आइसले पक्राउ गरेका न्यूयोर्क सिटीका कम्प्ट्रोलर रिहा



प्रकाशित मिति : असार ४, २०८२ बुधबार

फोटो क्रेडिट: आयमान सियाम/एनवाईसी नियन्त्रकको कार्यालय

अमेरिकाको न्यूयोर्क सिटीका कम्प्ट्रोलर तथा मेयर पदका उम्मेदवार ब्राड ल्याण्डर संघीय हिरासतबाट रिहा भएका छन ।

उनी पत्नी मेग बर्नेट र न्यूयोर्क राज्यकी गभर्नर क्याथी होचुल सँगै लोअर म्यानह्याटनस्थित संघीय भवनबाट बाहिर निस्किँदै गरेका देखिएका थिए ।

उनी त्यहाँ आप्रवासीको समर्थनमा बोलिरहेका थिए । आप्रवासन अदालतबाहिर अमेरिकी आप्रवासन एजेन्सी आइस ले नियन्त्रणमा लिएको थियो ।

आइसले पक्राउ गरेका न्यूयोर्क सिटीका कम्प्ट्रोलर रिहा

आइसले पक्राउ गरेका न्यूयोर्क सिटीका कम्प्ट्रोलर रिहा

ल्याण्डरले आइस एजेन्टहरूलाई न्यायिक आदेश अर्थात पक्राउ पुर्जी देखाउन आग्रह गर्दा आफूलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी डीएचएसका प्रवक्ताले ल्याण्डरमाथि ‘संघीय अधिकारीमाथि आक्रमण गरेको’ आरोपमा पक्राउ गरिएको बताएका छन् ।

तर ल्याण्डरले भने आफूलाई हालसम्म कुनै पनि औपचारिक आरोप लगाइएको छैन भनेर स्पष्ट पारेका छन्।

ल्याण्डरको पक्राउ मेयरको लागि डेमोक्र्याटिक प्राइमरीको ठीक एक हप्ता अघि भएको थियो। उनको प्रतिद्वन्द्वीहरूमा न्यूयोर्कका पूर्व गभर्नर एन्ड्र्यू क्युमो, ममदानी र अन्य समावेश छन्।

ब्राड ल्याण्डरको गिरफ्तारीप्रति न्यूयोर्क सिभिल लिबर्टीज युनियनको विरोध गरेको थियो । उसल यस्ता गिरफ्तारीहरु लोकतन्त्रप्रति खतरा भएको बताएको छ ।

आइसले पक्राउ गरेका न्यूयोर्क सिटीका कम्प्ट्रोलर रिहा

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइ नीतिका कारण अमेरिकाभर छापा (रेड) , उच्च दरमा देशनिकाला (डिपोर्टेसन) र आइस विरुद्ध व्यापक विरोध प्रदर्शन हुँदै आएका छन् ।

विशेषतः यी विरोध प्रदर्शनहरु लस एन्जलस जस्ता सहरहरूमा बढी देखिएका छन । ब्राड ल्याण्डरको गिरफ्तारीले ट्रम्प प्रशासन अन्तर्गत आप्रवासन नीतिको कठोरता झल्काएको छ ।

आलोचकहरूलाई दमन गर्ने प्रवृत्ति पनि झनै उजागर गरेको अधिकारवादी समूहहरूको भनाइ छ ।





Source link

Leave a Comment