प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार
अस्ट्रेलियाको समुद्र तटमा ठूलो संख्यामा व्हेल मरेका छन् । संरक्षण विशेषज्ञहरुले ६० भन्दा बढी व्हेल मरेको बताएका हुन ।
समुद्र किनारामा चिप्लने क्रममा ति व्हेलहरु मरेको हुनसक्ने अनुमान गरिएको छ । ति किनारमा रहेका साना ठूला गरी ९० व्हेललाई जिवित रुपमा समुद्रमा फर्काएर बचाउने प्रयास भइरहेको बताइएको छ ।
तस्मानियाको प्राकृतिक स्रोत र वातावरण विभागले १५७ व्हेलको झुण्ड आर्थर रिभर नजिकको समुद्री तटमा चिप्लिएका हुन । जुन टापुको उत्तर पश्चिमी क्षेत्रमा पर्छ ।
तस्मानियामा पछिल्ला बर्षहरुमा थुप्रै ठूला व्हेलहरूको चिप्लने घटनाहरू भएका छन् । सन २०२० मा अस्ट्रेलियामा सबैभन्दा नराम्रो चिप्लने घटना भएको थियो ।
फोर्स किलर व्हेलहरू प्राविधिक रूपमा सबैभन्दा ठूलो डल्फिन प्रजातिहरू मध्ये एक हो । यी प्राणीहरू ६ मिटर र १।५ टन सम्मको आकारमा बढ्न सक्छन्।
प्रारम्भिक मूल्याङ्कनले देखाउँछ कि व्हेलहरूलाई समुद्रमा फर्काउन कठिन छ । स्थानको पहुँच, समुद्री अवस्था र विशेष उपकरणलाई टाढा क्षेत्रसम्म ल्याउने चुनौतीले यो कठिन अबस्था बनाएको हो ।
अष्ट्रेलियामा ८० प्रतिशत भन्दा बढी व्हेल चिप्लने घटनाहरू तस्मानियामा हुने गरेको पाइन्छ । २०२० मा म्याक्वेरी हार्बरमा लगभग ४७० वटा पाइलट व्हेलहरू चिप्लिएका थिए । तीमध्ये लगभग ३५० मरेका थिए ।
व्हेलहरू अत्यन्तै सामाजिक प्राणी हुन् । समूहमा चिप्लने घटनाहरू प्रायः तिनीहरूको ठूलो, एकजुट समुदायका कारण हुने गर्दछ ।
माछा शिकार गर्न जाँदा वा एक प्राणीले समूहलाई गलत बाटोमा ल्याउने गरेका कारण व्हेलहरु चिप्लिने घटना हुने गरेको पाइन्छ ।