‘आइस’ विरुद्ध प्रदर्शन गरेको आरोपमा न्यूयोर्क सिटीबाट दर्जनभन्दा बढी पक्राउ



प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

‘आइस’ विरुद्ध प्रदर्शन गरेको आरोपमा न्यूयोर्क सिटीबाट दर्जनभन्दा बढी पक्राउ

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको न्यूयोर्क सिटीबाट आप्रवासन अधिकारीको विरोध गरेको आरोपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

तल्लो म्यानह्याटनमा प्रदर्शनकारीहरूले सङ्घीय अधिकारीहरूको आप्रवासन तथा कारबाही गतिविधि रोक्ने प्रयास गरेपछि उनीहरूलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

भिडियोहरूमा देखिएअनुसार प्रदर्शनकारीहरूले “न्यूयोर्कबाट आइस बाहिर जाओ” भन्दै सङ्घीय एजेन्टहरूलाई ग्यारेजबाट बाहिर निस्कन नदिने गरी हातमा हात जोडेर अवरोध गरेका थिए।

केही प्रदर्शनकारीहरूले सडकछेउका गमलाहरू उखालेर सङ्घीय आप्रवासन अधिकारीका सवारीसाधनमा फालेका थिए।

‘आइस’ विरुद्ध प्रदर्शन गरेको आरोपमा न्यूयोर्क सिटीबाट दर्जनभन्दा बढी पक्राउ

स्थिति तनावपूर्ण बनेपछि केही सङ्घीय अधिकारीहरूले भीड नियन्त्रण गर्न पेपर स्प्रे समेत प्रयोग गरेको आप्रवासन अधिकारीले बताए।

यो घटना ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिविरुद्ध देशभर भइरहेका प्रदर्शनहरूको पछिल्लो उदाहरण हो।

शनिबारको विरोध स्थल फोली स्क्वायर नजिकै भएको थियो, जहाँ गत महिना पनि ठूलो प्रदर्शन भएको थियो।

अक्टोबरको प्रदर्शन चाइनाटाउनको क्यानल स्ट्रिटमा भएको अव्यवस्थित आइस को छापाको भोलिपल्ट गरिएको थियो।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का सामाजिक सञ्जालका पोस्टहरूले “आइसको ठेगानामा उक्साउनेहरू” अवस्था ल्याएपछि कालो कपडा, ब्याकप्याक, मास्क र गगल लगाएका व्यक्तिहरू आएर सङ्घीय अधिकारीहरूको काममा अवरोध गरेका थिए।

डीएचएसले आइस एजेन्टहरूको स्थान सार्वजनिक गर्नु उनीहरूको जीवन जोखिममा पार्ने काम हो भनेको छ।

हिंसात्मक आन्दोलनकारीले रोक्न नसक्ने भन्दै कानूनका अधिकारीमाथि आक्रमण गर्ने जोकोहीले पनि अभियोगको सामना गर्नुपर्ने डीएचएसले चेतावनी दिएको छ।

चाइनाटाउन क्षेत्रमा धेरै मानिसहरूले सडक र ग्यारेजका निस्कने स्थानहरू अवरोध गरिरहेका र “फोहोर फालिरहेका” देखिएपछि सुरक्षा अधिकारी पुगेका थिए।

उनीहरूलाई धेरै पटक त्यहाँबाट हट्न निर्देशन दिइयो, तर उनीहरूले मानेनन्, त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूले बताएका हुन्।

न्यूयोर्क सिटी काउन्सिलकी सदस्य जुली मेनिनले सङ्घीय आप्रवासन एजेन्टहरूको कार्यशैलीलाई “पूर्ण रूपमा गैरजिम्मेवार” भनेकी छन्।

२०० भन्दा बढी आप्रवासी तथा शरणार्थी अधिकार समूहहरूको प्रतिनिधित्व गर्ने न्यूयोर्क माइग्रेशन कोअलिशनले पनि प्रदर्शनमा पक्राउ परेका व्यक्तिहरूको तत्काल रिहाइको माग गरेको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment