीय एजेन्ट पठाउने तयारी भइरहेको छ। तर क्यालिफोर्नियाको एक सङ्घीय न्यायाधीशले यसै महिना लस एन्जलसमा नेशनल गार्ड परिचालनलाई अवैध ठहर गरेका थिए।





Source link

Leave a Comment