अस्ट्रेलियापछि दक्षिण अफ्रिकामा गोलीकाण्ड: ९ जनाको मृत्यु



प्रकाशित मिति : पुस ५, २०८२ आईतबार

अस्ट्रेलियापछि दक्षिण अफ्रिकामा गोलीकाण्ड: ९ जनाको मृत्यु

फोटो : रासस

दक्षिण अफ्रिकाको एक मद्यपानस्थल (टेभर्न) मा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा दुईवटा सवारीसाधनमा आएका करिब १२ जना अज्ञात हतियारधारीले अन्धाधुन्ध गोली चलाएका थिए।

मृतकमध्ये ७ पुरुष र २ महिला रहेका छन्। आक्रमणकारीहरूले मानिसहरू ज्यान जोगाउन भाग्न थालेपछि पनि अनियन्त्रित रूपमा गोली प्रहार गरिरहेका थिए।

दक्षिण अफ्रिका विश्वमै उच्च हत्या दर भएका देशहरूमध्ये एक हो। प्रहरी तथ्याङ्कअनुसार यस वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा औसतमा दैनिक ६३ जनाको हत्या भएको छ।

यस्ता हत्याहरू प्रायः रिसइबी, डकैती र आपराधिक गिरोहबीचको हिंसाका कारण हुने गरे पनि पछिल्लो आक्रमणको उद्देश्य अझै स्पष्ट हुन सकेको छैन।

घटनास्थल पुगेका प्रान्तीय प्रहरीका उप-आयुक्त मेजर जनरल फ्रेड केकानाका अनुसार आक्रमणकारीहरूले पिस्तोल र एके-४७ राइफल प्रयोग गरेका थिए। कुनै उक्साहटबिनै गरिएको यस आक्रमणबारे उनले भने, “बेकर्सडालमा राति गोली चल्नु सामान्य जस्तै भइसकेको छ।”

दक्षिण अफ्रिकामा करिब ३० लाख वैध बन्दुक दर्ता छन् भने कम्तीमा त्यति नै संख्यामा अवैध हतियार रहेको अनुमान गरिएको छ। यसै महिनाको सुरुमा प्रिटोरिया नजिकैको एक होस्टलमा एक बालकसहित ११ जनाको गोली हानी हत्या गरिएको थियो।

‘गन फ्री साउथ अफ्रिका’ अभियानका अनुसार सन् २०२० यता सामूहिक गोलीकाण्डका घटनामा उल्लेख्य वृद्धि भएको छ। चार वा सोभन्दा बढी व्यक्ति मारिएमा वा घाइते भएमा त्यसलाई ‘सामूहिक गोलीकाण्ड’ मान्ने गरिन्छ।

संस्थाकी अनुसन्धानकर्ता क्लेयर टेलरका अनुसार सन् २०२४ मा मात्रै यस्ता ८० वटा घटना दर्ता भएका थिए, जुन अघिल्लो वर्ष ७१ थियो। यद्यपि, सन् २०२५ मा भने यस्ता घटनामा केही कमी आएको बताइएको छ।

प्रहरीका अनुसार यस्ता गोलीकाण्डहरू प्रायः अनुमति प्राप्त टेभर्न वा ‘शिबिन’ भनिने अवैध मद्यपानस्थलहरूमा हुने गरेका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment